• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

को बन्ला स्वास्थ्य सचिव ?

November 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
को बन्ला स्वास्थ्य सचिव ?

हेल्थ टुडे

काठमाडौं, ११ मंसिर :  स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी यही मंसिर १७ गतेदेखि सेवा निवृत हुने भएपछि अव स्वास्थ्य सचिव को हुने ? भन्ने चासो र चर्चा सुरु भएको छ । स्वास्थ्य सेवा ऐन अनुसार चिकित्सकले मात्र स्वास्थ्य मन्त्रालयको सचिव बन्न पाउने व्यवस्था छ । स्वास्थ्य सचिव बन्न मन्त्रालयको १२ औं तहमा कार्यरत चिकित्सक हुनु पर्छ । डा. किरण बाहेक अहिले स्वास्थ्य मन्त्रालयमा तीन जना चिकित्सक १२ औं तहमा कार्यरत छन् । डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र डा. सुशिल प्याकुरेल अहिले १२ औं तहमा छन् । चार दिन महिले मात्र १२ औं तहमा नियुक्त भएका डा. तरुण पौडेल मंसिर ११ बाट सेवा निवृत भएका छन् । अव स्वास्थ्य मन्त्रालयको सचिवको पदमा डा. चौधरी, डा. श्रेष्ठ र डा. प्याकुरेल मध्ये एक जना पुग्नेछन् ।

मन्त्रालयको सचिव मन्त्री परिषद्ले गर्छ । १२ औं तहका तिनै जनाको नाम मन्त्रीपरिषद्मा पेस  हुने र ती मध्ये मन्त्री परिषद्ले एक जनालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने मन्त्रालयका अधिकारीले बताए । १२ औं तहमा वरिष्ठताका आधारमा भन्दा पनि मन्त्रीपरिषद्ले जसलाई नियुक्त गर्न खोज्यो त्यही सचिवमा नियुक्त हुने ती अधिकारीले बताए । सचिव नियुक्त गर्दा राजनीतिक भागबण्डा हुने गरेको छ । अहिले राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरा स्वास्थ्य मन्त्री छन् । नेपाली कांग्रेस नेतृत्वको सरकार भएकाले कांग्रेस र राप्रपाको सहमतीमा सचिव नियुक्त हुने छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘तिनै जनाको उत्तिकै संभावना छ । जो पनि स्वास्थ्य सचिव नियुक्त हुन सक्छ । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश
Next article स्वास्थ्य सचिव डा.किरण सेवा निवृत हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web