• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचार गर्न बिरामी आफैं जेनेरेटर बोकेर आउँछन् अस्पताल ……

April 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचार गर्न बिरामी आफैं जेनेरेटर बोकेर आउँछन् अस्पताल ……

हेल्थ टुडे,
डोल्पा,१६ बैशाखः डोल्पाबासीहरु उपचार गर्न आउँदा आफै जेनेरेटर बोकेर अस्पताल आउने गरेका छन् । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि डोल्पाबासीहरु आफै जेनेरेटर बोकेर उपचारको लागि अस्पताल आउन बाध्य भएका हुन् ।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय बासिन्दाको दुःखेसो छ । अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको डोल्पाबासीको गुनाशो छ ।

उनीहरुले पाँच सयदेखि एक हजारसम्म भाडा तिरेर एक्सरेका लागि जेनेरेटर ल्याउने गरेका छन् । बिरामीका आफन्तले जेनेरेटर ल्याउने गरेको एक्सरेका कर्मचारी लालकृष्ण बुढाले बताए । सोलार बत्तीको पावरले नपुग्दा बिरामी आफैंले विद्युत्तको व्यवस्थापन गर्नुपरेको बुढाको भनाइ छ।

सामान्य एक्सरे गर्न एक बिरामीले एक्सरे चार्जबाहेक दुई हजारदेखि चार हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । अस्पतालमा चिकित्सक भए पनि आवश्यक प्राविधिक उपकरण नहुँदा सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन् । बिरामी र बिरामीका आफन्त मारमा परेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकले दिएको अल्टिमेटम आज सकिँदै, माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी
Next article क्षयरोगबाट नेपालमा वर्षेनी सात हजार मानिसको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web