• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

July 5th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने


हेल्थ टुडे,

काठमाडौँ, २१ असार : नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदैसंघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ । संघको शुक्रबार बसेको कार्यकारिणी समितिको आकस्मिक बैठकले अहिलेको विषम परिस्थितिमा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले शुक्रबार शाखा कार्यालयहरुद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने आइतबार सम्पूर्ण चिकित्सकहरूद्वारा आ– आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने विरोधका कार्यक्रम तय गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै संघका सम्पूर्ण शाखा कार्यालयहरूद्वारा चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी सोमबारभित्र संघको केन्द्रीय कार्यालय, काठमाडौँमा पठाउने, मंगलबार सम्पूर्ण चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउनेसमेत संघको विरोध कार्यक्रम रहेको संघका महासचिव डा. सन्जिब तिवारीले जनाए । संघको आन्दोलन घोषणाले चिकित्सा क्षेत्र र उपभोक्ता क्षेत्रमा तरंग पैदा गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा
Next article नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web