• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

अब माइक्रोस्कोपबाट दाँतको उपचार

March 4th, 2017 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

दाँत कीराले खाएको छ वा असाध्यै दुख्यो भने हामीलाई लाग्छ यो दाँत निकाल्न पाए त हाइसञ्चो हुन्थ्यो होला । कत्तिले त कीराले खाएपछि वा दुख्यो भने दाँत निकालेका पनि छौं होला । पहिले पहिले कीराले खाएको दाँत निकाल्नुको विकल्प पनि थिएन । चाहेर होस् वा नचाहेर पनि निकाल्नै पर्दथ्यो ।
केही केहीले दुखेको बेला आवेशमा आएर दाँत निकाल्न लगाइहाल्छन् । तर प्राकृतिक दाँत निकालेपछि त्यसका कारण आउने कठिनाइको अनुमानसमेत उनीहरुले गरेका हुँदैनन् । हामीले के बुझ्नु जरुरी छ भने कृत्रिम भनेको कृत्रिम नै हो । यसले कहिल्यै पनि प्राकृतिकको स्थान लिन सक्दैन । प्राकृतिक दाँतको महत्व निकालेपछि मात्र थाहा हुन्छ । प्राकृतिक दाँतले गर्ने काम, उसले दिने सुन्दरता र आत्मबल कृत्रिम दाँतबाट पाउन सकिँदैन । त्यसैले हिजोआज अधिकांश व्यक्ति सकेसम्म प्राकृतिक दाँत गुमाउन चाहँदैनन् ।
पछिल्ला वर्षमा दाँत निकाल्नेभन्दा बचाउन चाहने बढी रहेको विज्ञहरु बताउँछन् ।
यही चाहना र आवश्यकतालाई ध्यानमा राखेर अहिले दाँतको उपचारमा विभिन्न नयाँ प्रविधिको विकास भइरहेको छ । अब दाँतमा कीरा लागेर नसा छोएर दुखेको दाँत निकाल्नै पर्छ भन्ने छैन । दाँतको दुखाइ हटाउँदै त्यही प्राकृतिक दाँतलाई बचाउन सकिन्छ । यो उपचार विधिलाई ‘रुट क्यानल ट्रिटमेन्ट’ भनिन्छ । यसलाई नेपाली भाषामा ‘जरानली उपचार विधि’ भन्न सकिन्छ । यस उपचार विधिमा दाँतको दुखाई कम गर्न र पछि गएर पहिलेकै अवस्थामा ल्याउन अत्याधुनिक उपकरणको सहायताले दाँतको जराभित्रको नसा सफा गरेर त्यसको उपचार गरिन्छ । रुट क्यानलमा भरपर्दो विधि हो, ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप ।’ माईक्रोस्कोपको सहायताबाट दाँतभित्र रहेको सानो चिजलाई ठूलो पारेर समस्याको पहिचान गरी उपचार गर्न सकिने भएकाले यो विश्वसनीय हुन्छ । परम्परागत रूपले रुट क्यानल गर्दा हेरेर, महसुस गरेर, छोएर र अनुभवका आधारमा गरिन्थ्यो । त्योभन्दा माइक्रोस्कोपको सहायताले गरिने उपचार बढी बैज्ञानिक मानिन्छ । विज्ञहरूका अनुसार यो प्रविधिमार्फत उपचार गर्दा थोरै दाँत काटेर नसाको उपचार गर्न सम्भव छ । जुन कुरा पहिले हेरेको भरमा मात्र सम्भव हुँदैनथियो ।
यो प्रविधिबाट उपचार गर्दा परम्परागत उपचार गर्दा दाँत बचाउन नसकिने अवस्थामा पनि बचाउन सकिने भएको छ । यसका साथै यो प्रविधि सुविधायुक्त छ । नेपालमा पहिलो पटक यो प्रविधि रुट क्यानल सेन्टरले भित्र्याएको हो । यो सेन्टर पाटन अस्पताल अगाडि रहेको ललितपुर मलको चौथो तलामा रहेको छ । रुट क्यानल विषयमा विशेषज्ञता एम.डी.एस. (मास्टर्स इन् डेन्टल सर्जरी) गरेका वरिष्ठ दन्त रोग विशेषज्ञ द्वय डा.सुमन गौतम र डा.आशा थापाको जोडीले एक वर्षपहिले यो प्रविधि पहिलो पटक नेपाल भित्र्याएका छन् । माइक्रोस्कोप बाहेक दाँतको उपचारमा प्रयोग हुने प्रविधि र अत्याधुनिक उपकरणसमेतको सेवा सेन्टरले प्रदान गर्दै आइरहेको छ ।
यो प्रविधिबाट डाक्टर र बिरामी दुवै पक्ष लाभान्वित भएका छन् । किनकि यसले दाँतमा भएको समस्याको सही पहिचान गर्न सहयोग गर्छ । समस्या पहिचान भएपछि उपचार गर्न सहज हुने गरेको डा.सुमन बताउँछन् । नेपालमा दाँत कीराले खाने आम समस्या हो । दाँतमा देखिने समस्यामध्ये करिब ८० प्रतिशत कीराले खानेसँंग सम्बन्धित हुन्छन् । पछिल्ला दिनमा जङफुडका कारण सानै उमेरदेखि दाँत कीराले खाने समस्या बढ्दै गइरहेको पाइएको छ ।
सबै कीराले खाएको दाँतको रुट क्यानल गर्नु पर्दैन । डा.आशा भन्छिन्, ‘दाँत कीराले खाएको पहिलो स्टेजमा छ भने सामान्य उपचारले पुग्छ । तर कीराले खाएर नसासम्म पुगेको अवस्था छ भने रुट क्यानल गर्नै पर्छ ।’ उनका अनुसार प्रविधिको विकासले रुट क्यानल गर्न अहिले थुप्रै पटक क्लिनिक धाउनु पर्दैन । एकदुई पटकमै विश्वासका साथ गर्न सकिन्छ ।
मुख स्वास्थ्यका विषयमा पहिलेको तुलनामा केही चेतना विस्तार भएको पाइएको छ । तर अझै पनि ठूलो संख्यामा सर्वसाधारणमा दाँत तथा मुख स्वास्थ्यका विषयमा जनचेतना पुग्न नसकेकाले यो समस्या बढ्दै गइरहेको डा. सुमनको ठम्याइँ छ । उनी भन्छन्, ‘सरकारले पनि मुख स्वास्थ्यका बिषयमा जनचेतना जगाउने कामलाई महत्व दिएको छैन । मुटु, क्यान्सर, मिर्गौलाजस्ता रोगको विषयमा जनचेतना जगाएजस्तै मुख स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।’
हेल्थ टुडे

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीमा फर्मा एक्पो सुरु
Next article रुट क्यानलमा अब्बल जोडी

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133242
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

51
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web