• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

September 3rd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

हेल्थ टुडे,
काठमाडौं, १८ भदौ : भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला नेपाल न्यूरोसर्जन समाजले राहत तथा उद्धारका लागि ५ लाख १ सय १ रुपैयाँ सहयोग गर्ने भएको छ।

समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. विनोद राजभण्डारीले जारी गरेको विज्ञप्तिमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्।बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति हुनुका साथै कैयौं नागरिक बेपत्ता र घाइते भएको भन्दै समाजले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकता दिन आग्रह गरेको छ।

समाजले रु. ५ लाख १ सय १ रुपैयाँ सहयोग घोषणा गर्नुका साथै विपद्मा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज, स्वयंसेवी र सर्वसाधारणको भूमिकाको प्रशंसा गरेको छ। अध्यक्ष डा. राजीव झाले नेतृत्व गरेको न्यूरोसर्जन समाजको यो सहयोग स्वास्थ्य क्षेत्रका पेशागत संस्थाहरूले विपद्का बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशका रूपमा पनि आएको छ।

समाजले अन्य सहयोगी मनहरूलाई समेत राहत तथा उद्धार अभियानमा सहभागी हुन आह्वान गरेको छ। बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाजले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धारका लागि पनि समाजले कामना गरेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै
Next article भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134480
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web