• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
योग स्वास्थ्य

टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

March 10th, 2019 योग स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

हेल्थ टुडे,
काठमाडौ,२६ फागुनः काठमाडौको टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु भएको छ । मनोक्रान्ति केन्द्रले आयोजना गरेको उक्त योग शिविर चैत २ गतेसम्म चल्नेछ । आजदेखि एक साता टुँडिखेलमा हरेक दिन विहान साढे ६ बजे देखि साढे ८ बजे सम्म योग शिविर सञ्चालन हुने आयोजकले जनाएका छन् ।

आयोजक मनोक्रान्ति केन्द्र स्थापनाको ३२ औँ बर्ष पुगेको अवसरमा निःशुल्क योग शिविर गरिएको संस्थाका अध्यक्ष डा.योगी विकासान्दले जानकारी दिए । शिविरमा सहभागी सबैलाई सातै दिन योगी विकासान्दले नै योग गराउनेछन् । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गरिएको आयोजकले जनाएका छन् ।

योग शिविर अवधिभर काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुलाई आवासिय व्यवस्था समेत गरिएको छ । योग शिविरमा दैनिक झण्डै १० हजार जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ । निःशुल्क योग शिविरको प्रचार प्रसारका लागि मुलुकभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको थियो ।

एक हप्ते योग शिविर सञ्चालनमा १८ लाख भन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेका छन् । शिविरको पहिलो दिन योग गर्न आउनेहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । शिविरको पहिलो दिन डा.विकासन्दले योग गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् राजधानीबाहिरका बिरामी अस्पताल....
Next article स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने

Health Today Nepal

Related Posts

जीवन पद्धतिका रुपमा योगको महत्व

जीवन पद्धतिका रुपमा योगको महत्व

चौथो अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइदै

चौथो अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइदै

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web