धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपर स्पेसियालिटी सेवा विस्तारकालागि भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) संग शनिबार सम्झौता भएको छ । प्रतिष्ठानको २४ औं वार्षिक स्थापना दिवस तथा विपी कोइरालाको १०३ औं जन्म जयन्तीको अवसरमा प्रतिष्ठान र एम्सबीच सम्झौता भएको हो । प्रतिष्ठानमा सुपर स्पेसियालिटी सेवा विस्तारकालागि एम्सका निर्देशक प्रा डा रणदीप गुलेरिया र उपकुलपति प्राडा राजकुमार रौनियारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिष्ठानमा गत वर्षदेखि डिएम युरोलोजी, डिएम कार्डियोलोजी, डिएम न्युयोनेटोलोजीको लगायतका केही विषयमा मात्र सुपरस्पेसियालिटी सेवा सुरुवाती अवस्थामा छन् । भारतको एम्स अस्पतालकै मोडलमा सन् १९९३ मा स्थापना भएको प्रतिष्ठानमा आगामी छ महिना भित्रमा कार्यान्वयन गर्ने गरि थप सुपरस्पेसियालिटी सेवा विस्तार हुने सम्झौता भएको उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । सम्झौतापत्रमा हस्ताक्षर गर्दै एम्सका निर्देशक प्रा डा गुलेरियाले प्रतिष्ठान र एम्सबीच सुपुरस्पेसियालिटी सेवा विस्तारकालागि सम्झौता हुनु गौरवको विषय भएको बताए । पहिलो पनि स्थापनाकाल देखि १० बर्ष सम्म भारतले फ्याकल्टी सहयोग गरेको स्मरण गर्दै सुपरस्पेशियालिटि सेवाकालागि पनि त्यस्तै सहयोग गर्ने उनले बताए । उनले प्रतिष्ठानमा सुपरस्पेसियालिटी सेवाकालागि विभिन्न तालिम, उपकरण, वैज्ञानिक स्वास्थ्य अनुसन्धान, विद्यार्थी र शिक्षकहरु आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Leave a Reply