• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

इनर्जी ड्रिंक्स भ्रमको खेती

December 15th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इनर्जी ड्रिंक्स भ्रमको खेती

केपी लम्साल

हामी आफ्ना लागि भन्दा अरूका लागि खाइरहेका हुन्छांै, सानका लागि र देखाउनका लागि खाइरहेका हुन्छांै, स्वस्थ्यका लागि स्वादका लागि खाइरहेका हुन्छांै, हाम्रो खाद्य संस्कार किन यति घातक बन्दैछ । नयाँ नयाँ ब्रान्डको आयात र भड्किलो विज्ञापनसँगै नेपालमा इनर्जी डिं«क्सका पारखीहरू बढेका देखिन्छन् । जाडोमा भन्दा गर्मीमा यसको सेवन बढी हुने  भए पनि जाडोमा पनि यसका ग्राहक कमी छैनन् । नेपालमा सबैभन्दा पहिले रेडबुल इनर्जी डिं«क्सको रूपमा भित्रिएको पेयपदार्थ हो जुन विश्वबजारमा पनि सबैभन्दा बढी बिक्री हुन्छ । २०६७ असोज २७ गते देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता पेय पदार्थमा अनिवार्य अनुमति लिनुपर्ने नियम बनाए यतामात्रै नेपालमा इनर्जी ड्रिंक्सको संख्या २५ भन्दा बढी पुगिसकेको छ । फितलो भन्सार नाका र  नियमित बजार अनुगमनको अभावमा अवैधानिक रूपमा पनि धेरै यस्ता पेय पदार्थहरू भित्रिरहेका छन् जसको लेखाजोखा कोहीसँग छैन ।

बजारमा भेटिने कुनै पनि इनर्जी ड्रिंक्सको प्याकेटमा मूल्य लेखिएको देखिँंदैन । उपभोक्ताको अनुहार हेरेर एउटै पसलेले एकै खालको पेय फरकफरक मूल्यमा बेचेको देखिन्छ । उत्पादकको नाम, प्रयोग गरिएका कच्चापदार्थ, उत्पादन र उपभोग्य मितिलगायत जानकारी स्पष्ट देखिने गरी नेपाली वा अंग्रेजी वा दुवै भाषामा लेखिनुपर्ने कानुनी प्रावधान भए पनि धेरैजसोले यो मापदण्ड पूरा गरेका छैनन् । न्यून गुणस्तरका यस्ता पेय सोझा उपभोक्ताहरूलाई भ्रम छर्दै मनोमानी मूल्यमा बेच्न कालो नियत बोकेका व्यापारीहरूलाई सरकारले नियमन नगरी मौन अनुमति दिएझै देखिन्छ । स्वच्छताको वास्तविकता नबुझी पढेलेखेका उपभोक्ताहरूले समेत विज्ञापन र हल्लाको भरमा इनर्जी ड्रिंक्सको सेवन गरिरहेको देखिन्छ । उपत्यका भित्र गरिएको अनुसन्धानमा यस्ता पेयको सेवनले निन्द्रा नलाग्ने, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या भोग्नेहरूको संख्या करिब ६९ प्रतिशत छ । यस्ता पेयलाई रक्सीजन्य पदार्थसँग मिसाएर खानेहरू करिब ४९ प्रतिशत भएको पाइयो, जुन झनै खतरनाक हुन्छ । अर्कोतिर प्रयोगशाला परीक्षणको रिपोर्टलाई वैज्ञानिक तवरबाट सूक्ष्म विश्लेषण गर्ने हो भने उत्पादकले प्रचार गरे जस्तो यस्ता पेयहरूको सेवनले स्वास्थ्यमा केही पनि फाइदा पुग्ने देखिँदैन बरु उल्टै स्वास्थ्य समस्या निम्तिन सक्छ ।

शक्ति दिने नाममा प्रचार गरिएका यस्ता पेयहरू वास्तवमै शक्तिदिने नभई शक्ति प्राप्त भएको भ्रमदिने मात्र हुन् । यसमा भएको क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्दछ जसका कारण सेवनकर्ताले स्र्फुत भएको महसुस गर्छ । सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणाली सक्रिय गराउनु राम्रो होइन । यस्ता पेयको सेवनबाट धेरै स्वास्थ्य समस्या आएका प्रशस्त दृष्टान्त हामीकहाँ छन् । एउटा १८ वर्षको बास्केटबल खेलाडी रोम कोन्नीको खेलकै दौडान चारवटा क्यान रेडबुल पिएका कारण मृत्यु भएपछि सन् २००४ मा फ्रान्सले चर्चित इनर्जी ड्रिंक्स रेडबुललाई प्रतिबन्ध लगाएको थियो तर अहिले तोकिएको मापदण्डमा रहेर बिक्री गर्ने गरी कडा कानुनसहित केही फुकुवा गरेको छ । द फ्रेन्च साइन्टी फिक कमिटीले गरेको अनुसन्धानमा रेडबुलमा अत्याधिक क्याफिन भएका कारण ज्यान जान सक्ने खतरा आंल्याएपछि डेनमार्क लगायतका मुलुकले पनि यसलाई प्रतिबन्ध गरेका थिए । मानव शरीरमा घातक असर पर्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएपछि केही देशमा इनर्जी ड्रिंक्सलाई प्रतिबन्ध गरिएको छ ।

सन् १९९५ मा अमेरिकामा पेप्सी कम्पनीले जोस्ट्रा ब्रान्डको इनर्जी ड्रिंस बजारमा ल्याएपछि २००१ म कोकाकोलाले समेत यस्तै पेयमार्फत प्रतिस्पर्धा सुरु ग¥यो । थाइल्यान्ड र भियतनाम इनर्जी ड्रिंक्सका प्रमुख उत्पादक हुन् भने चीन, भारत, ब्राजिलजस्ता देशमा पनि यसको निक्कै फस्टाउँदो व्यापार छ । क्यान प्याकमा आउने यस्ता इनर्नी ड्रिंक्सले पिउनेबित्तिकै फूर्ति दिने विश्वासले गर्दा शारीरिक परिश्रम गर्नेहरू र खेलाडीहरू बीच बढी लोकप्रिय छ । यसको अनावश्यक र झूटा प्रचार पनि लोकप्रिय बन्नुको प्रमुख कारण हो । बढ्दो उपयोगसँगै यसले पार्ने असरको बारेमा चेतना नहँुदा घातक रोगको सिकार हुनेहरू पनि बढ्दै छन् । निश्चित मापदण्डको अभावमा बजार अनुगमन नहँुदा मनोमानी त्यत्तिकै मौलाएको छ । धेरै देशले यसको नकारात्मक असरका कारण नियन्त्रणका लागि कडा मापदण्ड बनाएका छन् तर नेपालमा यस्ता पेय पदार्थको स्तर निर्धारणसमेत गरिएको छैन ।

क्याफिनकोे मात्रा निक्कै बढी हुने हँुदा यस्ता पेयको सेवन निक्कै खतरनाक हुन सक्छ । जानकारहरू इनर्जी ड्रिक्सको अधिक प्रयोगले ज्यानै लिन सक्ने खतरा रहेको दाबी गर्छन् । सही मात्रामा क्याफिनको प्रयोगले त्यस्तो नकारात्मक असर नपु¥याए पनि अधिक प्रयोगले उत्तेजना र छट्पटी हुने, निद्रा नलाग्ने, मुटुमा पिप जम्नेलगायतका समस्या आउँछन् । एक क्यान (२५० मिलिलिटर) इनर्जी ड्रिंक्समा ५० देखि १८० मिलिग्रामसम्म क्याफिन भएको पाइन्छ । एक स्वस्थ वयस्कले १५० मिलिग्राम प्रतिदिनभन्दा बढी क्याफिन सेवन गर्नु हँुदैन । यो तथ्यांकलाई हेर्दा प्रतिदिन एक क्यान इनर्जी ड्रिंक्सको सेवन पनि घातक बन्न सक्छ ।  केही मान्छेहरू क्याफिनप्रति यत्ति संवेदनशील हुन्छन् कि उनीहरूलाई  थोरैभन्दा थोरै सेवन पनि खतरनाक हुन सक्छ । विभिन्न खोजबाट इनर्जी ड्रिंक्सको अधिक सेवनले मस्तिष्क र मुटुमा खतरा हुन सक्ने दाबी गरेका छन् । (खाद्य वैज्ञानिक, उपभोक्ता हित संरक्षण मञ्च नेपालं)

 

 

…

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडीसिटीमा मिर्गौलाको पथ्थरी फुटाएर गरिने उपचार शुरु
Next article यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132469
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web