• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मिर्गौला बचाउने कार्यक्रम खै ?  

December 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला बचाउने कार्यक्रम खै ?  

पदमराज जोशी

सरकारले एकजना नागरिकको स्वास्थ्य उपचारका लागि कति खर्च गर्छ होला ? त्यसको ठ्याक्कै आँकडा स्वास्थ्य मन्त्रालयसँंग छैन । तर सबैभन्दा बढी लगानी मिर्गौला रोगीको उपचारमा खर्च गरिरहेको छ । मिर्गौला फेल भएका विपन्नका लागि डायलासिस मात्र नभएर सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण पनि निशुल्क छ । प्रत्यारोपण पछि औषधि खानका लागि समेत सरकारले एक लाखबराबरको एक वर्ष पुग्ने औषधि निःशुल्क उपलब्ध गराउँछ । यसरी जोड्दा एकजना मिर्गौला बिरामीको उपचारमा राज्यले सात लाख भन्दा बढी खर्च गरिरहेको छ । सरकारले स्वास्थ्य मन्त्रालय मातहतको व्यवस्थापन महाशाखामार्फत वर्षमा ७० करोडभन्दा बढी यो सहुलियत उपलब्ध गराइरहेको छ । यो रकम सीधै बिरामीको हातमा नदिएर उपचार गराएको अस्पतालको खातामा पठाउने गरिएको छ ।

मिर्गौला फेल भएर डायलासिस गराउने र प्रत्यारोपण गराउने तथा प्रत्यारोपणका लागि पालो कुर्नेको संख्या हेर्दा यो रोगले भयाभव अवस्था ल्याएको देखिन्छ । वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालले विसं २०६५ सालदेखि नेपालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपछि स्वदेशमै प्रत्यारोपण गर्ने सुविधा भयो । त्यसको तीन वर्षपछि सरकारले स्थापना गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपछि उपचारमा केही सहज भए पनि बिरामीको संख्याको अनुपातमा उपचार सेवा उपलब्ध नभएपछि प्रत्यारोपणका लागि कुर्नुपर्ने समस्या छ । कुनै झन्झट मान्नेहरू अहिले पनि भारत गएर प्रत्यारोपण गराइरहेका छन् । अहिलेसम्म त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीरमा गरि करिव नौ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

डायलासिस गराउनेको संख्या पनि हरेक दिन बढी रहेको छ । सरकारी अस्पताल बाहेक राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा मात्र वर्षमा ६० हजार डायलासिस हुने गरेको छ । दस वर्ष पहिले १२ हजारमात्र डायलासिस हुने गरेकोमा यो अवधिमा चार गुणा बढेको छ । विपन्न नागरिकका लागि मिर्गौला उपचार एकदमै महँगो हुन्छ । प्रत्यारोपण गरेको व्यक्तिले आजिवन औषधि खाइरहनु पर्ने भएकाले समान्य आर्थिक अवस्थाले धान्न नसकिने हुन्छ । सरकारले  दिएको सुविधा दिनसमेत विपन्नलाई सहज छैन । प्रत्यारोपण सेवा र डायलासिस सेवा राजधानी र केही सहरमा मात्र केन्द्रित भएकाले उपचारका लागि सहर धाउनुपर्दा घरखेत बेच्नुपर्ने अवस्था छ । जुन रूपमा बिरामीको संख्या बढिरहेको छ त्यो हेर्ने हो भने सरकारले सबै बिरामीलाई  अहिले प्रदान गरिरहेको सहुलियतसमेत पछि दिन सक्ने अवस्था छैन । जबसम्म रोकथामका विषयमा ठोस कार्यक्रम सञ्चालन गरेर यो रोग लाग्नैबाट जोगाउने काम राज्यले ठान्दैन तवसम्म उपचारले मात्र यो समस्याबाट पार पाउन सकिँदैन । अझै पनि मिर्गौला रोगबाट बच्न सकिने उपायका विषयमा जनतामा चेतना छैन । मिर्गौला बिग्रेका बिरामीमा सात  लाख खर्च गर्ने सरकारले त्यो मिर्गौला बिग्रन नदिन दुई सय रुपैयाँसमेत खर्च गर्न सकेको छैन । वरिष्ठ मिर्गौला रोगविज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘मिर्गौला बिग्रेपछि मात्र उपचारमा सहुलियत दिने गरिएको छ । मिर्गौला बचाउने कार्यक्रम नै छैन । यसमा पनि सरकारले लगानी गर्नुपर्छ । ’ मिर्गौला परीक्षण गर्न दुई सय मात्र लाग्ने डा. काफ्लेले बताए । १० प्रतिशतको मिर्गौला मात्र बिग्रिने गरेको बताउँदै डा. काफ््ले मिर्गौला जाँच गराउन डराउन नहुने सुझाव दिन्छन् । उनी भन्छन्, ‘कत्ति मानिस मलाई पनि मिर्गौला समस्या देखिए खत्तमै हुन्छ भन्दै डराएर जाँच गराउन चाहँदैनन् । तर सबै व्यक्तिमा यो समस्या हुँदैन । १० प्रतिशतमा मात्र यो समस्या हुन्छ ।’

उत्पादनशील उमेरका युवायुवतीलाई यो रोगबाट बचाउन आवश्यक रहेको डा. काफ्लेको तर्क छ । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ पनि उपचारसँगै मिर्गौला बिग्रन नदिन जनचेतना जगाउने काममा पनि राज्यले लगानी गर्नु पर्ने कुरामा सहमत छन् । सरकारले अहिले गरिरहेको जनचेतनामूलक कार्यक्रम मात्र प्रयाप्त नभएको उनी स्विकार्छन । मानव अंग प्रत्यारोपण केन्द्रले आरोग्य प्रतिष्ठानसँग मिलेर देशका विभिन्न भागमा सिविर र जनचेतनामूलक कार्यक्रम गरिरहेको डा. श्रेष्ठ बताउछन् ।  मिर्गौलाको समस्या बालबालिकामा पनि देखिने गरेको छ । तर उनीहरूका लागि कुनै कार्यक्रम छैन । सरकारले मिर्गौला रोग लागिसकेपछि उनीहरूमा करोडौं लगानी गर्नुभन्दा यो समस्या नै हुन नदिन यसको रोकथामका विषयमा अभियानमा रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु ढिलो गर्नु हुँदैन । डा. काफ्ले भन्छन, ‘जिल्ला अस्पतालसम्म मिर्गौला परीक्षण सेवा उपलब्ध गराएर हरेक व्यक्तिलाई मिर्गौला परीक्षण गराउन उत्प्रेरणा प्रदान गर्दै यो सेवा निःशुल्क गर्नुपर्छ । नत्र उपचारका लागि प्रतिबिरामी सात लाख दिएर न सरकारले सक्छ न बिरामीले नै यसबाट मुक्ति पाउँछन् । ’

स्वास्थ्य मन्त्रालय मातहतको व्यवस्थापन महासाखाका निर्देशक डा. भिमसिंह टिंकरी मिर्गौला रोग रोकथामका लागि सरकारले देशका विभिन्न भागमा रोग परिक्षण र जनचेतना जगाउने काम अगाडि बढाउदै लगेको र यसलाई अझै व्यापक बनाउने बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 
Next article जन्डिस भए के गर्ने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web