• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बच्चाको दूधेदाँत कसरी बचाउन सकिन्छ 

November 25th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चाको दूधेदाँत कसरी बचाउन सकिन्छ 

डा. कल्पना शर्मा

मानिस जन्मेपछि २० वटा दाँत उम्रिन्छन् र यिनीहरू क्रमशः साटिन्छन् । वयस्कमा ३२ वटासम्म दाँत हुने हुनाले बाँकी १२ वटा दाँत पछि आउँछन् । यी साटिँदैनन् । जन्मेपछि सुरुमा देखा पर्ने दाँतलाई जनजिब्रोमा दूधेदाँत भनिन्छ । यी दाँतका परावर्तीय सूचक दूधसँग मिल्ने भएकाले यसो भनिएको हो । सामान्यतया बच्चा ६ महिनाको भएपछि मुखको अगाडितिरको च्यापुमा पहेँलो दाँतहरू देखा पर्छन् र लगभग तीन वर्षसम्म २० वटै दाँत आउँछन् । ६ वर्षको उमेरदेखि दाँत साट्ने प्रक्रिया सुरु भई १२–१३ वर्षको उमेरसम्म नयाँ दाँत आइसक्छन् । कसैमा भने यो क्रम ढिलो–चाँडो हुन सक्छ ।

दूधेदाँतहरू पनि वयस्कमा हुने दाँतजस्तै प्रकृतिले खाना चपाउने प्रयोजनका लागि हामीलाई दिएको हो । तसर्थ खाना चपाएर मसिनो बनाएर पाचनयोग्य बनाउन दूधेदाँत बलियो हुनु आवश्यक छ । यसबाहेक बढ्ने उमेरको बालबालिकाको च्यापुको हाडको वृद्धि र विकासमा दूधेदाँतको भूमिका हुन्छ । यस्तो भनिन्छ कि खानामा परहेज गर्ने सम्भावना मुखको स्वास्थ्य कमजोर भएका बच्चामा स्वस्थ बच्चाको भन्दा १२ गुना बढी हुन्छ ।

मुख र अनुहारको सौन्दर्य पनि दाँतले कायम राखेको हुन्छ । बच्चाको बोलीको सिकाइ पनि सानो उमेरमा सुरु हुने हुँदा दाँतको सहायताले उत्पत्ति हुने बोलीको विकासमा यिनीहरू काम लाग्छन् । दूधेदाँतको अर्को महत्वपूर्ण काम भनेको पछि आउने दाँतका लागि बाटो देखाउने र स्थानलाई सुरक्षित गर्ने पनि हो । अर्को शब्दमा भन्नुपर्दा स्थायी दाँत आउन्जेलसम्म त्यो भागमा दूधेदाँत रहिरहनु अत्यावश्यक छ । यदि समय नपुगी दूधेदाँत निकालिएमा स्थायी दाँतले ठाउँ नपाउने, बांगोटिंगो गरी आउने वा निकालिएको भागतिर छेउछेउका दाँत ढल्किने जस्ता विविध समस्याहरू हुन सक्छन् ।

दुवै दाँतमा देखा पर्ने सबैभन्दा समस्या भनेको दाँतमा लाग्ने कीरा नै हो । वयस्कमा होस् या बच्चामा यो दाँत स्वास्थ्यको ठूलो शत्रु हो । झन् बच्चामा यसको बिगबिगी धेरै हुनु स्वाभाविक हो । किनभने बच्चाहरू गुलियो खानेकुरा अत्यधिक सेवन गर्छन् । दाँतको सफाइ गर्न उतिसारो अग्रसर हुँदैनन् । सन् २०१३ मा भक्तपुरमा विद्यालय जाने उमेरका व्यक्तिहरूमा गरिएको अनुसन्धानमा ६ सय ६५ जनाले एक पटक, तीन सय ४५ जनाले दुई पटक, सात सय ३५ जनाले बिहान मात्र, अनि दुई सय ७५ जनाले रातिमात्र दाँत माझ्ने गरेको पाइएको थियो । कीरा लाग्नेबाहेक दाँतको वरिपरि रहेको गिँजा सुन्निने, पाक्ने, दाँतमा चोटपटक लाग्ने, दाँतको कीराको संक्रमण भित्री नसासम्म पुगेर हाड, गला, मुखको भित्री भाग र घाँटीसम्म सुन्निने समस्या पनि यदाकदा देखिन्छ ।

प्रारम्भिक चरणमा गरिने प्राथमिक तथा रोकथामजन्य उपचारहरू सजिला र सस्ता हुन्छन् भने जटिलता बढ्दै गएपछि हुने प्रवद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनासम्बन्धी उपचार निकै जटिल, समय लाग्ने अनि खर्चालु पनि हुन्छन् । समयमा लगाएको बारले पशुबाट बालीनाली बचाएजस्तै समयमा गरिने उपचारले बच्चाको शारीरिक स्वास्थ्यको सुरक्षा त गर्छ नै मानसिक तनाव हुन पनि दिँदैन । बच्चाको शिक्षामा असर पर्दैन र अभिभावकको समय र पैसाको बचत हुन्छ ।

विश्वभरि ६०–९० प्रतिशत स्कुले बालबालिकालाई दाँतमा कीरा लागेको तथ्यांक छ । सन २००४ मा नेपालमा गरिएको एक अनुसन्धानअनुसार १२÷१३ वर्षका २५.६ प्रतिशतलाई दाँतमा कीरा लाग्ने समस्या छ भने ६२.८ प्रतिशतलाई गिजाको समस्या पाइन्छ । यी तथ्यहरूले पनि दूधेदाँत त हो, साटिएर गइहाल्छ भनेर नकार्न नहुने संकेत गर्छन् । नानीहरूको मुख र दाँतको स्याहार जन्मेपछि हैन कि जन्मनुपूर्व नै सुरु भइसकेको हुन्छ । आमाले सन्तुलित आहार गर्नु, कुलतबाट मुक्त रहनु, आमाको दाँत र मुखमा रोग भए त्यसको उपचार गर्नु, प्रयोग गर्न नमिल्ने औषधि प्रयोग नगर्नुजस्ता कुरा बच्चाको समग्र स्वास्थ्य अनि दाँतको स्वास्थ्य दुवैसँग गाँसिएका विषय हुन् । नानी जन्मेपछि दाँत नआउँदासम्म सफा र नरम कपडाले मुखको सफाइ गर्नुपर्छ भने दाँत आइसकेपछि भने सुरुमा अभिभावकले अनि पछि बच्चा आफैंले दाँतको सरसफाइ गर्न थाल्नुपर्छ । यसका लागि चार कुरामा ध्यान दिनु जरुरी छ । पहिलो कुरा बच्चालाई सानैदेखि सिकाउनुपर्छ । दोस्रो आफू पनि सँगै दाँत माझ्नुपर्छ । तेस्रो दाँत माझ्ने वा मुखको सफाइलाई झन्झटिलो हैन कि रमाइलो क्रियाको रूपमा विकास गर्नुपर्छ । चौथो सरसफाइमा बच्चालाई बढी सहभागी गराउनुपर्छ ।

बच्चाको दाँत र मुखसम्वबधी स्वास्थ्यमा छुटाउनै नहुने केही कुरा छन् । अभिभावकले बच्चाको दूधेदाँत भनेर खेलवाड गर्नु हुँदैन । निरन्तर सफा गर्ने, गुलियो खानेकुरा खान नदिने, दिनुपरे दिनभरि दिनुको सट्टा अन्य खानेकुरा खाएकै बखत दिएर तुरुन्त कुल्ला गर्ने वा दाँत माझ्ने बानी बसाउनुपर्छ । यस्तै यदि दाँतमा कीरा लाग्न सुरु भएको छ भने ढिलो नगरी स्वास्थ्यकर्मीकोमा लैजानुपर्छ । अनि वच्चालाई दाँत दुख्नसमेत थालेको भए त झनै सतर्कता अपनाइहाल्नुपर्छ । बेलाबेलामा स्वास्थ्य संस्थामा लगेर बच्चाको दाँतको स्वास्थ्य परीक्षण गरियो भने भविष्यमा हुन सक्ने समयको नोक्सानी, आर्थिक व्यवहार र मानसिक तनावबाट बच्च सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी प्राप्त गर्ने यौन आनन्द
Next article यी हुन ग्रिनसिटी अस्पतालका टण्डन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web