हेल्थ टुडे
स्याङ्जाको वालिङन गरपालिका ४ अन्तर्गत एलादी स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मिर्गौला परीक्षण शिबिर सम्पन्न भएको छ । सो शिबिरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएको छ । सो शिविरमा एक जनामा कलेजोको संक्रमण भएको भेटिएको थियो ।
करिब १५ प्रतिशतमा पिसाबमा प्रोटिन लिक भएको पाईएको थियो साथै अधिकांशमा उच्च रक्तचाप तथा केहीमा सुगर पाईएको थियो । बिहान ९ बजेबाट शुरु भएको निःशुल्क शिविर अपरान्ह ३ बजेसम्म संचालन भएको थियो । काठमाडौंबाट २० जनाको समुह गएर सो शिविर सम्पन्न गराएका थिए । आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौको संयोजन तथा आयोजनमा अनि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोकको प्राविधिक सहयोगमा सो निःशुल्क मिर्गौला शिबिर सम्पन्न गरिएको हो ।
विशेष गरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको सो निःशुल्क मिर्गौला शिबिर संचालन गर्न रोटरी क्लब अफ दि हिमालयन गुर्खाजले प्रायोजन गरेको थियो भने स्थानीय आयोजकको जिम्मा एलादी स्वास्थ्यचौकीले लिएको थियो । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले पनि आफ्नो मिर्गौला परीक्षण गराउनुका साथै अंगदान पनि गरेका थिए ।
मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत २० जनाको टोलीले सो निःशुल्क शिबिर संचालन गरेका थिए । मानव अंगप्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मिर्गौला रोग लाग्ने कारणले बच्ने उपायका बिषयमा जानकारी गराएका थिए । वालिङ नगरपालिका ४ का वडाअध्यक्ष रन्ध्वज गुरुङले शिविर सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
Leave a Reply