• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महामारी निगरानी गर्न महोत्तरीमा एसएमएस रेपोटिङ

August 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महामारी निगरानी गर्न महोत्तरीमा एसएमएस रेपोटिङ

तराईमा आएको बाढी र डुवानपछि महामारी फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले विशेष सतर्कता अपनाएको छ । प्राकृतिक प्रकोपहरुपछि आउनसक्ने सम्भावित महामारीजन्य रोगहरुलाई रोकथाम गर्न र बेलैमा बिरामीको अवस्था जानकारी थाहा पाउन जिल्ला स्वास्थ्य  कार्यालय महोत्तरीले जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु लाई ओपिडी समय सकिएपछि जिल्ला स्थित आरआरटी फोकल पर्सनलाई मोबाइलको एसएमएस मार्फत लाक्षणिक रोगहरुको दैनिक बिरामी संख्याको विवरण पठाउने प्रणाली सुरु गरेको छ  । बाढी र डुबानपछि महामारी जन्य रोगहरु फैलनसक्ने भएकाले महामारीको प्रकोपलाई रोक्न जिल्ला स्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई प्रभावकारी तरिकाले योजना बनाउन र महामारी जन्य रोगको दैनिक अवस्था बिस्लेषण गर्नलाई यो कार्यक्रम सुरु गरिएको आरआरटी फोकल पर्सन सन्तोश ठाकुरले बताए ।

 दैनिक एसएमएस प्रणाली यमडीयम, फ्रान्सको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरु गरिएको  फोकल पर्सन ठाकुरले बताए । यस कार्यक्रमकोलागि यमडीयम, फ्रान्सले महोत्तरी जिल्लाका सम्पूर्ण स्वास्थ संस्थाहरुलाई दैनिक एसएमएस रिपोटिङ गर्ने तरिका बारे तथा अन्य प्राबिधिक सहयोगका  कुराहरुमा सहयोग गरिरहेको छ । दैनिक रुपमा ३ बजेपछि सम्पूर्ण स्वास्थ संस्थाहरुले जिल्ला स्थित आरआरटी  फोकल पर्सनलाई एसएमएस रिपोर्ट पठाउने छन् र  फोकल पर्सनले सम्पूर्ण स्वास्थ संस्थाको रिपोर्ट समायोजन गरेर सम्पूर्ण तथ्यांक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा दैनिक रुपमा पठाउने छन् महोत्तरीमा बाढी तथा डुबान पछी विभिन्न स्थानमा स्वास्थ सिबिर गरिएकोले रोग नियन्त्रणमा केहि सहज भएको छ । तथापी स्वास्थ सिबिरमा पानीजन्य रोगहरु जस्तै झाडापखाला,आउ,रुघाखोकी का बिरामी को संख्या अत्यन्तै बढी भएकोले दैनिक रुपमा सम्पूर्ण स्वास्थ संस्था हरुको बिरामी चापलाई जिल्लाबाट एसएमएसको माध्यमबाट निगरानी गर्न सकिने भएकोले उक्त कार्यक्रम पश्चात् रोगले  महामारीको रुप लिने सम्भावना एकदमै कम हुने विश्वास विज्ञहरुको छ । 

बाढी र डुबानबाट झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कालीकोट, सुर्खेत, सल्यान, बागलुङ, पाल्पा, रसुवा, सिन्धुली, इलाम, पाँचथर, ललितपुरसहित ३० जिल्ला प्रभावित भएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दार्चुला अस्पतालको एक्सरे विग्रिएपछि विरामीको बिजोग
Next article स्वास्थ्य मन्त्रीका ३४ दिनमा १३ काम 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132624
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web