• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 1st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

महाकाली अञ्चल अस्पतालको त्यो घटना

December 3rd, 2017 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महाकाली अञ्चल अस्पतालको त्यो घटना

डा. दीपेन्द्ररमण सिंह

मैले सर्पको टोकाइको उपचार गर्न सुरु गरेको बेलैमा मेरो जीवनको एउटा अविस्मरणीय घटना घट्यो । म त्यतिबेला महाकाली अञ्चल अस्पतालमा कार्यरत थिएँ । मेडिकल सुपरिटेन्डेन्ट भएको नाताले मैले अस्पतालको टेक्निकल कार्यमात्र नभएर प्रशासनिक काम पनि गर्नुपर्दथ्यो । चैत्र, वैशाख र जेठको अति नै गर्मी दिन पार गरिसकेको भए तापनि महेन्द्रनगरमा असार महिनाको त्यो दिन त्यस किसिमको गर्मी कहिल्यै भएको थिएन । त्यस दिन पनि एकदमै व्यस्त दिनको काम सकेर म एकछिन सोफामा ढल्की रहेको थिएँ, जोडले ढोकाको घन्टी बज्न थाल्यो । एकजना कार्यालय सहयोगी अचम्म गरी अगाडि ढोकामा उभिएको रहेछ । यो एकदमै अचम्मको घटना थियो मेरो लागि । विषाक्त सर्पको टोकाइबाट पीडित दुईजना बिरामीहरू ल्याइएका रहेछन् । म हतारिएर इमरजेन्सी कक्षमा गएँ, त्यहाँ ती दुई बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले घेरिरहेका थिए । ती दुवै बिरामी एकै परिवारका थिए र सायद एउटै सर्पले टोकेको हुनुपर्छ ।

परिवारजन अति नै डराएको अवस्थामा थिए र केही भन्न पनि सकेका थिएनन् । उनीहरूले आफ्नो परिवारको ज्यान जोगाउन र जति सक्दो राम्रो स्वास्थ्य सेवा दिनको लागि बिन्ती गरे । मेरा सहकर्मीहरूले सधै उनीहरूलाई उपचारका फाइदा बेफाइदाको महत्वको बारेमा बुझाउन थाले । उनीहरूले हाम्रो उपचार पद्धति माने र हामी माथि विश्वास राखेर गए । ती दुवैजना बिरामी चौधरी परिवारका थिए । बूढी हजुरआमा ६५ वर्षको र नाति १० वर्षका थिए । ती केटा होसमा नै थिए र मैले मेरा एकजना सिनियर सहकर्मी र दुईजना असिस्टेन्टलाई उनलाई हेर्न लगाएर आफू ती जटिल स्थितिमा भएकी बूढी महिलालाई हेर्नतिर लागेँ । उनी ज्यादै पीडामा देखिन्थिन् र शायद विषको असर श्वासनलीसम्म पुगिसकेको थियो ।

भाग्यवश भर्खरै एउटा पल्स अक्सिमिटर अस्पतालमा ल्याइएको थियो जसले गर्दा हामीले अक्सिजनको सेचुरेसन लेवल नाप्यौ । निकै प्रयासपछि सेचुरेसन लेबल घट्न थाल्यो । हामीले बिरामीको परिवारलाई सबै कुरा बुझाएरमात्र इन्टुबेसन गर्ने सल्लाह ग¥यौं । मेरा जुनियर सहकर्मीहरू त्यति निश्चिन्त त थिएनन् तर पनि मेरो उपचार विधिलाई अपनाए । सानो केटो जसलाई वार्डमा राखिएको थियो उसलाई पनि सास फेर्न मुस्किल हुन थाल्यो र इन्टुबेसनको आवश्यकता प¥यो । यसरी एकै पटक पालैपालो सर्पको टोकाइलाई इन्टुबेसन गरिएको पहिलो पटक थियो । यिनलाई चार घन्टासम्म लगातार हेरिरहे र तत्पश्चात विस्तारै श्वासप्रश्वासमा केही सुधार देखिन थाल्यो । हामीलाई पनि अब बाकी एन्टिस्नेक भेनमले नै काम गर्छ भन्ने विश्वास भयो । यस प्रक्रियाद्वारा उपचार यस ठाउँमा गर्नलाई हामी डराइरहेका थियौ तर ज्यान बचाउन सकेकोमा हामी धेरै खुसी थियांै ।

बूढीआमालाई बाहिर इमरजेन्सीमा राखेर लगातार इमरजेन्सीका स्वास्थ्यकर्मीहरू लागिपरेका थिए । सवैजना यसको परिणाम के होला भनेर डराइरहेका थिए । मलाई पनि यसको निदान के होला भन्ने लागिरहेको थियो । त्यसैले म नजिकै इमरजेन्सी कक्षमा नै आराम गरे अनि के कस्तो भइरहेछ भनेर समयसमयमा हेरिरहे । केही समयपश्चात बूढीआमाको स्वास्थ्यमा सुधार आए पनि श्वासप्रश्वासमा भने समस्या आइरहेको थियो । बिहानको ४ बजेतिर ड्युटीमा भएको डाक्टरले मलाई इन्टुबेसनको लागि सल्लाह लिन आउनुभयो । हामीले नली बाहिर निकाल्यौ तर उनलाई सास फेर्न मुस्किल  भइरहेको थियो । फेरि इन्टुबेसन गरिउ  तर हामीलाई धेरै आशा लागेन । बिहानको साडे सात बजेतिर बूढीआमा सजिलै सास फर्कै हुनुहुन्थ्यो । यस पटक हामीले नली बाहिर निकालेनौ, नलीमार्फत नै सास फेर्न दियौ । विस्तारै उनको स्वास्थ्यमा सुधार आउदै गएपछि हामीले अक्सटुबेट गर्न थाल्यौ । लगातार उपचार गरिरह्यौं र अझ सुधार आउदै गयो ।

अर्को दिन त हाम्रो लागि धेरै नै महत्वपूर्ण दिन थियो । हामीले दुईवटा सर्पको टोकाइको रातभरि उपचार गरी ज्यान जोगाएका थियौ । म त्यस दिन धेरै थाकेको भए पनि मलाई धेरै खुसी लागेको थियो किनकि हामीले अरूको ज्यान जोगाउनमा सफलता हासिल गरेका थियौं । बिहानको राउन्डमा त्यो सानो केटो अलिकति होसमा आइसकेको थियो र न्युरोटोक्सिनको असर पनि विस्तारै हराउदै थियो । अर्कोतर्फ बूढीआमालाई अझै रिंगटा लागिरहेको थियो तर रातिभन्दा धेरै होसमा आइसकेकी थिइन् । उनका परिवार, खासगरी सानो केटाको आमा र बूढीआमाको कान्छो छोरा निक्कै नै हर्षित देखिन्थे । उनीहरूको उज्यालो अनुहारले पनि हाम्रो मनमस्तिष्कमा राम्रो असर छोड्यो । आशा छ, यस ठाउँका मान्छेहरूका लागि अरू राम्रो सेवा दिन अब आउँदा दिनहरूमा पनि यस घटनाले गर्दा हामीलाई अझ थप बल प्रदान गर्नेछ । ( डा. सिंह स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महासाखाका निर्देशक हुन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो सहित
Next article यौनशक्ति बढाउन जाइफल

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

उपचार गर्ने अस्पताल नै सिकिस्त

उपचार गर्ने अस्पताल नै सिकिस्त

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1026
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web