• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानसिक स्वास्थ्य रिपोर्टिङका विषयमा कोशिशको अन्तरक्रिया

November 27th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानसिक स्वास्थ्य रिपोर्टिङका विषयमा कोशिशको अन्तरक्रिया

हेल्थ टुडे,

काठमाडौं, ११ मंसिर : मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था कोशिशले मानसिक स्वास्थ्यका विषयमा प्रभावकारी र संवेदनशील रिपोर्टिङ गर्ने उद्देश्यले स्वास्थ्य पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ ।

शुक्रबार आयोजित अन्तरक्रियामा मानसिक स्वास्थ्यका विषयलाई सञ्चारमाध्यममा कसरी प्रभावकारी ढंगले प्रस्तुत गर्ने तथा विद्यमान कानुनमा रहेका विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले कसरी पैरवी गर्न सक्छन् भन्ने विषयमा छलफल गरिएको थियो ।

कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले विभिन्न कानुनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमाथि विभेद हुने खालका शब्दावली प्रयोग भइरहेको बताए । प्रत्येक नागरिकले विना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न त्यस्ता विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले पैरवी गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले मानसिक स्वास्थ्यका विषयमा समाचार संकलन र सम्पादन गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए। नयाँ बन्न लागेको मानसिक स्वास्थ्य नीतिमा पनि पत्रकारहरूले उचित सुझाव दिनुपर्ने उनले बताए।

अन्तरक्रियामा मनोचिकित्सक डा. बासुदेव कार्कीले कानुनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई ‘मगज बिग्रिएको’ जस्ता अपमानजनक शब्द प्रयोग गरेर विभेद गरिएको बताए। यस्ता शब्दावलीको सट्टा सम्मानजनक र मर्यादित शब्द प्रयोग गर्नुपर्ने उनको सुझाव थियो।

अनुसन्धानकर्ता श्रीमन शर्माले मानसिक स्वास्थ्यका मुद्दालाई सार्वजनिक बहसमा ल्याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। मानसिक स्वास्थ्यका विषयमा नियमित छलफल र अन्तरक्रिया आयोजना गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

अन्तरक्रियामा सहभागी स्वास्थ्य पत्रकारहरूले आफूहरूले मानसिक स्वास्थ्यका विषयमा संवेदनशील भएर रिपोर्टिङ गरिरहेको बताउँदै आगामी दिनमा प्रमाणमा आधारित रिपोर्टिङलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा दुई दर्जनभन्दा बढी स्वास्थ्य पत्रकारहरूको सहभागिता रहेको थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 27th 11:18 AM
समाचार

मानसिक स्वास्थ्य रिपोर्टिङका विषयमा कोशिशको अन्तरक्रिया

Nov 25th 1:39 PM
समाचार

वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

Nov 22nd 7:05 AM
अन्तर्वार्ता

१४  बुदे घोषणापत्र जारी गर्दे प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134894
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web