• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

September 10th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. झाको नेतृत्वमा वीरमा  दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

हेल्थ टुडे,
काठमाडौँ, २५ भदौ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल ल्याइएकी ती महिलाको परीक्षण गर्दा दुवै पक्षमा गरी सातवटा एन्युरिज्म भेटिएको थियो।

तीमध्ये बायाँतर्फका तीन र दायाँतर्फका दुई प्रमुख रक्तनली जोडिने स्थानका एन्युरिज्म पहिचान भएका थिए। सामान्यतया दुवै पक्षका एन्युरिज्ममा छुट्टाछुट्टै शल्यक्रियात्मक पहुँच आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्यूरोसर्जनले बायाँतर्फबाटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका हुन्।

करिब सात घण्टा लामो शल्यक्रिया प्रा. डा. राजीव झाले नेतृत्व गरेका थिए। टोलीमा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटासहितका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए। बाँकी एउटा एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गर्ने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ।

एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था हो, जसमा मृत्यु तथा दीर्घकालीन स्नायु समस्या हुने जोखिम उच्च हुन्छ। वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफल एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ।

अस्पतालका अनुसार यो उपलब्धि नेपालको जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साका क्षेत्रमा महत्वपूर्ण मानिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै
Next article बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134455
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web