• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

September 16th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

हेल्थ टुडे,

काठमाडौं, ३१ भदौ : रक्तनली तथा भास्कुलर रोगसम्बन्धी उपचार, अनुसन्धान र पछिल्ला चिकित्सकीय अभ्यासबारे अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमास) आयोजना हुने भएको छ ।
आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा पाँचदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने आयोजकले जनाएको छ । सम्मेलनमा स्वदेश सहित विश्वका करिब १०० देशका एक हजारभन्दा बढी चिकित्सक, स्वास्थ्य विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजक कमिटिका अध्यक्ष डा. सन्दीपराज पाण्डेले जानकारी दिए । सम्मेलनमा २०० भन्दा बढी विदेशी चिकित्सक सहभागी हुने उनले बताए ।

सम्मेलनबारे जानकारी दिन बुधबार हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा समिट आयोजक कमिटीका अध्यक्ष डा. पाण्डेले सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिएका हुन् ।  पत्रकार सम्मेलनमा कार्यक्रमका इभेन्ट म्यानेजर पेशल भट्टराई पनि उपस्थित थिए ।  डा. पाण्डेका अनुसार भास्कुलर रोगसम्बन्धी उपचार तथा प्रविधिमा विश्वभर भइरहेको विकास, नयाँ उपचार विधि र चिकित्सकीय अनुभवलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले हिमासको दोस्रो संस्करण नेपालमा आयोजना गर्न लागिएको हो ।

हिमालयन इन्टरनेशनल भास्कुलर समिटको पहिलो संस्करण करिब तीन वर्षअघि सन् २०२४ मा आयोजना गरिएको थियो । आयोजकका अनुसार उक्त सम्मेलन नेपालमा आयोजना गरिएको पहिलो बृहत् अन्तर्राष्ट्रिय भास्कुलर सम्मेलनका रूपमा रहेको थियो ।
पहिलो सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञको सहभागिता रहेको थियो । पहिलो संस्करणबाट प्राप्त उत्साह र अनुभवपछि यसपटक सम्मेलनलाई अझ व्यापक बनाउँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको डा. पाण्डेले बताए । यसपटक पहिलो संस्करणभन्दा ठूलो अन्तर्राष्ट्रिय सहभागिता रहने आयोजकको अपेक्षा छ । हालसम्म विभिन्न देशबाट चिकित्सक तथा विज्ञहरूको सहभागिता सुनिश्चित हुँदै गएको र सम्मेलनमा १०० भन्दा बढी देशको प्रतिनिधित्व हुने तयारी रहेको आयोजकले जनाएको छ ।

भास्कुलर उपचारका नयाँ अभ्यासमा छलफल : 

भास्कुलर मेडिसिन तथा सर्जरीमा पछिल्लो समय नयाँ प्रविधि र उपचार विधिको विकास भइरहेको छ । रक्तनलीसम्बन्धी समस्या, त्यसको पहिचान, उपचार तथा जटिल अवस्थाको व्यवस्थापनमा विश्वका विभिन्न मुलुकमा भइरहेका अभ्यास र अनुभव सम्मेलनका क्रममा आदान–प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा विभिन्न देशका चिकित्सक तथा विज्ञहरूले आफ्नो अनुसन्धान, उपचार अनुभव र चिकित्सकीय अभ्यास प्रस्तुत गर्नेछन्। नयाँ प्रविधि तथा उपचारका क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी सम्भावनाबारे समेत विभिन्न सत्रमा छलफल हुने बताइएको छ ।

नेपालमा भास्कुलर उपचारको विकास र यस क्षेत्रमा कार्यरत नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय विज्ञहरूसँग प्रत्यक्ष रूपमा अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको आयोजकको भनाइ छ ।
सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारतलगायत देशका चिकित्सक तथा विज्ञ सहभागी हुने आयोजकले जनाएको छ ।
त्यसैगरी बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, इन्डोनेसिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन, इजरायल, ओमानलगायत विभिन्न देशबाट समेत चिकित्सक तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ ।

नेपालमा चिकित्सा पर्यटनको सम्भावना पनि उजागर गर्ने अवसर

सम्मेलनलाई चिकित्सा ज्ञान र अनुभव आदान–प्रदानमा मात्र सीमित नराखी नेपालमा रहेको चिकित्सा तथा स्वास्थ्य पर्यटनको सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने अवसरका रूपमा समेत लिइएको छ ।
नेपालमा उपलब्ध विशेषज्ञ चिकित्सा सेवा, चिकित्सकीय जनशक्ति र तुलनात्मक रूपमा कम लागतमा हुने उपचारका सम्भावनाबारे अन्तर्राष्ट्रिय विज्ञ तथा सहभागीहरूलाई जानकारी गराउन सकिने आयोजकको विश्वास छ ।

विदेशबाट आउने चिकित्सक तथा विज्ञले सम्मेलनमा सहभागी हुनुका साथै नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्ने अवसरसमेत पाउने भएकाले यसले नेपालको स्वास्थ्य तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष डा. पाण्डेले नेपालमा गुणस्तरीय उपचार सेवा र दक्ष चिकित्सक उपलब्ध भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको पर्याप्त प्रचार हुन नसकेको बताए ।उनका अनुसार नेपालमा उपचारका लागि भारत, भुटान, बंगलादेश मात्र नभई मलेसिया, इन्डोनेसिया, टर्की तथा युरोपका केही देशबाट समेत मानिसहरू आउने गरेका छन्। नेपालले आफ्ना चिकित्सा सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय समुदायमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्न सके चिकित्सा पर्यटनको थप सम्भावना विकास गर्न सकिने उनको भनाइ थियो ।

दोस्रो संस्करण अझ बृहत् बनाउने तयारी

आयोजकका अनुसार सन् २०२४ मा सम्पन्न पहिलो संस्करणको सफलतापछि दोस्रो हिमासलाई थप बृहत् र अन्तर्राष्ट्रिय सहभागितामूलक बनाउने तयारी गरिएको हो । पहिलो संस्करणमा प्राप्त अनुभवलाई आधार बनाएर यसपटक सम्मेलनको विषयगत दायरा, अन्तर्राष्ट्रिय सहभागिता र वैज्ञानिक सत्रलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको छ । पाँच दिनसम्म चल्ने सम्मेलनमा ३०० भन्दा बढी विभिन्न वैज्ञानिक सत्र, प्रस्तुति तथा अनुभव आदान–प्रदानका कार्यक्रम सञ्चालन हुनेछन् । विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञ एउटै मञ्चमा उपस्थित हुने भएकाले सम्मेलन नेपाली चिकित्सकका लागि समेत अन्तर्राष्ट्रिय सिकाइको महत्वपूर्ण अवसर बन्ने आयोजकको अपेक्षा छ ।

आयोजकले सम्मेलनको तयारीसँगै सञ्चारमाध्यमलाई कार्यक्रमका विषयमा जानकारी गराउँदै आएको जनाएको छ । सम्मेलनको विस्तृत कार्यक्रम, सहभागी विज्ञ तथा वैज्ञानिक सत्रबारे आगामी दिनमा थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134342
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web