• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सुरु

November 20th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सुरु

हेल्थ टुडे,
ललितपुर, ४ मंसिर : स्वास्थ्य प्रवर्द्धनलाई स्वास्थ्य सेवाको एउटा गतिविधिमा मात्र सीमित नराखी स्वतन्त्र र व्यापक विधाका रूपमा स्थापित गर्ने उद्देश्यसहित प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन शुक्रबारदेखि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ।

“स्वास्थ्य प्रवर्द्धनलाई एउटा गतिविधिका रूपमा मात्र होइन, एक स्वतन्त्र विधाका रूपमा बुझौँ” भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन भएको हो। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गरेकी हुन्।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकासमन्त्री सन्तोषीकुमारी शर्मा थापाले अस्पताल निर्माण र उपचारात्मक सेवाको विस्तारले मात्र निरोगी नेपालको परिकल्पना पूरा नहुने बताइन्। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो। स्वास्थ्य प्रवर्द्धनलाई समुदाय र नागरिकको दैनिक जीवनसँग जोडेर प्रभावकारी बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालले स्वास्थ्य प्रवर्द्धन हरेक स्वास्थ्यकर्मीको जिम्मेवारी भएको बताए। स्वास्थ्यकर्मीले आफ्नो पेसागत जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै स्वास्थ्य प्रवर्द्धनलाई स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता गरेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण पौडेलले पछिल्ला वर्षहरूमा नेपालीको औसत आयु बढ्दै गएको उल्लेख गर्दै स्वस्थ जीवनसहित आयु बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताए। रोगसँगै बाँच्नुपर्ने अवस्था लम्बिनुभन्दा स्वस्थ र निरोगी जीवन बिताउने वातावरण निर्माण गर्न स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। यसका लागि सरकारले आवश्यक प्रयास गरिरहेको पनि उनले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वास्थ्य प्रवर्द्धनका विभिन्न आयाम, नीति, अभ्यास, चुनौती र सम्भावनाबारे स्वदेशी तथा विदेशी विज्ञहरूले एक दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा जनस्वास्थ्य क्षेत्रका करिब दुई सयभन्दा बढी विज्ञ, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको छ।

उद्घाटन सत्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलिया, जनस्वास्थ्य विज्ञ डा. रिता थापालगायत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

उद्घाटन समारोहमा स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष हेमराज खड्काले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

सम्मेलनले स्वास्थ्य प्रवर्द्धनलाई उपचारात्मक स्वास्थ्य सेवाको पूरक गतिविधिका रूपमा मात्र नभई रोग रोकथाम, स्वस्थ व्यवहार विकास, समुदायको सहभागिता र समग्र जनस्वास्थ्य सुधारको महत्वपूर्ण विधाका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 20th 8:56 AM
समाचार

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सुरु

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web