• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

February 12th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

हेल्थ टुडे,
काठमाडौं, २९ माघ : नेपाल स्वास्थ्यकर्मी संघका पुर्व महासचिव दिपक मुडभरीले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रको सुधारका योजना नेपाली कांग्रेसलाई बुझाएका छन् । मुडभरीले बिहीबार पार्टी कार्यालय सानेपा पुगेर ४१ बुदे सुभाव बुझाएका हुन । आउदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनका लागि यही फागुन २ गते नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजजिक गर्ने भएको छ । मुडभरीले बुझाएको घोषणापत्र नेपाली का्रग्रेसका नेताहरुले बुझेर उक्त बुदाहरु सकभर समावेश गर्ने आश्वासन दिएका छन् । मुडभरीले स्वास्थ्य सेवाको विषयमा निम्नलिखित बुदाहरु समावेश गर्न सुझाव दिएका छन् ।

१ सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा , आकस्मिक सेवा र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चिता र स्वास्थ्य सेवामा समान पहुँच। ७५३ तहमा आधारभूत अस्पताल र वडा स्वास्थ्य क्लिनिक स्थापना गर्ने । आधारभुत अस्पतालमै ःम्न्ए चिकित्सक उपलब्ध गराउने ।
२.स्वास्थ्य बीमालाई सबै क्षेत्रमा अनिवार्य बनाउँदै दाबी प्रक्रिया सरल, पारदर्शी र समयमै भुक्तानी । तिनै तहको सरकार बिचमा समन्वय । अखाद्य पदार्थमा कर वृद्धि र सो रकम स्वास्थ्य बीमामा लगानी गर्ने ।
३. नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप, मुटु रोग) रोकथामका लागि जीवनशैली सुधार निदानात्मक कार्यक्रम ।
४.क्यान्सर, मिर्गौला, मुटु तथा जटिल रोगको एकद्वार उपचार प्रणाली विकास ।
५. स्थानीय सरकार मार्फत बिधालय स्वास्थ्य , मानसिक रोग , दुव्र्यसन नियन्त्रण, आत्महत्या जस्ता विषयमा जनचेतना मुलक सेवा प्रभावकारि रुपमा सन्चानल गराउने गर्ने ।
६. बाल स्वास्थ्य, पोषण र पूर्ण खोप कार्यक्रम सुदृढीकरण गर्ने । प्रजनन् स्वास्थ्य मा आवश्यक कार्यक्रम ल्याउने ।
७ प्रत्येक स्थानीय तहमा न्यूनतम मापदण्डसहितको आधारभूत अस्पताल सञ्चालन गर्ने ।
८. स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको अवधारणा अनुसार कुल बजेट को १०% बजेट सुनिश्चितता र दीर्घकालीन स्वास्थ्य नीति ,स्वास्थ्य सेवा ऐन ल्याउने ।
९. दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सन्चालन गर्ने ।
१०. स्थानीय तहदेखि नै केन्द्रीय अस्पताल सगको
समन्वयमा टोलिमेडिसिन सेवा लाई प्रभावकारी रुपमा सन्चालन गर्ने ।
११. संघीय अस्पताल प्रभागकारी र गुणस्तरीय सेवा सन्चालन गर्ने ।
१२.स्वास्थ्य विशेषज्ञ जनशक्ति उत्पादन, संरक्षण र पलायन रोक्न विशेष प्याकेज ल्याउने( जस्तै सेवा सुविधा र सुरक्षा) ।
१३ .आयुर्वेद, योग तथा वैकल्पिक चिकित्साको प्रवद्र्धन गर्दै आधुनिक उपचारसँग समन्वय गर्ने ।
१४.औषधिमा आत्मनिर्भर हुन उद्योग स्थापनाका लागि प्रोत्साहन तथा गुणस्तरीयता कायम गरि स्वदेशी उत्पादन उपयोग लाई प्रोत्साहन गर्ने ।
१५. औषधि, उपकरण र सर्जिकल सामग्री खरिदमा पूर्ण पारदर्शिता र गुणस्तर नियन्त्रण तथा औषधिको मुल्यमा एकरुपता कायम गराउने । स्वास्थ्य सेवा अन्य सेवा जस्तो नभएका कारण स्वास्थ्य उपकरण खरिद प्रकिया लाई बैज्ञानिक रुपमा गर्ने खरिद ऐन संसोधन गर्ने ।
१६. आवश्यक स्वास्थ्य संस्था को भौतिक संरचना , जनशक्ति ब्यवस्थापन र गुणस्तरीय औषधि उपकरण उचित ब्यवस्था गर्ने ।
१७. स्वास्थ्य क्षेत्रमा आधुनिक अनुसन्धान मा लगानी गर्ने ।
१८.शुद्ध खानेपानी, सुरक्षित खाद्य प्रणाली र पोषण सुरक्षामा राज्यको दायित्व र अन्तर मन्त्रालय समन्वय गर्ने ।
१९.जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरणका लागि तयारी योजना बनाउने ।
२०.जनस्वास्थ्य चेतना, मानसिक स्वास्थ्य र रोकथाममुखी कार्यक्रम प्राथमिकतामा दिने ।
२१.स्वास्थ्य सेवाका कारण हुने बसाइँसराइ अन्त्य गर्न गाउँ–केन्द्रित गुणस्तरीय र पहुँच य‍ोग्य सेवा सन्चालनमा ल्याउने ।
२२ प्रदेस स्तरमै सुपर स्पेसियालिटी अस्पताल स्थापना र सन्चालन गर्ने ।
२३.स्थानीय, प्रदेश र संघीय तहबीच स्पष्ट अधिकार, समन्वय र सहकार्य गर्ने ।
२४ स्वास्थ्य सेवा स्थानीय स्वास्थ्य संस्था देखि केन्द्रीय अस्पताल र अन्तर अस्पताल डिजिटलाइजेशन एवं भ्ःच् प्रणालि सन्चालनमा ल्याउने ।
२५. उपचारात्मक सेवा का साथै निदानात्मक सेवामा विशेष कार्यक्रम सन्चालनमा ल्याउने ।
२६ . महामारी ,प्राकृतिक बिपत्ति र दुर्घटनाको लागि च्बउष्म च्भकउयलकभ त्भबm पुर्व तयारीमा अवस्था मा राखिने छ ।
२७ दिगो विकास लक्ष्य अनुरूप समावेशी र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्ने ।
२८. स्वास्थ्यमा लगानी कुनै दान वा उपहार नभइ , स्वास्थ्य र समुन्नत नेपाल निर्माण को लागि लगानी हो भन्ने ।
२९ स्वास्थ्यकर्मी सुरक्षा ऐन पुर्ण कार्यान्वयन गराईने ।
३० निजि स्वास्थ्य संस्थाले १०% सेवा निःशुल्क उपलब्ध गराउनु पर्ने साथै स्वास्थ्यकर्मी लाई वेतन सरकारी अनुसार उपलब्ध गराउन पर्ने ।
३१. ज्येष्ठ नागरिक उपचार लाई छुट्टै वार्ड सन्चालन गर्ने तथा प्यालेटिभ सेवा ब्यवस्थित रुपमा सन्चालन र पुनस्र्थापनात्मक सेवा सन्चालन गर्ने ।
३२. दक्ष स्वास्थ्यकर्मी उत्पादन , आधुनिक प्रविधि अनुसार तालिम, दुर्गममा सेवा गर्न प्रोत्शाहन र काम अनुसार उचित सम्मान गर्ने ब्यवस्था मिलाउने ।
३३. चिकित्सा शिक्षा आयोग, स्वास्थ्य विश्वबिधालय र सिटीईभिटी लाई समयानुकूल बनाईने ।
३४. राजधानी लगायत शहरी क्षेत्रमा अस्पताल हरुमा देखिने सेवाग्राहीको चाप नियन्त्रण का लागि पुर्ण रुपमा अनलाइन र डिजिटलाइसेन प्रणाली ब्यवस्था मिलाउने ।
३५.अङ्ग दान , मस्तिष्क मृत्यु अङ्ग दान लाई कानुनी रुपमा सरल र सहज बनाउदै ,सातै प्रदेशमा बिस्तार गर्ने ।
३६. एम्बुलेन्स सेवा लाई एकद्वार प्रणालि मार्फत ब्यवस्थित र सुविधा सम्पन्न तथा तालिम प्राप्त स्वास्थ्यकर्मी उपलब्ध गराई सन्चालन गर्ने ।
३७. सातै प्रदेशमा कम्तीमा पनि एक एक बटा सरकारी मेडिकल कलेज स्थापना गर्ने ।
३८. सबै संघीय अस्पताल लाई सुपर स्पेसियालिटी सेवा र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज को रुपमा अध्यान अध्यापन गराउने ब्यवस्था मिलाउने ।
३९. स्वास्थ्य संस्था सुशासन कायम राख्न संस्थाको नेतृत्व आस्था को आधारमा नभई योग्यता र कार्य क्षमताको आधारमा जिम्मेवारी दिने ।
४०. प्रतेक स्थानीय सरकार ले मातहत स्वास्थ्य संस्था बाट बर्ष मा एक चोटि नागरिक को उमेर समूह अनुसार सामान्य स्वास्थ्य जाच (स्केनिङ)गर्ने ब्यवस्था मिलाउने ।
४१. तिनै तहको सरकारले मातहत स्वास्थ्य संस्थामा आवश्यकता का आधार मा स्वास्थ्य सेवा प्रवाह , सेवाग्राही को गुनासो ,सेवामा समान पहुँच ,र गुणस्तरीयता बारेमा अनुगमन र आवश्यक निर्देशन गर्ने ब्यवस्था मिलाईने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर
Next article दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web