• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किन हुन्छ शरीरमा मुसा ?

November 28th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ शरीरमा मुसा ?

डा.ललितकुमार मिश्र

जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ ।  सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् ।

लक्षणहरू

धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् ।

मुसामा प्रकारहरू

(१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ ।

(२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ ।

यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ ।

(३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् ।

(४)  हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ ।  हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका  मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ ।

(५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र  हेर्दा काउलीजस्तो देखिन्छ ।

क्यान्सर कारक पनि हुन्छ मुसा

यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ ।

खतरानाक अवस्थाका मुसा

यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेताहरुले उपचार गर्न विदेश जानै पर्ने किन   
Next article कसरी रोक्ने सास गन्हाउने समस्या ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132193
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web