• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्याङ्जाको एलादीका १५ प्रतिसतमा मिर्गौला समस्या

November 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्याङ्जाको एलादीका १५ प्रतिसतमा मिर्गौला समस्या

हेल्थ टुडे

स्याङ्जाको  वालिङन गरपालिका ४ अन्तर्गत एलादी स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मिर्गौला परीक्षण शिबिर सम्पन्न भएको छ । सो शिबिरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएको छ । सो शिविरमा एक जनामा कलेजोको संक्रमण भएको भेटिएको थियो ।

करिब १५ प्रतिशतमा पिसाबमा प्रोटिन लिक भएको पाईएको थियो साथै अधिकांशमा उच्च रक्तचाप तथा केहीमा सुगर पाईएको थियो । बिहान ९ बजेबाट शुरु भएको निःशुल्क शिविर अपरान्ह ३ बजेसम्म संचालन भएको थियो । काठमाडौंबाट २० जनाको समुह गएर सो शिविर सम्पन्न गराएका थिए । आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौको संयोजन तथा आयोजनमा अनि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोकको प्राविधिक सहयोगमा सो निःशुल्क मिर्गौला शिबिर सम्पन्न गरिएको हो ।

विशेष गरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उद्देश्यले  आयोजना गरिएको सो निःशुल्क मिर्गौला शिबिर संचालन गर्न रोटरी क्लब अफ दि हिमालयन गुर्खाजले प्रायोजन गरेको थियो भने स्थानीय आयोजकको जिम्मा एलादी स्वास्थ्यचौकीले लिएको थियो । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले पनि आफ्नो मिर्गौला परीक्षण गराउनुका साथै अंगदान पनि  गरेका थिए ।

मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत २० जनाको टोलीले सो निःशुल्क शिबिर संचालन गरेका थिए । मानव अंगप्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मिर्गौला रोग लाग्ने कारणले बच्ने उपायका बिषयमा जानकारी गराएका थिए । वालिङ नगरपालिका ४ का वडाअध्यक्ष रन्ध्वज गुरुङले शिविर सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो डाउन सिन्ड्रोम ?
Next article स्तन क्यान्सरको खतरा कसलाई बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web