• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

 तपाईको पनि खुट्टा निदाउछ ? 

November 29th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 तपाईको पनि खुट्टा निदाउछ ? 

हेल्थ टुडे

के तपाईं राति, बिहान एक्कासि उठ्दा वा कुनै ठाउँमा निरन्तर बसिरहेपछि हात वा खुट्टा केही क्षणको लागि चेतनाहीन हुने समस्यामा पर्नुभएको छ ? कुनै पनि उमेरमा अचानक हुने यो समस्यामा कहिलेकाहीँ हाम्रो हातखुट्टा संवेदनाहीन हुन्छन् । हामीलाई कुनै पनि कुरा छोएको संवेदना हुँदैन । योसँगै प्रभावित स्थानमा दुखाइ, झमझम हुनु, कमजोरी आदि असामान्य अनुभव पनि हुन सक्छ । बोलचालको भाषामा हामीले यसलाई हातखुट्टा निदाएको भन्छौं ।

निदाएको वा संवेदना गुमाइसकेको अंगमा अलिअलि झम्झम् हुन्छ । यसपछि हामी के अनुभव गर्छौं भने ती अंग विशेष चेतनाहीन भए । सियो घोचाइजस्तो अनुभव हुन सक्ने भए पनि दुखाइ भने थाहा हुँदैन । चिकित्सकहरूका अनुसार बस्दाबस्दै वा एउटै मुद्रामा काम गर्दै शरीरको कुनै अंग संवेदनाहीन हुने समस्याबाट नजुध्नेहरू विरलै हुन्छन । ‘स्वस्थ व्यक्तिलाई समेत शरीरको अंग एक्कासि संवेदनाहीन हुनु आम व्यक्तिमा देखिने सामान्य समस्या हो,’ त्रिवि शिक्षण अस्पताल, स्नायु विभागका स्नायु रोग विशेषज्ञ प्राडा जेपी अग्रवाल भन्छन्, ‘यो समस्या देखिनु पछाडि सामान्य दबाब पर्नुसँगै लिएर नसासम्बन्धी समस्या, हाड खिइनु, भिटामिनको कमीलगायतका थुप्रै कारणहरू हुन सक्छन् ।’ धेरैजसो व्यक्ति यो समस्या सुतेका बेला अनुभव गर्छन् । हरेक व्यक्ति पृथक्पृथक् स्थितिमा सुत्ने गरेका छन् । सुत्ने बेला कहिलेकाहींँ हातखुट्टा संवेदनाहीन भएको अनुभव गर्छन् । यसको कारण त्यो अंग विशेषको रगतको धमनी वा नसामा दबाब बढी समय रहनु हो ।

यो समस्या केही मिनेटका लागि भए आत्तिनुपर्ने केही छैन । तर यस्तो स्थिति घन्टौं जारी रहे वा पटकपटक भइरहे चिकित्सकको परामर्श अत्यावश्यक हुन्छ ।अंग विशेष निदाउने प्रक्रिया जटिल छ । प्राडा अग्रवालका अनुसार कुनै खास परिस्थिति, अवस्थाले गर्दा शरीरमा पर्ने दबाब अंग विशेषको थुप्रै कोषिय फाइबरबाट बनेको नसाहरूमा पर्छ । प्रत्येक कोषिय फाइबर फरकफरक संवेदनालाई मस्तिष्कमा पु¥र्याउँछ । यो फाइबर ‘माइलिन’ नाम गरेको सेता पदार्थले बनेको झिल्ली हो ।  यसमा दबाब पर्दा मस्तिष्कसम्म नसाद्वारा पर्याप्त मात्रामा सञ्चार हुन पाउँदैन ।  ‘सञ्चारको अभावमा मस्तिष्कसम्म त्यो अंगबारे पुग्ने जानकारी अबरुद्घ हुँदा त्यहाँ संवेदना अनुभव हुँदैन अंग चेतनाहीन हुन्छ,’ प्राडा अग्रवाल भन्छन्, ‘तर त्यो अंग विशेषमा केही समय विशेषका लागि परेको दबाब हटेपछि सञ्चार जारी भएर ती अंग विशेषको संवेदना फर्कन्छ ।’

रक्त सञ्चारमा कमी, नसा च्यापिएर वा नसा विकृत भएर समेत हातखुट्टा निदाउने समस्या हुन सक्ने उल्लेख गर्दै प्राडा अग्रवाल भन्छन्, ‘स्वस्थ व्यक्तिलाई हातखुट्टा निदाउने समस्या बारम्बार देखिन थाले एकपटक विशेषज्ञसँग देखाउनु आवश्यक हुन्छ ।’रक्त सञ्चार वा नसाको कारणमात्र नभएर हातखुट्टा निदाउने समस्या कहिलेकाहीँ स्पोन्डुलाइटिस अर्थात् हाड खिइने समस्याले समेत देखिन सक्छ । भिटामिन बी १२ लगायत अन्य भिटामिनको कमीले समेत अंग निदाउने समस्या देखिन सक्छ भने अस्टियोअर्थराइटिसमा पनि यो समस्याले च्याप्न सक्छ ।

हाड, भिटामिन, नसाको कारणले हुने हातखुट्टा निदाउने समस्या सामान्यतः उमेरको चार दशक पार गरेकाहरूमा बढी देखिन्छ । तर शरीरमा पर्ने असामान्य दबाबले गर्दा यो समस्या जुनसुके उमेरसँगै जुनसुकै बेला हुन सक्छ । ‘उमेर पुगिसकेकाहरूमा रक्तनलीमा समस्या, उच्च रक्तचापलगायतकाले गर्दा यो समस्या बढी देखिन्छ,’ प्राडा अग्रवाल भन्छन्, ‘यो समस्यामा सबैभन्दा पहिले फिजिसियनसँग देखाउनु उपयुक्त हुन्छ ।’ फिजिसियनले बिरामीमा यो स्नायु, हाडजोर्नी वा रक्तनलीसँग सम्बन्धित रहेको निक्र्योल गरेर विशेषज्ञ नजिक रेफर गर्न सक्छन् । कहिलेकाहीँ एक्कासि हातखुट्टा निदाउने समस्यामा तुरुन्त चिकित्सकीय सहयोगसमेत आवश्यक हुन्छ । यसो नगरे जटिल स्वास्थ्य समस्यासमेत देखिन सक्छ ।

‘एकदमै अचानक हात वा खुट्टा दुख्नु, चलाउन नसक्ने हुनु कहिलेकाहीँ चेतनाहीन हुने भयो भने तुरुन्त चिकित्सकीय सहयोग दिनु आवश्यक हुन्छ,’ अर्को एक चिकित्सक भन्छन्, ‘यो समस्या रक्तनलीबाट रगत सञ्चार नभएर हुन सक्ने भएकोले यसमा छिटो रक्तनलीसम्बन्धी विशेषज्ञको सुझाव आवश्यक हुन्छ ।’ पलेँटी मारेर लामो समयसम्म बस्दासमेत पैताला निदाउने, कमजोर हुने समस्या देखिन्छ । योगअन्तर्गत पलेँटी मारेर लामो समयसम्म बस्ने नेता, व्यापारी, बुद्घिजीवीलगायतकाहरू पैताला निदाउने, कमजोर हुने समस्यासहित पुग्ने गरेको प्राडा अग्रवाल बताउँछन् । पलेँटी मारेर लामो समयसम्म बस्दा ‘कमन पेरोनियल नर्भ’ मा दबाब पर्ने निचोर्ने (कम्प्रेसन) काम सुरु हुने उल्लेख गर्दै प्राडा अग्रवाल लामो समयसम्म पलेँटी मारेर नबस्न सुझाव दिन्छन् ।सुख्खा मालिससँगै न्यानो तेल मालिस फाइदाजनक हुन्छ । व्यायामले समेत निदाएको अंगलाई राहत प्रदान गर्छ । यसले शरीरमा रक्तसञ्चारसँगै अक्सिजनको मात्रामा वृद्घि हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन लाग्छ आँखामा बादल
Next article आफू खुसी रक्तचापको औषधि बन्द गर्नु घातक

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web