• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ख्यालख्यालमै बसेको पिरती

March 6th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ख्यालख्यालमै बसेको पिरती

भनिन्छ, जोडी माथिबाटै बनेर आएको हुन्छ । त्यसलाई बिगार्ने वा सम्हाल्ने अथवा सिगार्ने काममात्रै हाम्रो हातमा हुन्छ । दाम्पत्य जोडिने अनेक बहाना होलान् । साथीभाइले जिस्क्याउँदा जिस्क्याउँदै डा.कृष्णकुमार श्रेष्ठ र डा प्रीति वज्राचार्य एकअर्कामा समर्पित भए । जीवनका दांैतरी बने । कहिल्यै नछुट्निे यात्राका सहयात्री बने ।
सुरुका दिन यो यात्रा त्यति सहज भने थिएन । धेरै पर्खाइका बीच तमाम् उचारचढाव झेल्नुप¥यो उनीहरूले । सन् २००७ तिरको कुरा हो, किष्ट मेडिकल कलेजमा डा.कृष्ण मेडिकल अधिकृत थिए । डा. प्रीति पनि त्यही पदमा कार्यरत थिइन् । तर उनीहरूको विभागीय जिम्मेवारी भने फरक थियो । कृष्ण मेडिकल विभागमा थिए भने प्रीति आकस्मिक सेवातर्फ ।
अग्ली, गोरी र रूपवती प्रीतिसँग जिस्किँदाजिस्किँदै पिरती गाँसिएको डा.कृष्णले पत्तै पाएनन् । ‘साथीहरूले डा.प्रीति राम्री छन् नि ! भन्थे’, उनले भने, ‘ख्यालख्यालमै प्रीति मेरो मनमा आइसकेकी रहिछन् ।’ प्रीतिलाई पनि कृष्णको व्यक्तित्वले कतिबेला समातिसकेको रहेछ पत्तै भएनछ ।
मन परेर एकअर्काले मनमै सजाइसके पनि यो जोडीले विधिवत् रूप लिन भने निकै संघर्ष र चुनौतीको सामना गर्नुप¥यो । ललितपुरको दुर्गम क्षेत्र सिद्धिपुरको प्रयागपोखरीमा पिता चन्द्रबहादुर र माता सुभद्रा श्रेष्ठका कान्छा छोराको रूपमा जन्मिएका डा.कृष्णकुमार श्रेष्ठका अघिल्तिर निकै चुनौती थिए । उनीसँग बालमस्तिष्कमा बसेको बाबाको सपना पूरा गर्ने प्रतिबद्धता थियो । त्यहीमाथि मनमा बसेकी प्रीतिलाई जिन्दगीसँग जोडेर लग्ने रहर पलायो ।
ललितपुुरको दी राइजिङबाट एसएलसी सकेर उनले किष्ट कलेजबाट दस जोड दुई पास गरे । बुवाले देखेको सपना पूरा गर्नै उनी चीनको थिन्चिन पुगेर एमबीबीएस गरे । किष्टमा जागिरे हुँदा टुसाएको प्रेमलाई पूर्ण आकार दिन भने उनीहरूलाई निकै सकस बेहोर्नु प¥यो ।
ललितपुरकै पहापालमा पिता पञ्चमुनी वज्राचार्य र लक्ष्मी वज्राचार्यको कोखबाट कान्छी छोरीका रूपमा जन्मिएकी प्रीतिलाई पनि परिवारका अन्य सदस्यझैँ स्वास्थ्य क्षेत्रमै केही गरेर देखाउनु थियो । सम्पूर्ण जीवन वीर अस्पतालमा बिताएर लाखौँको सेवा गरेका बुवाको प्रेरणाले प्रीति पनि डाक्टर नै बन्ने सपना बोकेर हिँडेकी थिइन् । यही क्षेत्रमा पढाइ र काम गरिरहँदा उनलाई डा. श्रेष्ठसँगको प्रेम पनि साकार बनाउने अर्को हुटहुटी चल्न थाल्यो ।
‘जात मिले पनि हाम्रो आस्था अलिक फरक थियो । ग्रामीण क्षेत्रमा धार्मिक भिन्नतालाई त्यतिबेला अहिलेको जस्तो सजिलै लिइँदैनथ्यो’, डाक्टर दम्पतीले एउटै स्वरमा भने, ‘हामी एकजना हिन्दु, अर्को बुद्धिष्ट थियौं ।’ उनीहरूले अनेक कोसिस गरे । परिवारका सदस्यहरूलाई मनाउन । एक दिन रेस्टुराँमा सँगै खाना खाइरहेको कुरा घरसम्म पुगेपछि भने केही अन्तिम निर्णयको कुरा अघि बढेछ ।
दुवै परिवार सहमतिमा आएपछि भने उनीहरूको प्रेमिलयात्रा रुमानी बन्यो । त्यही यात्राले उनीहरूको पेसागत यात्रा पनि समुज्वल बन्ने भयो । दुवैजना थप अध्ययनका लागि चीन गए । चीनको ल्याउनिङबाट श्रेष्ठले मास्टर इन कार्डियोलोजी (मुटुरोग विशेषज्ञता) गरे भने प्रीतिले गाइनो (स्त्री तथा प्रसूति रोग विशेषज्ञता) मा एमडी गरिन् । डा. प्रीति युनिभर्सिटी टपर बनिन् भने डा.श्रेष्ठले गोल्डमेडलसहित चीन सरकारबाट अवार्ड हात पारे ।
नेपाल फर्केर डा.श्रेष्ठ टिचिङदेखि पाटन अस्पतालसम्म सेवा गर्न पुगे । ललितपुरमा मुटुरोगको उपचार नदेखेपछि सेवा गर्न पाटन पुगे । डा. प्रीति पनि सेवामै समर्पित भइन् । दुवैजना डाक्टर भएपछि पारिवारिक तालमेल मिलाउन उनीहरूका लागि हम्मेहम्मे भयो । मायाप्रेम त परको कुरा एकअर्काको अनुहार हेर्न पनि रहरजस्तै हुन थाल्यो । ‘हाम्रो संवाद त फोनमा, फोनबाट एसएमएस, एसएमबाट नोट लेखेर छोड्ने स्तरमा पुग्यो’, डाक्टर दम्पतीले भने, ‘हामी दुवैजना डाक्टर नभइदिएको भए सायद डिभोर्स हुन्थ्यो होला ।’
उनीहरूमा पेसाभन्दा पनि समाजसेवाको भावना निकै गहिरो गरी फैलिएको थियो । डा.श्रेष्ठले भने, ‘म निम्नमध्यम वर्गीय नेवार परिवारमा हुर्किएको मान्छे, मेरो समुदायको अवस्थाले मलाई चिमोठिरहन्थ्यो ।’ श्रेष्ठको यात्रामा डा.प्रीति बलियो आधार बनेर आइन् । अरूको वा सरकारी जागिर गर्दा आफैंलाई सम्म समय दिन नसक्ने भएपछि डाक्टर दम्पतीले जागिर नगर्ने निर्णय गरे ।
गर्ने के त ? उनीहरूले पाटन हार्ट क्लिनिक खोले । त्यस क्षेत्रमै नभएको सेवा त्यहीँबाट प्रदान गर्ने निर्णय गरे । अनि गाउँगाउँसम्म पुगेर श्रीमान्, श्रीमतीमा भएको विज्ञतालाई पिछडिएका क्षेत्रका जनताको सेवामा लगाउने सोच बनाए । त्यसपछि उनीहरूले हेल्थ क्लिनिक सञ्चालनको अभियान नै थाले ।
हेल्थ क्लिनिकका लागि उनीहरू दिन दुई दिनको पैदलयात्रा गर्न समेत राजी भए । त्यहाँ पुगेर डा. प्रीतिले गाइनोसम्बन्धी सेवा प्रदान गर्न थालिन् भने श्रेष्ठले मुटुसम्बन्धी सेवा दिन थाले । यही सिलसिलामा डाक्टर दम्पती ललितपुरको दक्षिण भेगको चापाखेल, गोटाखेल, ढल्चोकी, डुकुछाप, चन्दनपुर, हरिसिद्धि, गिम्दी छप्पीलगायतका दर्जन गाउँमा पुगिसकेका छन् ।
स्वास्थ्य शिविरमा उनीहरू आफूमात्र जाँदैनन् मुटुरोग र गाइनोका लागि परीक्षण गर्न चाहिने आवश्यक उपकरण पनि लिएर जान्छन् । विभिन्न रगत जाँचसम्म गाउँमै गर्छन् । त्यही गरेर हुने उपचार बाहेकका लागि सम्बन्धित अस्पतालमा रेफर गरिदिन्छन् । फ्लोअप गर्नुपर्ने बिरामी भएमा पुनः गएर पनि जाँच गरिदिन्छन् ।
‘यसका लागि पाटन हार्ट क्लिनिकले समाजसेवा कोष नै बनाएको छ’, डाक्टर दम्पतीले भने, ‘बाँकी रकम हामी नागरिक आवाजलगायतका संघसंस्थासँग जुटाउँछौं ।’
समाजसेवाको प्रेरणा
सानैदेखि श्रेष्ठका पिताजीले तिमी डाक्टर बन्नु, समाजको सेवा गर्नु भन्नुहुन्थ्यो । निम्नमध्यम परिवारमा जन्मिएर त्यो सम्भव होला नहोला ? भन्ने पीडाले श्रेष्ठलाई पिरोल्ने गथ्र्यो । उनले भने, ‘उहाँहरूको आशीर्वादले डाक्टर बनियो, त्यो गर्न सक्ने अवस्था पुग्न सासू, ससुराले पनि साथ दिनुभयो । प्रीतिजस्तो जीवनसाथी पाएपछि यो गर्न हामीलाई कुनै गाह्रो भएन ।’ विवाहपछि डा. प्रीतिका बुवाआमाले उनीहरूलाई क्लिनिक स्थापना गर्न आर्थिक सहयोग गरे । त्यति भएपछि कमाउने, धेरै सम्पति जोड्नेभन्दा पनि आफूलाई सामान्य पुगिहाल्छ भने समाजसेवा गरेर सन्तुष्टिको यात्रा किन नथाल्ने भन्ने सोचले उनीहरू समाजसेवामा लागेको बताउँछन् ।
जति कमाए पनि मानिसले छाडेरै जानुपर्ने भएपछि समाजमा सम्झनलायक काम गरे त्यो सधंै सम्झना रहिरहने प्रेरणाले आफूहरू समाजसेवामा बढी तल्लीन भएको उनीहरूले बताए । चार वर्षदेखि यस पेसामा लागेका उनीहरूले बिदालाई पनि सेवामा समर्पित गरेको बताए ।
डा.श्रेष्ठको अनुभवले नेवारी समुदायमा मुटुरोगको समस्या झन् बढी देखाएको छ । विलासी जीवनशैली, गरिष्ठ खानपान, मद्यपान पनि त्यसको कारण हुन सक्ने अनुमान उनको छ । अहिले उमेरले भन्दा पनि जीवनशैलीले जुनसुकै उमेरमा पनि मुटुको समस्या देखिने गरेको डा. श्रेष्ठ बताउँछन् । कतिपय बिरामी ग्यास्टिक भनेर मुटुको रोगलाई पनि बेवास्ता गरिरहेको प्रति उनी सचेत गराउन चाहन्छन् । सामान्य अवस्थामा पनि आफ्नो मुटु बेलाबेलामा परीक्षण गराउन जरुरी भएको उनको सुझाव छ । धेरै खर्चिलो नभए पनि मानिसहरूले अल्छीकै कारण स्वास्थ्यमा लापरवाही गरिरहेको उनले पाएका छन् । सामान्य सचेतनाले ठूलो दुर्घटनाबाट जोगिन सक्ने उनको सुझाव छ ।
डा. प्रीतिले भने गाउँमा भन्दा सहरमा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम बढी भएको पाएकी छन् । गाउँघरमा विभिन्न संस्था, चेतनाका कार्यक्रमले मानिसले त्यसप्रति ध्यान दिएको पाइए पनि सहरबजारमा भने ‘मलाई छैन’ भन्ने सोचले रोग पालेर बसेको पाइएको बताइन् । गाउँमा इन्फेक्सन बढी भएको उनको अनुभवले देखाएको छ ।
महिलाले अहिले पनि निःसन्तानको पीडा बढी भोगिरहेको बताउँदै उनले भनिन् विभिन्न कारणले निःसन्तान हुनुमा कमजोरी पुरुषको भए पनि उनीहरू त्यो स्वीकार्न राजी नभएको उनले पाएको बताइन् । कमजोरी पुरुषमा भए पनि दोष महिलाले लिनुपर्ने बाध्यता रहेकाले यसलाई सुधार्न र स्वीकार्ने अवस्था सिर्जना गर्न खाँचो भएको उनले बताइन् । गाउँघरमा दाउराको प्रयोग बढी भएकाले मुटुको दमका कारण महिलाको ज्यान जोखिममा पर्ने गरेको प्रीतिले बताइन् ।
समाजसेवामा सक्रिय यो जोडी शरीरमा तातो रगत हुन्जेल आक्रामक ढंगले समाजसेवामै लाग्ने सोच भएको बताउँछ । विवाह गरेको चार वर्ष हुन लाग्दा पनि सन्तानका बारे योजना नबनाएको बताउन चाहने डा. दम्पती भन्छ, ‘सन्तान भयो भने यो सक्रियता कम हुन सक्छ, अझै केही वर्ष समाजकै लागि केही गर्ने योजनामा छौं ।’
माछा पानीजस्तै प्रेमिल उनीहरूलाई एकअर्काका केही कुराले सधैं आकर्षित गरिरहन्छ । डा. श्रेष्ठलाई डा. प्रीतिको बोली सुनिरहुँझैँ लाग्छ । व्यवहार निकै मन पर्छ । उनले पकाएको चिकेन खाइरहुँजस्तो लाग्छ । तर कहिल्यै रिसाउँदै नरिसाउने बानीले भने चिन्ता पनि लाग्दो रहेछ ।
डा प्रीतिलाई श्रेष्ठको व्यक्तित्व निकै मन पर्छ । सधैं केही न केही सरप्राइज दिइरहने बानीले उत्सुक बनाइरहँदो रहेछ । रिस कडा भएकाले केही कम गरिदिए हुने भन्ने आग्रह भने उनी सधैं गर्छिन् ।
( हेल्थ टुडे )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन
Next article रुट क्यानलमा अब्बल जोडी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web