• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

दूषित पानी पिउनुहुन्छ ? निम्त्याउँछ यस्ता समस्या….

June 8th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दूषित पानी पिउनुहुन्छ ? निम्त्याउँछ यस्ता समस्या….

हेल्थ टुडे,
काठमाडौ,जेठः मानिसको जीवनका लागि पानी अत्यावश्यक छ । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडौं लगायत केही सहरका अधिकांश बासिन्दाले अझै पनि शुद्ध पानी खान पाएका छैनन् । उपत्यकामा शुद्ध भन्दै बिक्री–वितरण गरिने पानी पनि दूषित हुने गरेको पाईएको छ ।
दुषित पानीले लाग्ने रोग–
–विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले पनि बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत‘मिनरल वाटर’ दूषित भएको बताएको थियो ।
– खोलाको पानी प्रशोधन नगरी सीधै प्रयोगमा समेत ल्याउने गरिएको छ । जसलाई हामी जार र ट्यांकरको पानी भन्दै नउमालिकन खाने गर्छौं  ।  यस्तो दूषित पानीले मानव स्वास्थ्यमा असर पुगेको हुन्छ । झाडापखाला, कमलपित्त (जन्डिस), टाइफाइड, फुड पोइजनिङजस्ता समस्याको जोखिम बढाउँछ ।
–पिउनका लागि विकल्पका रूपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपि, यस्ता पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैनन् ।
– जार तथा बोतलको पानीमा केमिकलमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च मात्रा भएमा दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
–दूषित पानीमा पाइनो इकोली नामक ब्याक्टरिया स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा) जस्ता रोगको जोखिम उच्च गराउँछ । धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिने भएकाले इन्सेफलाइटिस, औलो र हैजाजस्ता महामारी फैलन सक्छ ।
– तरकारीबाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
–कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदूषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या देखा पर्छन् ।
कसरी बच्ने ?
– ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
–लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनुहुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
– पिउने मात्र नभएर फलफूल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुन आवश्यक छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चौबिसै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालन
Next article पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याः अध्ययन प्रतिवेदन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132514
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

38
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web