• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

किन हुन्छ महिनावारी बन्द  

December 5th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ महिनावारी बन्द  

डा. गणेश दंगाल

विकसित देशहरूमा महिलाले महिनावारीपछिका समस्याका विषयमा थोरै समस्या मात्र बेहोर्नु परेको पाइन्छ । तर नेपाल भने अझै महिनावारीका बारेमा ज्ञानको कमी र यसबाट उत्पन्न हुने समस्याका बारेमा जनमानसमा अनभिज्ञता रहेको पाइन्छ । महिनाबारी वा मासिक धर्म स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । साधारणतया किशोरीहरूमा १४ वा १५ वर्षको उमेरमा मासिक धर्म सुरु हुन्छ । मासिक धर्म बढीमा ४५ वर्षको उमेरसम्म हुन्छ । रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू हुन्छन् । धेरैजसो यस्ता परिवर्तनहरू विशेष र सामान्य प्रकारका हुन्छन् । र महिलालाई यो अवस्थामा खासै असुविधा हुदैन । तर कसै कसैलाई भने यी परिवर्तनहरू कष्टकर हुन्छन् ।

महिलामा महिनावारी अकस्मात बन्द हुन्छ भने कसैमा एक दुई वर्षभित्र बन्द हुन्छ । रजनोवृतिपछि महिलामा उत्साहको कमी हुने, शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरको विभिन्न भागमा पीडा हुने, बेचैनी हुने र डिप्रेसन हुनेजस्ता लक्षण देखा पर्न सक्छन । यी सबै लक्षणहरू डिम्ब ग्रन्थीहरूले काम नगर्ने भएकाले र महिला हर्मोनको कमीले हुने गर्छ । यीबाहेक तनाव हुने, मुटुको धड्कन बढ्ने, चिडचिड पसिना आउने, छाला चाउरी पर्ने । हड्डी कमजोर हुने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन । यदि ४० वर्षभन्दा कम उमेरमा रजानोवृत भएको खण्डमा यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ । कुनै महिलामा कुनै किसिमको रेडिएसन दिनु पर्दा केमोथेरापी गर्दा प्रयोग हुने औषधि प्रयोग भए वा कुनै किसिमको शल्यक्रिया गरिरहेको अवस्था वा बंशानुगत कारणले पनि समयपूर्व रजनोवृति हुन सक्छ । रजनोवृति चाँडै हुनुको कारण शरीरमा विकसित भइरहेको वा विद्यमान कुनै रोग पनि हुन सक्छ । धेरैजसो महिलामा रजनोवृति हुनुअघि नै असजिलो वा अप्ठेरोका लक्षण देखा पर्न थाल्छन् । रजनोवृति हुनुभन्दा एक वा दुई वर्ष पूर्व देखा पर्ने लक्षणले जीवन बढी कष्टकर भएको महसुस गराउँछ । जव महिलाको शरीरमा आवश्यक अर्मोनको स्तर खस्कन्छ त्यतिबेला देखि नै लक्षणहरू देखा पर्ने र विस्तारै हराएर जाने हुन सक्छ । कतिपय महिलामा आक्कलझुक्कल गर्मी महसुस भई पसिना आउने, मानसिक चिन्ता बढ्ने, निराशापन बढ्ने लक्षणहरू रजनोवृति भएको केही वर्षपछिसम्म देखा पर्न सक्छन् । रजनोवृतिपछि महिलामा हुने अन्य शारीरिक परिवर्तनहरू निम्नअनुसार हुन सक्छन् ।

१. मूत्रासय र मूत्र नलीमा हुने परिवर्तनको कारणले पिसाब छिटोछिटो लाग्ने, पौलने, नरोकिने र संंक्रमण हुने हुन सक्छ ।

२. यौनांगमा हुने परिवर्तनले यौनी सुक्खा हुने, यौन सम्पर्क कष्टकर हुने तथा संंक्रमण हुने आदि हुन सक्छ ।

३. तौल, उच्च रक्तचाप, कोरस्टोल आदि बढ्न हुनाले हृदयोगको खतरा हुन सक्छ ।

रजनोवृतिका लक्षणहरूबाट छुटकारा पाउनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

१. धूमपान तथा मद्यपान बन्द गर्ने ।

२. स्वस्थ आहार फाइवरयुक्त खानेकुरा, सागसब्जी तथा फलफूलसहित सन्तुलित खाना खाने ।

३. तौल घटाउने तथा नियमित व्यायाम गर्ने ।

४. यौनी सुक्खा भएमा नरमपन बनाउने क्रिम, जेली वा स्टाजन क्रिम प्रयोग गर्ने ।

५. मल्टिभिटामिन तथा क्याल्सियम चक्कीहरू पनि सेवन गर्न सकिन्छ ।

६. हर्मोन रिप्लेसमेन्ट थेरापी चिकित्सकको सल्लाहमा लिन सकिन्छ ।

नेपालमा रजनोवृतिसम्बन्धी अध्ययन तथा अनुसन्धान धेरै भएका छैनन् । धेरै नभएकाले विश्व स्वास्थ्य संगठनको सहयोगमा गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालको भित्री मधेस कपिलवस्तुका एक हजार महिलामा गरेको अनुसन्धान र नेपाल रजनोवृति समाजले काठमाडौंका दुई हजार महिलामा गरेको अनुसन्धानले धेरै महिलामा रजनोवृतिसम्बन्धी ज्ञान र चेतनाको कमी भएको पाइएको छ । धेरै कमलाई मात्र रजनोवृति एउटा समस्या पनि हुन सक्छ भन्ने जानकारी पाइयो । ४० देखि ४४ वर्ष उमेरसमूहका अधिकतम ५० प्रतिशत माथिलाई रजनोवृति भएको पाइयो । रजनोवृतिको औसत उमेर ४८ वर्ष भएको पाइयो । अध्ययनमा अधिकतम महिलामा ७० देखि ८० प्रतिशत शारीरिक, तथा मानसिक शिथिलता तथा यौनसम्बन्धी समस्या, मूत्र प्रणालीसम्बन्धी समस्या, मांसपेशी तथा जोर्नीमा हुने समस्या पाइयो । मांंसपेशी तथा जार्नीसम्बन्धी समस्या, यौन समस्या, स्वास्थ्य शिक्षा दिइनुपर्ने तथा स्वास्थ्य सेवा प्रदायकहरूलाई रजनोवृतिका समस्या भएका महिलालाई कम्प्रिहेन्सिभ उपचार तथा व्यवस्थापनसम्बन्धी थप तालिमहरू दिइनुपर्ने निष्कर्ष निकालेका छन् ।

(डा.दंगाल काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ हुन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै
Next article मधुमेहीकालागि सानो थाल 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web