• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 

December 4th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 

डा. बाबुराम प्रधान

टाइफाइड जीवाणुका कारणबाट हुने सरुवा रोग हो । यसलाई नेपालीमा विषमज्वर अथवा म्यादेज्वरो पनि भनिन्छ । यो रोग खासगरी फोहोर पानी तथा दूषित वातावरणले गर्दा हुन्छ । टाइफाइडका जीवाणु भएको बिरामीको दिसा, पिसाबबाट दूषित भएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

टाइफाइडका कारण

१. मुख्यतया रोगका बिरामीको मलमूत्र, पानी वा खानामा मिसिएर त्यस्तो पानी खाना खाँदा

२. फोहोर तथा बासी सडेगलेको खानेकुरा खाँदा

३. झिँगाको माध्यमबाट

४. फोहोर पानी पिउँदा वा प्रयोग गर्दा

५. फोहोर वातावरणबाट

६. फोहोर हातबाट

यी लक्षण देखिएका टाइफाइड हुन सक्छ

१. लगातार ज्वरो आउनु

२. यो लाग्दा जस्तै शरीर तथा टाउको दुख्नेबाट सुरु भई बिरामी सिकिस्त हुने । यो रोग लागेको बेलामा ज्वरो बढ्दा नाडीको गति कम हुने

३. बान्ता हुने, कब्जियत हुने वा पखाला लाग्ने, नाकबाट रगत आउने

४. पेट दुख्ने वा सुक्खा खोकी लाग्ने

५. कहिलेकाहीँ शरीर कम्पन हुने तथा ज्वरो बढ्दै गएर बर्बराउने तथा बेहोस हुने समेत हुन सक्छ

६. कलेजो र फियो सुन्निन पनि सक्छ

रोकथामका उपाय

१. यो रोगको मुख्य कारण फोहोर वातावरण तथा फोहोर पानी पिउनाले हो । त्यसैले पानी उमालेर, फिल्टर गरेर वा राम्ररी छानेर, क्लोरिन प्रयोग गरेर, सोडिसजस्ता विधि गरी शुद्धकीरण गरेर मात्र पिउने ।

२. बिरामीको दिसा–पिसाब सुरक्षित ढंगले चर्पीमा विसर्जन गर्ने । बिरामीको लुगाफाटा राम्रोसँग धोएर घाममा सुकाएरमात्र प्रयोग गर्ने ।

३. बिरामीको स्याहारसुसार गरेपछि राम्रोसँग साबुनपानीले मिचिमिची हात हुने ।

४. झिंगा भन्केका, बासी सडेगलेका खानेकुरा नखाने, जहिले पनि ताजा र सफा खानेकुरामात्र खाने ।

५. बिरामी सञ्चो भइसकेपछि पनि उसले अरू व्यक्तिलाई रोग सार्न सक्ने भएकाले दिसापिसाब चर्पीमा मात्र गर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान पु¥याउने ।

६. दिसापिसाब सबैले सधंै चर्पीमा मात्र गर्ने ।

७. दिसा गरिसकेपछि वा बच्चाको दिसा धोएपछि फोहोर छोएपछि साबुनपानीले मिचिमिची हात धुने ।

८. खाना खानु अघि, खाना बनाउनु अघि, खाना खुवाउनु अघि साबुनपानीले मिचिमिची हात हुने

९. घरवरिपरि पानीको मुहान सधंै सफा राख्ने ।

१०. खानेपानीलाई छोपेर राख्ने र भाँडा सधंै सफा र घाममा सुकाएरमात्र प्रयोग गर्ने ।

११. खानाका लागि प्रयोग गर्ने भाँडाकँुडा सफा पानीले धोएर घाममा सुकाएर मात्र प्रयोग गर्ने ।

टाइफाइडको कारणबाट मानिसको अकालमा मृत्यु पनि हुन सक्छ । यो रोग उपचार नगरी आफैं निको हुँदैन । त्यसकारण आफ्नो घरपरिवार, छिमेकमा कसैलाई यो रोग लागेको शंका लागेमा तुरुन्त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला बचाउने कार्यक्रम खै ?  
Next article डिम्ब विक्री गरेर पैसा कमाउँदै

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web