• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जन्डिस भए के गर्ने ?

December 4th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जन्डिस भए के गर्ने ?

डा. ललित श्रेष्ठ

जन्डिस जुनसुकै मौषमा पनि हुनसक्छ । यो बिशेषगरि कलेजोसम्बन्धी रोग हो । यो रोगका विषाणुले कलेजोका कोषिकाहरूलाई क्षति पु¥याउँछ । समयमा उपचार हुन नसकेपछि कलेजोले काम गर्न छाडी रोगीको मृत्यु हुन सक्छ । यो रोगलाई हल्का रूपमा लिनु हुँदैन । सामान्यतया प्रदूषित पानी पिउनाले, बासी खानेकुरा खानाले र सरसफाइमा ध्यान नदिनाले यसको संक्रमण भएको पाइएको छ । यो सबै उमेरसमूहका व्यक्तिलाई हुन सक्छ ।

         कसरी थाहा पाउने जन्डिस भएको ?

बिरामीलाई सुरुको अवस्थामा थकाइ लाग्छ र पेट दुख्छ, दिसाको रङ फुस्रो हुन्छ,खान मन नलाग्ने हुन्छ ।  विस्तारै शरीरका अंगहरू जस्तै आँखा, नङ, छाला र अन्य भागमा पहँेलो हुने साथै पिसाब पहेँलो हुन्छ । माथिका चिन्ह र लक्षणहरू झन्डै ७–१० दिनसम्म रहन्छन् र कहिलेकाहीँ तीन महिनासम्म पनि देखिन्छन् ।

यसो गर्दा जन्डिस सर्छ :

राम्ररी जाँच नगरी रगत लिँदा वा दिँदा, निर्मलीकरण नगरिएको सिरिन्ज, रौं खौरने तथा चिरफार गर्ने औजारहरूको प्रयोग गर्दा ।  दाँत सफा गर्ने ब्रस, दाह्री काट्ने ब्लेड र तौलिया साझा रूपमा प्रयोग गर्दा, संक्रमित व्यक्तिको चुम्बन र यौनसम्पर्क गरेमा । संक्रमित व्यक्तिको दिसापिसाबबाट पानी प्रदूषित भएमा र प्रदूषित पानी पिएमा ।

जन्डिसबाट बच्ने उपायहरू 

व्यक्तिगत सरसफाइमा ध्यान दिने,  पानीलाई उमालेर, छानेर वा क्लोरिन प्रयोग गरेर शुद्धीकरण गरेर वा सोडिस प्रविधि गरेर मात्र पिउने, खानेकुरा, सागपात र तरकारीलाई राम्रोसँग सफा र सुरक्षित पानीमा पखालेर राम्ररी पकाएर खाने ।  पानीको मुहान सफा राख्ने, बिरामीको रेखदेख गर्ने व्यक्तिले आफ्नो हात साबुनपानीले धुने, नङ छोटो र सफा राख्ने । चर्पीमा मात्र दिसा, पिसाब गराउने, तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउने र स्वास्थ्य कार्यकर्ताको सल्लाहबमोजिम औषधि खाने ।  जाँड, रक्सीको सेवन नगर्ने, रगत लिँदा परीक्षण गरेको रगत मात्र लिने, सुई लगाउँदा वा धारिलो उपकरणको प्रयोग गर्दा निर्मलीकरण गरेको मात्र प्रयोग गर्ने,  सुरक्षित यौन व्यवहार गर्ने ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर
Next article मिर्गौला बचाउने कार्यक्रम खै ?  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132218
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web