• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल

November 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल

हेल्थ टुडे

धनगढी, ९ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार डा. आरजु देउवाको पहलपछि  ७ नम्बर प्रदेशको एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पताल ३०० शैयाको हुने भएको छ ।  शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरेपछि हाल ५० शैया रहेको अस्पताल ३०० शैयाको हुने भएको छ ।

डा.आरजुको पहलपछि मन्त्री परिषद्ले अस्पताललाई ३०० शैयाको बनाउने निणर्य गरेकोे हो ।  केही दिन अगाडि मात्र डा. आरजुले सेती अञ्चल अस्पतालको स्थलगत निरिक्षण गर्दै जतिसक्दो छिटो अस्पतालको स्तरोन्ती गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन । त्यसको एक साता नवित्दै मन्त्रीपरिषद्ले अस्पताललाइ स्तरोन्ती गर्ने निर्णय गरेपछि यहाँका वासिन्दा खुशी भएका छन् । शैया अभावमा ठूलो संख्यामा विरामीले उपचारका कष्ट सहनु परिरहेको थियो । आफु सात नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न नै यस क्षेत्रबाट चुनाव लडेकोले सेती अञ्चल अस्पताको स्तरोन्नतीबाटै विकासको काम सुरु गरेको डा. आरजूले बताइन । ‘म प्रदेश नम्बर सातको विकासका लागि गम्भिर छु’ उनले भनिन, ‘तपाइ हाम्रो क्षेत्र सात नम्बर प्रदेश म पनि सम्पन्न भएको हेर्न चाहान्छु ’ ।

अञ्चल अस्पतालको विकासका लागि सैद्वान्तीक सहमती क्याविनेटले दिइ सकेकोले छिट्टै अस्पताल स्तरोन्ती हुने उनले बताइन । अस्पतालको शैया थपिएपछि आवश्यक भवन,आधुनिक उपकरण पनि भित्रिने उनले बताइन । ‘आइसियु कक्ष थप व्यवस्थित हुनेछ’ डा. आरजूले भनिन, ‘पुरै प्रदेशलाइ थेग्ने प्रतिक्षालय कक्षा र सुत्केरी बस्ने व्यवस्थित सुत्केरी घर निमार्ण हुन्छ । ’ सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारीले हाल सरकारी स्तरवाट ५० शैया मात्रै रहेका अस्पतालमा १०६ जनाको दरवन्दी रहेपनि ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन ग्रिनसिटी अस्पतालका टण्डन
Next article रेडियोलोजीमा जनशक्ति अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

64
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web