• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्

डा. राममणि भण्डारी

आयुर्वेद चिकित्सक
आधुनिक जीवनशैलीको कारण बढिरहेको समस्यामध्ये अनिन्द्रा पनि एक हो । हिजोआज धेरैलाई हुने समस्या हो अनिन्द्रा, जुन नाडी संस्थानसँग सम्बन्धित छ । स्वस्थ्य शरीरको निम्ति कम्तीमा ७–८ घन्टा राम्रो निद्रा आवश्यक हुन्छ । यदि विभिन्न कारणले पर्याप्त निद्रा पुगेन भने अनेकौंं समस्याहरू उत्पन्न हुन्छन् । स्वस्थ्य जीवनयापनको निम्ति आहार, बिहार र निद्राको सन्तुलन जरुरी छ । स्वस्थ्य आहार, बिहार र पर्याप्त आराम स्वस्थ्य जीवनको पर्याय नै हुन् । दिनको समय दैनिक व्यवसाय, कर्मको लागि र रातको समय भनेको शरीरलाई आराम गर्नको लागि हो । यदि रातको समयमा निदाउन नसक्नु, बीचमा बिउँझनु अथवा पूरा निद्रा नपर्नु समग्र अनिद्रा भएको बुझिन्छ । अनिद्रा मानसिक समस्या हो, तर कहिलेकाहीँ शारीरिक कारणले पनि हुन सक्दछ । अनिद्रा अनेकौं रोगको लक्षणको रूपमा प्रकट हुन्छ अथवा यदि समयमा नै ख्याल नगरेमा दीर्घ समस्या बन्ने गर्दछ ।

कारण

  • शारीरिक एवं मानसिक तनाव तथा पीडा हुनु,
  • डर, चिन्ता, रिस, राग आदिले ग्रस्त हुनु,
  • कब्जियत, अपचजस्ता पेटको समस्या हुनु,
  • सुत्ने समय नमिल्नु,
  • सुत्ने वातावरण प्रतिकूल हुनु,
  • नयाँ ठाउँमा सुत्नु,
  • मल, मूत्रादी बेग धारण गर्नु,
  • सुत्ने कोठामा प्रकाश र शुद्ध वायुको प्रबन्ध नहुनु,
  • चिया, कफी, मदिरा सेवन र धूमपान ज्यादा गर्नु,
  • सुत्नुअघि ज्यादा तथा भारी भोजन गर्नु आदि ।

लक्षण

  • आवश्यकताभन्दा कम निद्रा लाग्नु,
  •  हाई आउनु, टाउको दुख्नु, आलस्य हुनु, झर्को लाग्नु,
  • राति धेरै पटक बिउँझनु,
  • कार्य क्षमता घट्दै जानु,
  • भोक कम लाग्दछ,
  • रक्तसञ्चारमा शिथिलता र रक्तचापको समस्या हुन सक्दछ,
  • एकाग्रता र स्मरण शक्ति कम हुनु,
  • दिनमा थकान, बेचेनी लाग्नु आदि

के खाने

  • सादा, ताजा, सुपाच्य, पौष्टिक आधार सेवन गर्ने,
  • भिटामिन   युक्त आहार सेवन गर्ने,
  • माया, मासु, अन्डा, दूध, दही, बदाम, हरिया तरकारी आवश्यकताअनुसार भोजनमा समावेश गर्ने
  •  चोकरसहितको आँटा रोटी खानामा समावेश गर्ने ।

के नखाने

  •  बासी, भारी, मसलादार, चिल्लो आदि सेवन नगर्ने,
  •  प्रोटिनयुक्त भोजन, चिया, कफी, मदिरा, नशालु पदार्थ सेवन नगर्ने,
  •  क्षमताभन्दा ज्यादा, बिना भोक र पहिले खाएको अपची पुनः भोजन नगर्ने ।

बच्ने उपाय

  • मानसिक तनाव र चिन्ताको विषय पत्ता लगाई प्राकृतिक व्यवस्थापनमा लाग्नुपर्दछ,
  •  आहार, बिहार, व्यायामको सन्तुलन कायम गर्ने,
  •  ज्यादा भोजन वा खाली पेट नबस्ने,
  •  घरेलु, प्रेम, सम्बन्धमा सुधार,
  •  पर्याप्त आराम गर्ने र समयमा सुत्ने बानी गर्ने,
  •  बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी सेवन आदि नगर्ने,
  •  रात्रिभोजन र सुत्ने समयमा कम्तीमा दुई घन्टाको अन्तरमा राख्ने,
  •  सुत्नको लागि बेलुका ९ देखि १०ः३० को समय उत्तम मानिन्छ । यसपश्चात सेरोटोनिन नामक निद्राजन्य हर्मोनको मात्रा कम हुँदै जान्छ र निद्रा लाग्दैन । आयुर्वेद अनुसार १० बजेपश्चात पित्तकाल सुरु हुने हुँदा पनि निद्रामा समस्या आउँछ ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौंला कसरी जोगाउने ?
Next article उच्च रक्तचाप भएकाले खानु हुदैन च्याउ 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web