• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

सुध्रिदै भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य

December 10th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुध्रिदै भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य

विष्णु नेपाल

हेल्थपोस्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवम् औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव भएमा ग्रामीण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न सकिँदो रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकको लागर्चे हेल्थपोस्टले दिएको छ । हेल्थपोस्टको नयाँ प्रि फ्याब भवन, आवश्यक सामग्री एवम् उपकरण र कार्यरत स्वास्थ्यकर्मीको आफ्नो कामप्रतिको तत्परताले गर्दा लागर्चेका बासिन्दाले आ–आफ्नो घरआँगनमै अहिले आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका छन् । ‘स्वास्थ्य सेवामा डेढ वर्षअघि पहिलो नियुक्ति लिएर यहाँ आउँदा टहराबाट हेल्थपोस्टको सेवा सञ्चालन भइराखेको रहेछ, मन साह्रै कुडियो, टहरामै बसेर बिरामीका सेवामा तल्लीन भए, चाहिएको आवश्यक उपकरण र सामग्री थिएनन्, औषधि पनि कमै थिए, काम चलाउँदै गएँ ।’ लागर्चे हेल्थपोस्टका प्रमुख रूपा केसीले भनिन् । नेपाल रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा हेल्थपोस्टको नयाँ प्रिफ्याब भवन, आवश्यक सामग्री एवम् उपकरण पाएपछि स्वास्थ्यसेवाले कोल्टे फेरेको हो । बर्थिङ सेन्टरसमेत रहेको सो हेल्थपोस्टमा सातजना कर्मचारी कार्यरत छन् । हेल्थपोस्ट र बर्थिङ सेन्टरलाई चाहिने उपकरणको अभाव रहेको छैन । उनी भन्छिन् ‘दैनिक १८ देखि ४० जनासम्म सेवाग्राही आउँछन् । करिब एक वर्षको बीचमा १७ गर्भवती महिलाले यहाँबाट सेवा लिए । तीमध्ये अधिकांश यही सुत्केरी भए । रेफर न्यून मात्रामा गरेँ । आवश्यक औषधि अभाव हुन दिएको छैन ।’

स्वास्थ्य मन्त्रालयले सोसाइटीलाई भूकम्पले क्षति पुयाएका सिन्धुपाल्चोक जिल्लाका लागर्चे, भोटेनाम्लाङ, बाँसखर्क, इचोक, किउल, महाकाल, थाङपालधाप, भोताङ, पाल्चोक, थकनी, थाङपालकोट, बाँडेगाउँ, शिखरपुर र ज्यामिरे गरी १४ हेल्थपोस्ट पुनर्निर्माण गर्न जिम्मा दिएको थियो । जापानिज रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सोसाइटीले आफूले जिम्मा लिएका ती हेल्थपोस्टमध्ये लागर्चे, भोटेनाम्लाङ, बासखर्क, इचोक गरी चारवटा हेल्थपोस्टको पुनर्निर्माण सम्पन्न गरी मन्त्रालयलाई हस्तान्तरण गरिसकेको सोसाइटीद्वारा सञ्चालित भूकम्पप्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा.मौसम बोहराले जानकारी दिए ।

बाँकी दसवटा हेल्थपोस्टको पुनर्निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सोसाइटीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंगा, ललितपुर, भक्तपुर, काठमाडाँैलगायतका १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइ, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्पप्रतिकार्य कार्यक्रम भूकम्पपछि सञ्चालन गरिराखेको छ । स्वास्थ्य मन्त्रालय र सोसाइटीका वीचमा सिन्धुपाल्चोकका ती १४ हेल्थपोस्टसहित काभ्रेका दुर्गम भेगका ¥याले, महेन्द्रज्योति, रविओपी, चण्डिनीमण्डन, ज्याम्दिमण्डन, खरेलथोक, सानोनाङथली, गोठापानी, पोखरीचौरी, वाल्टिङ, बनिखु, फालामेटार, काठमाडौंको गोठाटार, ललितपुरको चन्दनपुर, भक्तपुरको सुडाल, धादिङको कल्लेरी हेल्थपोस्ट र रसुवाको धुन्चे जिल्ला अस्पताल पुनर्निर्माण गर्न द्विपक्षीय सम्झौता भएको थियो ।

संयोजक डा.बोहराले सोसाइटीले जिम्मा लिएका ३० वटा स्वास्थ्य संस्थामध्ये २७ वटा प्रिफ्यावबाट पुनर्निर्माण जारी रहेको र उपत्यकाभित्रका ती तीन आरसीसी माध्यमबाट पुनर्निर्माण गर्न कार्यक्रममा समावेश गरिएको जानकारी दिए । सोसाइटीलाई रसुवा जिल्ला अस्पताललाई क्यानेडियन रेडक्रस, काभ्रे र धादिङका हेल्थपोस्ट पुनर्निर्माण गर्न कोरियन रेडक्रसले आर्थिक एवम् प्राविधिक सहयोग गरेको छ ।

डा.बोहराले भने ‘एकवर्ष भित्र सोसाइटीले जिम्मा लिएका ३० वटै स्वास्थ्य संस्था पुनर्निर्माण गरी सरकारलाई हस्तान्तरण गर्छौं । प्रिफ्यावबाट बनिरहेका हेल्थपोस्ट पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छन् ।’ स्वास्थ्य मन्त्रालयले आगामी दुई वर्षभित्रमा भूकम्पबाट क्षति भएका सबै स्वास्थ्यसंस्थाको पुनर्निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ । मन्त्रालयका सचिव डा.सेनेन्द्र उप्रेतीले मन्त्रालयले स्वास्थ्य संस्था पुनर्निर्माणका लागि मापदण्ड, आवश्यक उपकरण तथा औजारको सूची तयार गरी सहयोगी संस्थालाई दिएको र सोही अनुरूप पुनर्निर्माण भएका जानकारी दिए ।

हेल्थपोस्टलाई ४६ प्रकारका उपकरण तथा सामग्री सहयोग

भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले सोसाइटीले हेल्थपोस्ट पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गर्दा आवश्यक उपकरण तथा औजार पनि आवश्यकताअनुसार सहयोग गरिरहेको बताए । कार्यक्रमले वर्थिङ सेन्टर भएका हेल्थपोस्टमा ४६ प्रकारका उपकरण तथा औजार सहयोग गर्ने गरेको छ ।

ती सहयोगमा डेलिभरि वेड, वेड्स विथम्याट्रेस, म्याट्रेस फर डेलिभरि बेड, स्टे«चर, इक्जामिनेसन टेवल, पिलो विथ वाटर प्रूफ कभर, बीपी इन्स्टिुमेन्ट, पायडायट्रिक स्टेथोस्कोप, टेवल फर रेकर्डिङ एन्ड रिपोटिङ नोट्स, स्टुल, ह्वाइट बोर्ड, फस्टएड इमरजेन्सी किट बक्स, स्टेथोस्कोप सर्जिकलड्रम्स, किड्नी ट्रेलगायतका रहेका छन् । आवासको व्यवस्थाले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्न अझ प्रभावकारी हुनुका साथै वर्थिङ सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न सहयोग पुग्ने लागर्चे हेल्थ पोस्टका प्रमुख केसी बताउँछन् ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स

कार्यक्रमले सिन्धुपाल्चोक, काभ्रे र रसुवाका आफ्ना जिल्ला शाखाको समन्वयमा सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स वितरण गर्ने तयारी गरेको छ । सिन्धुपाल्चोकमा तीन, काभ्रेमा चार र रसुवामा एक गरी आठवटा एम्बुलेन्स वितरण गर्ने तयारी गरेको छ ।साथै, ती तीनवटै जिल्लामा बेसिक लाइफ सेभिङ तालिमको सुरुवातसमेत गरेको छ । संयोजक डा.बोहराका अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य तालिम केन्द्र, धुलिखेल अस्पताल र वीर अस्पतालको संयुक्त प्राविधिक सहकार्यमा सो तालिम सुरुवात गरिएको हो । यसैगरी कार्यक्रमले आफ्ना कार्यक्रम कार्यान्वयन भएका जिल्लामा स्वास्थ्य सेवासित सम्बन्धित पूर्ण खोप, मनोसामाजिक तालिम, महामारी नियन्त्रण, प्राथमिक उपचारजस्ता अति महत्वपूर्ण कार्य पनि साथ साथमा सञ्चालन गरिरहेको छ । उसो त सोसाइटीले विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि लगत्तै रेडक्रस तथा रेडक्रिसेन्टहरूको अन्तर्राष्ट्रिय महासंघलगायत विभिन्न रेडक्रसको सहयोगमा सिन्धुपाल्चोकको चौतारा, मेलम्ची, दोलखाको सिगटी, नुवाकोटको त्रिशूली र रसुवाको धुन्चेमा फिल्ड अस्पताल सञ्चालन गरी तत्काल ४० हजारभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

( नेपाल राससका वरिष्ठ संवाददाता हुन् )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रोग पत्ता नलागेपछि दिल्ली 
Next article ल्वाङमा कामोत्तेजक गुण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133733
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web