• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

September 17th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

हेल्थ टुडे,

काठमाडौं, १ असोज : भोटेकोशी–रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै ह्यूमन लाइफ साइन्सले भारतको खोप उत्पादक कम्पनी जीसीबीसी र औषधि आयातकर्ता संघ, नेपालको सहकार्यमा एक करोड ५५ लाख रुपैयाँ बराबरको हैजा विरुद्वको खोप  शान्कोल सरकार मार्फत सहयोग गरेको छ । बाढी तथा पहिरोजस्ता विपद्का कारण खानेपानी र सरसफाइमा समस्या उत्पन्न भई हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त खोप सहयोग गरेको हो ।

ह्यूमन लाइफ साइन्सका अध्यक्ष एवं औषधि आयातकर्ता रामानन्द दासले  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको व्यवस्थापन महाशाखालाई २४ हजार ९६० डोज हैजा विरुद्धको खोप सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । ह्यूमन लाइफ साइन्स नेपालका लागि  जीसीबीसी भ्याक्सिन प्रा.लि. (शान्था बायोलोजिक्स ) को आधिकारिक आयातकर्ता हो । औषधि आयातकर्ता संघ, नेपालले सरकारलाई उपलब्ध गराउने भनेको ३ करोड रुपैया बराबरको औषधि मध्ये यो दोश्रो चरणको सहयोग रहेको औषधि आयातकर्ता एवं ह्यूमन लाइफ साइन्सका अध्यक्ष रामानन्द दाशले जानकारी दिए । औषधि आयातकर्ता संघले यो भन्दा पहिले नै सरकारलाई पहिलो चरणको औषधि सहयोग गरिसकेको छ । खोप हस्तान्तरण कार्यक्रममा विपद्पछि प्रभावित समुदायमा रोगको जोखिम न्यूनीकरणका लागि समयमै आवश्यक स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध गराउनु आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका थिए ।

बाढी प्रभावित क्षेत्रमा हैजा लगायत पानीजन्य रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत खोप सहयोग गरिएको दाशले बताए ।सरकारले प्राप्त खोपलाई बाढी प्रभावित क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरी प्रयोग गर्ने जनाएको छ । विशेषगरी विपद्का कारण स्वास्थ्य जोखिममा रहेका तथा सुरक्षित खानेपानी र सरसफाइको पहुँच प्रभावित भएका समुदायलाई लक्षित गरी खोपको उपयोग गरिने स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सचिव डा. विकाश देवकोटाले जानकारी दिएका छन् ।

बाढीपछि विभिन्न स्वास्थ्य जोखिम बढिरहेका बेला निजी क्षेत्रबाट गरिएको यस्तो स्वास्थ्य सामग्री सहयोगले प्रभावित समुदायमा सम्भावित रोगको रोकथाम तथा नियन्त्रणका लागि थप सहयोग पुग्ने डा. देवकोटाले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web