• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मधुमेहीकालागि सानो थाल 

December 5th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहीकालागि सानो थाल 

डा. ज्योति भट्टराई

मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोची कोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामी मध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । हामी जङ फुडमा रमाउछौ । आफ्नो सजिलोका लागि केटाकेटीलाई जङ फुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेज जस्तै तयारी खानेकुरालाई ठान्छौ । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौ । यही अनियन्त्रित खानापानले मोटोपन बढीरहेको छ । शहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारी साधनमा यात्रा गर्दा देख्न सकिन्छ, तिन जनाको सिटमा तिनजना अटाउनै मुस्किल परिरहेको हुन्छ ।

यही मोटोपनले उच्चरक्तचाप, स्वासप्रस्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहले पहिले झाडापाखाला, हैजा जस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठिक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संत्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महंगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्य प्रति सचेत हुनु पर्छ । विरामी भएपछि डाक्टर छदैछन वा अस्पताल छदैछन नी भन्ने धारणा पालेर बस्नु हुदैन । रोग लाग्न नदिन हामीले आफ्नो जिवनशैली परिवर्तन गर्नै पर्छ । यदी जिवनशैली परिवर्तन गर्न सकेनौ भने जति बेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जिवनशैली परिवर्तन गर्नु पर्ने तरिका धेरै छन । ती मध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो ।  थोरै भात खाऔ । दुई मुठी चामलको भात भन्दा बढी नखाऔ । त्यसमा पनि सकभर सेतो चामल कम गरौ । भातसंग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन तीन घण्टाको फरक फरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तिमा चार लिटर पिऔ । मधुमेहबाट बच्न यही खानु पर्छ भन्ने छैन ।

थोरै थारै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफुल खाने, पानी बढी पिउने, दैनिक शारिरिक अभ्यास गर्नु गर्छ । जङ फुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँ जहा सडक पुगेको छ, त्यहा मधुमेहका विरामी बढी देखिन थालेका छन । त्यसको एउटै कारण हो जङ फुड । जहाँ सडक त्यहा मधुमेह जस्तै भएको अहिले त । सहर नहुन्जेल मानिसहरु स्थानिय बजारमा गएर सागपात, तरकारी, फलफुल बेच्छे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ । सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामिण जिवनशैली बदलि दिएको छ । बाटो पुग्यो की त्यहा सबभन्दा पहिले जड फुड पुग्छ । फलफुल बेच्ने पशले जङ फुड बेच्न थाल्छन । स्थानियवासी सागपात खान छोडेर तयारी खान थाल्छन । जसको परिणाम स्वरुप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढी रहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन । शहरमा पाइने अधिकांश तरकारीमा बिसादी प्रयोग गरिएको हुन्छ । विसादी हालेको तरकारी खाने मानिसमा दुइगुना मधुमेह हुने संभावना हुन्छ । मधुमेहका बिषयमा सरकारी र निजी स्वास्थ्य संथामा कार्यरत स्वास्थ्यकर्मि समेत पूर्ण जानकार छैनन् । उनीहरुलाई मधुमेह सम्बन्धी तालिम दिनु पर्छ । स्कुल वरीपरि तयारी खाना बेच्न प्रतिवन्ध लगाउनु पर्छ ।  मधुमेह सबै उमेर समूहमा देखिएको छ ।

युवा अवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको अध्ययनमा २० वर्ष उमेर समूहका साडे सात प्रतिसतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्यो भन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिसत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल सहित दक्षिण पूर्वी एशियाका मधुमेहको संक्रमण चार प्रतिसतबाट वृदि भएर साडे आठ प्रतिसत पुगेको छ । सन् २०१२ मा दक्षिणपूर्वि एशियामा रगतमा अत्यधिक चीनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरु जस्तै मिर्गौलाले काम नगर्ने, मुटु सम्बन्धी रोग र क्षयरोग छन । मधुमेहको समयमै उपचार नगराउदा जटिल समस्या आउछन । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेह सहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जिवनशैली परिवर्तन गर्न जरुरी छ । त्यसैले मधुमेहबाट बच्न हामी पनि सुरु गरौ सानो थालमा खाना खाने बानी । (डा. भट्टराई इन्डोक्रानोलोजिस्ट एण्ड डाइवेटिज विशेषज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ महिनावारी बन्द  
Next article डा. मनिषाको मुस्कानसहित उपचार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131500
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web