• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 

December 4th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 

डा. बाबुराम प्रधान

टाइफाइड जीवाणुका कारणबाट हुने सरुवा रोग हो । यसलाई नेपालीमा विषमज्वर अथवा म्यादेज्वरो पनि भनिन्छ । यो रोग खासगरी फोहोर पानी तथा दूषित वातावरणले गर्दा हुन्छ । टाइफाइडका जीवाणु भएको बिरामीको दिसा, पिसाबबाट दूषित भएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

टाइफाइडका कारण

१. मुख्यतया रोगका बिरामीको मलमूत्र, पानी वा खानामा मिसिएर त्यस्तो पानी खाना खाँदा

२. फोहोर तथा बासी सडेगलेको खानेकुरा खाँदा

३. झिँगाको माध्यमबाट

४. फोहोर पानी पिउँदा वा प्रयोग गर्दा

५. फोहोर वातावरणबाट

६. फोहोर हातबाट

यी लक्षण देखिएका टाइफाइड हुन सक्छ

१. लगातार ज्वरो आउनु

२. यो लाग्दा जस्तै शरीर तथा टाउको दुख्नेबाट सुरु भई बिरामी सिकिस्त हुने । यो रोग लागेको बेलामा ज्वरो बढ्दा नाडीको गति कम हुने

३. बान्ता हुने, कब्जियत हुने वा पखाला लाग्ने, नाकबाट रगत आउने

४. पेट दुख्ने वा सुक्खा खोकी लाग्ने

५. कहिलेकाहीँ शरीर कम्पन हुने तथा ज्वरो बढ्दै गएर बर्बराउने तथा बेहोस हुने समेत हुन सक्छ

६. कलेजो र फियो सुन्निन पनि सक्छ

रोकथामका उपाय

१. यो रोगको मुख्य कारण फोहोर वातावरण तथा फोहोर पानी पिउनाले हो । त्यसैले पानी उमालेर, फिल्टर गरेर वा राम्ररी छानेर, क्लोरिन प्रयोग गरेर, सोडिसजस्ता विधि गरी शुद्धकीरण गरेर मात्र पिउने ।

२. बिरामीको दिसा–पिसाब सुरक्षित ढंगले चर्पीमा विसर्जन गर्ने । बिरामीको लुगाफाटा राम्रोसँग धोएर घाममा सुकाएरमात्र प्रयोग गर्ने ।

३. बिरामीको स्याहारसुसार गरेपछि राम्रोसँग साबुनपानीले मिचिमिची हात हुने ।

४. झिंगा भन्केका, बासी सडेगलेका खानेकुरा नखाने, जहिले पनि ताजा र सफा खानेकुरामात्र खाने ।

५. बिरामी सञ्चो भइसकेपछि पनि उसले अरू व्यक्तिलाई रोग सार्न सक्ने भएकाले दिसापिसाब चर्पीमा मात्र गर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान पु¥याउने ।

६. दिसापिसाब सबैले सधंै चर्पीमा मात्र गर्ने ।

७. दिसा गरिसकेपछि वा बच्चाको दिसा धोएपछि फोहोर छोएपछि साबुनपानीले मिचिमिची हात धुने ।

८. खाना खानु अघि, खाना बनाउनु अघि, खाना खुवाउनु अघि साबुनपानीले मिचिमिची हात हुने

९. घरवरिपरि पानीको मुहान सधंै सफा राख्ने ।

१०. खानेपानीलाई छोपेर राख्ने र भाँडा सधंै सफा र घाममा सुकाएरमात्र प्रयोग गर्ने ।

११. खानाका लागि प्रयोग गर्ने भाँडाकँुडा सफा पानीले धोएर घाममा सुकाएर मात्र प्रयोग गर्ने ।

टाइफाइडको कारणबाट मानिसको अकालमा मृत्यु पनि हुन सक्छ । यो रोग उपचार नगरी आफैं निको हुँदैन । त्यसकारण आफ्नो घरपरिवार, छिमेकमा कसैलाई यो रोग लागेको शंका लागेमा तुरुन्त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डिम्ब विक्री गरेर पैसा कमाउँदै
Next article मिर्गौला बचाउने कार्यक्रम खै ?  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web