• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

February 27th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुन घटनाले प्रभुलाई घोचिरहन्छ

औषधि व्यवसाय थालेको पाँच दशकभन्दा बढी लामो समयमा सयौं मानिसको ज्यान बचाइयो होला । कत्तिको उद्धार गरियो होला । यहाँ नपाइने औषधि चुनौती मोलेरै भए पनि विदेशबाट आयात गरेर राहत दिइयो होला । हजारौंको आशीर्वाद पाए । मेरो पेसाबाट म सन्तुष्ट छु । किनकि यो व्यवसायबाट मैले पैसामात्र कमाइनँ समाजसेवा पनि गरेको छु । मैले हजारौं बिरामीको आँसु पुछ्न पाएको छु । त्यसैले खुसी छु । तर मेरो व्यावसायिक जीवनमा घटेको एक घटनाले पनि मलाई सधैं घोचिरहन्छ । त्यो घटना म सधंै मेरो मानसपटलमा ताजै छ र रहिरहनेछ । घटना २०४७ सालको हो । स्वरसम्राट् नारायणगोपाल बिरामी हुनुहुन्थ्यो । उहाँलाई मिर्गौलासम्बन्धी समस्या थियो । डाक्टरले फोन गरेर भने, ‘मिर्गौलाको औषधि चाहियो कसरी हुन्छ मगाउनुप¥यो ।’ त्यो सुनेपछि म केही नहेरी भारत गएँ । त्यतिबेला मिर्गौलाको औषधि सजिलै पाइँदैनथ्यो । एकदमै महँगो थियो । मैले ठूलो मेहनत गरेर त्यो औषधि ल्याएँ । नारायणगोपालको अवस्था गम्भीर थियो । हामी जसरी भए पनि उहाँलाई बचाउन चाहन्थ्यौं । जहाजबाट औषधि ल्याएपछि खुसी हुँदै मैले भाउजू पेमलालाई फोनमा भने, ‘भाउजू औषधि आइपुग्यो ।’ भाउजू खुसी हुनुहुन्छ भन्ने मलाई लागेको थियो तर उहाँले मलाई भन्नुभयो, ‘औषधि चाहिएन अब ।’
म त अक्क न वक्क भए । सोधेँ किन र ? भाउजूले भन्नुभयो, ‘उहाँ अब यो संसारमा रहनु भएन ।’ उफ, मलाई जीवनकै नरमाइलो लाग्यो । स्वरसम्राट् नारायणगोपाललाई बचाउन सकिएन । नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको आठ वर्ष पुगिसक्यो । त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा यो सेवा छ । निजी अस्पतालहरूले पनि सञ्चालन गर्दैछन् । मिर्गौला प्रत्यारोपणपछि सेवन गर्ने औषधि हामीले नै आपूर्ति गर्दै आएका छौं ।
डाक्टरहरूले कुनै पनि मिर्गौलासम्बन्धी औषधि आवश्यक प¥यो भने मलाई नै फोन गर्छन् । मैले कसरी हुन्छ, कहाँबाट हुन्छ, जसरी भए पनि औषधि ल्याएर उपलब्ध गराउँदै आएको छु ।
तर जबजब मिर्गौला रोगको औषधिको कुरा आउँछ मलाई नारायणगोपालको याद आउँछ । त्यति बेला नेपालमै मिर्गौलाको औषधि र अहिलेको जस्तो सहज उपचार भएको भए हामी उहाँलाई त्यति चाँडै गुमाउँदैनथ्यौ कि ? यो प्रश्न मेरो मनमा उठिरहन्छ ।
म १२ वर्षको उमेरदेखि नै औषधि व्यवसायमा लागेको हुँ । मेरो बुवा हेटौंडामा सानोतिनो औषधि पसल चलाउनुहुन्थ्यो । म भारतसम्म पुगेर औषधि आपूर्ति गर्थे । नेपालमा क्यान्सरको औषधि पाइँदैनथियो । क्यान्सरको औषधि किन्न भारत नै पुग्नु पर्दथ्यो । औषधि किन्न भारत धाइरहेका धेरै नेपालीको पीडा देखेपछि मैले क्यान्सरको औषधि नेपालमै उपलब्ध गराउने दृढ संकल्प गरेँ । तर, त्यतिबेला क्यान्सरको औषधि नेपाल भित्र्याउनु भने जति सजिलो थिएन । महँगो र बिक्री नभए घाटा सहनुपर्ने डरले कुनै पनि औषधि विक्रेताले क्यान्सरको औषधि ल्याउँदैनथिए । हामी यसबारेमा डाक्टरलाई सोध्थ्यौं । डाक्डर जवाफ दिन्थे, ‘महँगो छ यहाँ छैन ।’
मैले यो चुनौतीको सामना गर्ने निधो गरेँ । क्यान्सरको औषधि नेपाल भित्र्याउने चुनौतीमात्र नभएर पटनाकै मूल्यमा नेपालमा क्यान्सरको औषधि उपलब्ध गराउने आँट गरेँ । बिक्री नभएर मिति गुज्रेपछिको नोक्सानी सहन पनि तयार भएँ । त्यो औषधि विक्रीबापत मैले कुनै नाफा नलिने निर्णय नै गरेँ । बरु एकदुई वर्षसम्म मन्दिर गएर कसैलाई दान नदिने निर्णय गरेँ । बरु त्यो दानमा जाने रकम क्यान्सर रोगीलाई नै हुने भयो । त्यतिबेला क्यान्सरको औषधि भारतमा बन्दैनथ्यो, स्विट्जरल्यान्डबाट ल्याइन्थ्यो । मैले सीधै स्विट्जरल्यान्डबाटै औषधि आयात गर्न खोजेँ तर नेपालमा धेरै व्यापार हुँदैन भन्ने सुरुमा दिनै मानेनन् ।
दुई वर्षपछि इटलीको फार्मिटालिया कम्पनीले उत्पादन गरेको क्यान्सरको औषधि एन्ड्रामाइसिन ल्याउन सफल भएँ । स्विट्जरल्यान्डको रोस कम्पनीबाट औषधि आयात गर्न झन्डै पाँच वर्ष लाग्यो । क्यान्सरको औषधि नेपालमै पाइन थाल्यो, त्यो पनि भारतमै पाइने दाममा । त्यसो भएपछि क्यान्सर रोगी, उनका आफन्त र उपचारमा संलग्न चिकित्सक सबैमा खुसी छायो । क्यान्सरको औषधि बेचेर मलाई त्यसबाट आर्थिक नाफा केही भएन । तर त्यसबाट मैले जीवनमै पाउन नसकिने सन्तुष्टि पाएँ । सयौं बिरामी र उनीहरूका आफन्तको मुहारमा छाएको खुसी अहिले पनि बिर्सन सक्दिनँ । थुप्रै डाक्टरहरूले समेत मलाई यो कामका लागि स्याबासी दिए ।
अहिले त्यस्तो अवस्था कहाँ छ र ? अहिले भारतमै क्यान्सरको औषधि बन्छ । औषधि सजिलै उपलब्ध गराउन सकिन्छ । अहिले त डाक्टर पनि पहिलेको तुलनामा धेरै छन् । औषधि पनि धेरै छन् । मलाई भने क्यान्सरको औषधिले औषधिकै क्षेत्रमा दत्तचित्त भएर लाग्न प्रेरणा प्रदान ग¥यो । अहिले पनि क्यान्सरको औषधि सर्वसुलभ रूपमा उपलब्ध गराइरहेको छु । सबै बिरामीले निर्वाध रूपमा औषधि किनिरहेको देख्दा पुराना याद आउँछ र आफै प्रफुल्लित हुन्छु । क्यान्सर रोगीका लागि व्यापारभन्दा समाजसेवा गरेको रहेछु ।
पन्ध्र वर्ष अगाडिसम्म एचआईभी पोजिटिभ भनेपछि नेपालमा अधिकांश मानिस तर्सिन्थे । एचआईभी संक्रमितका लागि पनि औषधि हुन्छ र त्यसले काम गर्छ भन्दा पत्याउने कमै थिए । डाक्टरहरूसमेत एचआईभीको औषधि भित्र्याउनुपर्छ भन्नेमा सहमत थिएनन् । खाए पनि मान्छे मर्ने नै हो, नखाए पनि मर्ने नै हो भने किन मोटो रकम खर्च गरेर औषधि किनेर खाने ? भन्ने तर्क त्यति बेला डाक्टरहरूले गर्थे । म भने केही दिन भए पनि बाँच्न चाहनेको बाँच्ने चाहना मर्न दिनु हुँदैन भन्थेँ । १५ वर्षअघि एचआईभी र एड्सको औषधि नेपाल ल्याउने निर्णय गरेँ ।
भारतमा पनि एचआईभीको औषधि पाइँदैनथ्यो । हिम्मत गरेर स्विट्जरल्यान्डको एजेन्सीमार्फत औषधि ल्याएँ । औषधि ल्याएपछि धेरैको मनमा बाँच्ने आशा पलायो । संक्रमितमध्ये केहीले औषधि खान थाले । एआरभीले काम गर्न थालेपछि धेरैले बधाई दिए । यसबाट पनि कुनै नफा नै नखाई बिक्री गरेँ । मेरो हिम्मतबाट स्विट्जरल्यान्डको रोस कम्पनीका मालिक निकै प्रभावित भए । मेरो सहारा र बिरामीका लागि गरेको समर्पण देखेर प्रभावित भएका थिए ।
सन् २००० मा त रोसको मालिक पिटर होफम्यान र उनको छोरा आन्ड्रे होपम्यान मलाई भेट्न नेपालमै आए । अहिले त अवस्था फेरिएको छ । अधिकांश संक्रमितहरूले औषधि सेवन गरिरहेका छन् । औषधि सेवनकै कारण मृत्युको नजिक पुगिसकेका भनिएका एचआईभी संक्रमित लामो समय बाँचेर जीवन अगाडि बढाइरहेका छन् ।
अहिले भारतमै एचआईभीको औषधि बन्छ । नेपाल सरकारले पनि अहिले त एचआईभीको औषधि वितरण गरिरहेको छ । अहिले सोच्छु मैले उठाएको कदम वास्तवमै सही थियो ।
खोपले रोग लाग्नबाट बचाउँछ भन्ने चेतना विस्तार भइसकेको छ । तर १५ वर्षमात्र फर्केर हेर्ने हो भने स्थिति अर्कै थियो । सुरुमा फ्रान्सको पाश्चर कम्पनीद्वारा उत्पादित खोप नेपाल भित्रिएको हो । टाइफाइड, इन्फ्लुएन्जा, एलोफिभरलगायतका रोगविरुद्धको खोप नेपाल भित्र्याउँदा खोपप्रतिको धारणा सकारात्मक थिएन यहाँ । सरकारले यी रोगविरुद्धको खोप उपलब्ध गराउँदैनथ्यो । खोप लगाउने चलन नै थिएन । बच्चालाई खोप लगाउने चलन नै थिएन । बच्चालाई खोप लगाउन डाक्टर नै डराउँथे । त्यतिबेला डा. नीलम अधिकारी, डा.रमेश मल्लले खोपको चलन बसाउनमा ठूलो सहयोग गरे । खोपका विषयमा जनतालाई बुझाउनै ५।६ वर्ष जति लाग्यो । तर अहिले खोपका विषयमा धेरै बुझाउनै पर्दैन ।
सरकारले पनि आठ किसिमका खोप बालबालिकालाई उपलब्ध गराइरहेको छ । निजी क्षेत्रले आयात गरेका खोपहरू लगाउनेको संख्या पनि बर्सेनि बढिरहेको छ । केही रोगहरूलाई छोडेर अधिकांश रोगविरुद्धको खोप नेपालमा उपलब्ध छन् । जापानिज इन्सफ्लाइटिस विरुद्धको खोप चीनबाट आयात ग¥यौं । अहिले सरकारले दिइरहेको जेई खोप हामीले नै उपलब्ध गराइरहेका छौं । हामीले उपलब्ध गराइएको जेईविरुद्धको खोपले जेईका बिरामीको संख्या घटेकाले राम्रो काम गरेको जस्तो लाग्छ ।
बिरामीलाई निको बनाउन डाक्टरले मात्र सक्दैन । त्यसका लागि औषधि पनि हुनुपर्छ । औषधि उपलब्ध गराएर लाखौं मानिसको ज्यान बचाउन सकेकोमा खुसी छु ।

२०४४ सालमा स्थापना गरेको यती क्याम्प डिस्टिब्युटर्सले अहिले नेपालमा सयौं किसिमका स्वदेशी र विदेशी औषधि बिक्रीवितरण गर्दै आइरहेको छ । २०२२ सालमा १२ वर्षको उमेरदेखि हेटांैडाको ललित मेडिकल हलबाट बुवाबाट सिक्दै सुरु गरेको औषधि व्यवसायकै माध्यमबाट म समाजमा चिनिएँ । तीन लाखबाट सुरु गरेको व्यापारले अहिले अर्ब रुपैयाँभन्दा बढीको कारोबार नाघेको छ । व्यवसायको सफलता देख्दा खुसी लाग्छ । मैले रसायनशास्त्रमा स्नातकोत्तर (एमएसस्सी) पास गरेपछि पूर्ण रूपमै औषधि व्यवसायमा आफूलाई समर्पित गरेको हुँ । पैसाप्रतिको इमानदारिता, मेहनत र समाजसेवाको भावनाले आफूलाई यो उचाइमा पु¥याएको हो जस्तो लाग्छ । मैले व्यापार गरेँ । तर त्यसबाट नचाहिने नाफा कहिल्यै लिइनँ । जनआन्दोलनका बेला निःशुल्क रूपमा समेत औषधि उपलब्ध गराएँ । मैले सञ्चालन गरेको यती क्याम्पमार्फत अहिले ७० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
(प्रभुराज वैद्य
यती केम डिस्टिब्युटर्सका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनमले जितिन ‘ मिस नेपाल पिस ’ को उपाधि
Next article स्वास्थ्यमा सुदूरपश्चिम उत्कृष्ठ

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

रुट क्यानलमा अब्बल जोडी

रुट क्यानलमा अब्बल जोडी

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web