• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

November 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

हेल्थ टुडे

काठमाडौं, १२ मंसिर :  स्वास्थ्य मन्त्रालयको कर्मचारीमध्येको सवोच्चत तह १२ औं तह प्रमुख विशेषज्ञ पदमा बढुवा भएको ५ दिनमै डा.तरुण पौडेल सेवा निवृत भएका छन् । ६० वर्षे उमेर हदका कारण उनी मंसिर १२ देखि सेवा निवृत भएका हुन् ।

राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. पौडेललाई मन्त्रीपरिषद्ले पाँच दिन पहिले १२ औं तहमा बढुवा गरेको थियो । स्वास्थ्य मन्त्रालयमा १२ औ तह भनेको सचिव स्तरको पद हो । बढुवा समितिले कोशी अञ्चल अस्पतालका प्रमुख डा. रोशन पोखरेल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशिल प्याकुरेल र डा. पौडेललाई रिक्त दुई पदका लागि सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले सिफारिस भएका तीन जना चिकित्सक मध्ये डा. प्याकुरेल र डा. पौडेललाई बढुवा गरेको थियो । अहिले मन्त्रालयमा सचिव डा. किरण रेग्मी बाहेक १२ औ तहमा डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र डा. शुसिल प्याकुरेल छन् ।

स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुको पदावधि ६२ वर्ष हुनु पर्ने माग धेरै अगाडि देखि उठेपनि सफल हुन सकेको छैन् । तर क्लिनिकल पदका चिकित्सकको पदावधि भने सरकारले आवश्यक ठानेमा बढीमा २ वर्ष बढाउन सक्ने प्रावधान छ । उमेर हदका कारण सेवा निवृत भएका डा. पौडेलको सोमबार स्वास्थ्य मन्त्रालयले विदाई गरेको छ । कार्यक्रममा मन्त्रालयका विभिन्न महासाखा प्रमुखहरुको उपस्थिति थियो । मन्त्रायलकी सचिव डा. किरण रेग्मी विदेश रहेकाले उनको अनुपस्थितिमा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणी भण्डारीले डा. पौडेललाई मायाको चिनो प्रदान गरेका थिए । डा. पौडेलले लामो समय बाग्लुङमा बसेर जनताको सेवा गरेका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेताहरुले उपचार गर्न विदेश जानै पर्ने किन   
Next article को बन्ला स्वास्थ्य सचिव ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133406
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web