• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

February 14th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

हेल्थ टुडे,
ललितपुर, २ फागुन : ललितपुरको मान भवनमा स्वासप्रश्वास ( छाती) सम्बन्धि रोग सम्बन्धी सम्पुर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल चेष्ट सेन्टर खुलेको छ । उक्त सेन्टरको एक समारो्हबिच सनिबार ललितपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष गणेश केसी, स्वासप्रस्वास तथा छाती रोग विज्ञ डा. राजु पंगेनी, सेन्टरका संचालक मधुसुदन घिमिरे सहितले रिवन काटेर उदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले छाती रोग सम्बन्धी सम्पूर्ण सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यले सेन्टर स्थापना हुनु खुशीको कुरा भएको बताउदै महानगरपालिकाको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने बताए । स्वासप्रस्वासका विरामीको संख्या बढ्दै गएकोले वडाले सेन्टरसंगको सहकार्यमा स्वास्थ्य सिविर सञ्चालन र उपचारमा सक्दो सहयोग गर्नेमा केसलिे जोड दिए । स्वासप्रस्वास तथा छाती रोग विज्ञ डा. पंगेनीले स्वासप्रस्वास दिन प्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याको रूपमा बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दै स्वाशप्रश्वास सम्बन्धि केन्द्रीत भएर छुट्टै सेन्टरको स्थापना भएपछि विरामीले सहज सेवा पाउने बताए ।
सेन्टरका सञ्चालक घिमिरेले सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको र सेन्टरमा वरिष्ठ छाती तथा स्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान जानकारी दिए । उनले सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षण सम्बन्धि सेवा, सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन स्वासप्रश्वास रोगको समग्र उपचार लगायतका सेवा उपलब्ध रहेको बताए ।
घिमिरेका अनुसार सेन्टरले दीर्घकालीन लक्ष्य स्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्ने काम पनि गर्ने छ । नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि सेन्टरको योजना रहेको घिमिरेले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
Next article पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web