• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

November 25th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

हेल्थ टुडे,
काठमाडौं, ९ मंसिर : वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण भएको छ ।रोटरी क्लब अफ काठमाडौंले अस्पताललाई विभिन्न अत्याधुनिक सर्जिकल उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरेनोस्कोप, टीयूआर रिसेक्टोस्कोप र सिस्टोस्कोपलगायत छन् ।

कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका तर्फबाट अध्यक्ष प्राडा.पुष्पराज शर्मा, आशिष जजोडिया लगायत सहभागी थिए । अस्पतालका तर्फबाट निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक डा. दिलीप शर्मा र युरोलोजी विभाग प्रमुख प्रा.डा. रविनबहादुर बस्नेतलगायतको उपस्थिति थियो । डा. बस्नेतले रोटरीले मानवीय सेवाका निम्ति उपलब्ध गराएका उपकरणले देशभरका बिरामीलाई सहज रूपमा उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

अस्पतालका निर्देशक डा‍. विकास नेपाल र निवर्तमान निर्देशक दिलीप शर्माले सहयोगप्रति आभार व्यक्त गर्दै रोटरी क्लब र वीर अस्पतालबीचको सहकार्य निरन्तर रहनुपर्नेमा जोड दिए । डा. पुष्पराज शर्माले नेपालको सबैभन्दा जेठो अस्पतालमार्फत बिरामीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । वीर अस्पतालको युरोलोजी विभागमा दैनिक ३०० देखि ३५० जनासम्म बिरामीले ओपीडी सेवा लिने गरेका छन् । विभागमा मासिक करिब २५० वटा शल्यक्रिया हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article १४  बुदे घोषणापत्र जारी गर्दे प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 25th 1:39 PM
समाचार

वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

Nov 22nd 7:05 AM
अन्तर्वार्ता

१४  बुदे घोषणापत्र जारी गर्दे प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134880
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web