• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

नेताहरुले उपचार गर्न विदेश जानै पर्ने किन   

November 28th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेताहरुले उपचार गर्न विदेश जानै पर्ने किन   

सन्ध्या केसी

स्वदेशमा कयौं सुविधासम्पन्न अस्पताल खुलेका छन् । कति खुल्ने क्रममा छन् । आफूलाई अन्तर्राष्ट्रिय स्तरको उपचार सेवासुविधा उपलब्ध गराउने अस्पताल दाबी गर्ने अस्पतालको संख्या पनि बढ्दै गइरहेको छ । निजी स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भित्रिएको छ विगत दुई दशकमा । विशेषज्ञ चिकित्सकको संख्या पनि बढ्दै गइरहेको छ । विधागत अस्पतालको संख्या पनि थपिने क्रम जारी छ ।

तर विडम्बना हाम्रा राजनीतिक दलका नेता र उनका परिवारका सदस्यहरूले भने स्वदेशका अस्पताल र चिकित्सकप्रति विश्वास गर्न सकेका छैनन् । यदि विश्वास गर्न सकेका भए यही सजिलै गर्न सकिने उपचारका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल किन जान्थे बैंकक ? किन जान्थे केपी ओली सिंगापुर ? किन जान्थे रामवरण जापान, अमेरिका ? जनताले स्वदेशमै उपचार गराउन हुने तर तिनै जनताले मत दिएर जिताएर सत्तामा पु¥याएका नेताहरूले भने सानोतिनो रोगको उपचारका लागि विदेश जानैपर्ने अवस्था चिन्ताको विषय हो । त्यो राज्यकोषको दुरुपयोग हो । स्वदेशमा हुन सक्ने रोगको उपचार यही गर्नुपर्छ । नेताहरूबाट जनताले सिक्ने हुन् । नेताहरूले हाम्रो स्वास्थ्य प्रणालीमाथि विश्वास गरेमात्र जनताले विश्वास गर्ने हुन् । नेताहरूले नै सानोतिनो रोगको उपचारका लागि दिल्ली, बैंकक, सिंगाापुर, जापान वा अमेरिका जाने हो भने नेपालको स्वास्थ्य उपचार सेवा माथिको जनताको विश्वास बढ्न सक्दैन । यसको नेपाली राम्रा चिकित्सकहरूको मनोबल घट्न जान्छ ।

हाम्रा नेताहरूले स्वदेशकै अस्पतालमा उपचार गराइदिए ती अस्पतालको सेवासुविधा गुणस्तरीय हुने थियो । निजी अस्पतालको तुलनामा सरकारी अस्पतालको अवस्था नाजुक छ । मनपरी तन्त्र मौलाएको छ । जनतालाई जस्तो उपचार सेवा दिए पनि भयो । किनकि त्यो सरकारी अस्पताल हो । नेता र उनका परिवारका सदस्यहरूले यहाँका अस्पतालमा उपचार गराउनु पर्दैन । अनि अस्पतालका अधिकारी पनि किन देऊन त स्तरीय सेवा । चिकित्सक पनि तलब पचाउने र छिटो निजी अस्पतालमा गएर पैसा कमाउने धाउन्नमा हुन्छन् । वीर अस्पतालमा विशिष्ट व्यक्तिहरूको उपचारका लागि खोलिएको उपचार कक्ष खाली छ ।

त्यहाँ कुनै पनि उपल्लो स्तरको नेताले उपचार गराएको छैन । रामवरण यादव राष्ट्रपति हुने बेला दाँतको उपचारका लागि वीर आउँथे । बाबुराम भट्टराई पनि एक पटक आए । त्यसैले पनि होला वीरको डेन्टल विभाग अहिले पनि अरू विभागको तुलनामा राम्रो छ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपचार ओम हस्पिटलमा भयो । उनी निको पनि भए । उपराष्ट्रपति नन्दबहादुर पुनको उपचार त्रिवि शिक्षण अस्पतालमा भयो । उनी निको पनि भए मिर्गौला रोगबाट । नेपालका सबै सरकारी अस्पतालको सेवा कामै नलाग्ने छ भन्ने होइन । केहीले राम्रो सेवा पनि दिएका छन् वा दिने कोसिस गरेका छन् । तर जबसम्म राजनीतिक नेतृत्वले त्यसलाई महत्व दिँदैन तवसम्म हामीले जति नै अन्तर्राष्ट्रिय स्तरको अस्पताल खोले पनि हुँदैन । सबैभन्दा ठूलो कुरा हो, विश्वास । नेपालको स्वास्थ्य उपचार सेवाप्रति राजनीतिक दलहरूका नेता, सत्तासीन नेता र उनका कार्यकर्तामा हुनु नितान्त जरुरी छ । उनीहरूले विश्वास गरेपछि न जनताले विश्वास गर्छन् ।

त्यसैले पछिल्ला वर्ष नेपालमा भइरहेको स्वास्थ्य उपचारसेवाप्रति नेताहरूले विश्वास गर्नुपर्छ । आफ्नो, आफ्नो परिवारका सदस्यहरूको सम्पूर्ण उपचार यही गर्नुपर्छ । गर्नै नसकिने उपचारका लागि मात्र विदेश जानुपर्छ । राज्यकोषबाट रकम पाइहालिन्छ किन यहाँको अस्पतालमा उपचार गर्ने ? भन्ने मानसिकता त्याग्नु आवश्यक छ । स्वदेशमा उपचार गराउँदैमा सानो भइने र विदेशमा उपचार गराउँदैमा ठूलो मान्छे भइने होइन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ शरीरमा मुसा ?
Next article डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web