• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

September 3rd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

हेल्थ टुडे,
काठमाडौं, १८ भदौ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्री तथा वरिष्ठ अधिकारीहरू आगामी साता टिमोर–लेस्तेको राजधानी दिलीमा भेला हुँदैछन्। सेप्टेम्बर ७ देखि १० सम्म हुने ध्ज्इ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा क्षेत्रका प्रमुख स्वास्थ्य प्राथमिकताबारे छलफल हुनेछ।

बैठकमा विशेषज्ञ स्वास्थ्य सेवामा समान पहुँच, क्षयरोग अन्त्य, डिजिटल स्वास्थ्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा सन् २०२४ मा मात्रै अनुमानित ३६ लाख ८० हजार नयाँ क्षयरोगका बिरामी र ४ लाख ३३ हजार मृत्यु भएको डब्लूएचओले जनाएको छ। क्षयरोगको प्रारम्भिक पहिचान, रोकथाम र प्राथमिक स्वास्थ्य सेवासँग यसको एकीकरणलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ।

यसैगरी, सार्वभौमिक स्वास्थ्य पहुँच, प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य संस्थाको आपत्कालीन तथा जलवायुजन्य जोखिमसँग जुध्ने क्षमता, गुणस्तरीय औषधि तथा स्वास्थ्य उपकरणको पहुँच लगायतका विषय बैठकका प्रमुख एजेन्डा छन्।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसससहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहने बैठकले आगामी वर्षका लागि क्षेत्रीय स्वास्थ्य एजेन्डालाई थप दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web