• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

December 15th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसले मुटुलाई फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्र्छ । हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढ्छ । अधिकांश मुटुरोगीहरूले यौन सम्पर्कले मुटुमा दबाब पर्ने अनुमान गरी यौन सम्पर्कबाट टाढा रहन खोज्छन् । तर त्यसो गर्नु नहुने चिकित्सकहरू बताउँछन् । मुटुरोग विज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार यौनक्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तला माथि भ¥याङ चढ्नु बराबर हो ।

छातीमा पीडा उत्पन्न नभई दुई तला माथि भ¥याङबाट चढ्न सकिन्छ भने यौनक्रीडाको भार मुटुले सजिलै धान्न सक्छ । यदि छातीमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेला कममात्र श्रम प्रयोग गर्नुपर्छ । साथै जिब्रो मुनि राख्ने औषधि प्रयोग गर्नु पर्छ । कपिपय पुरुष मुटुरोगीहरूले यौन दुर्लभताको अनुभव गर्छन् । धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ । यसका अलावा डिप्रेसनका कारण पनि हुन्छ ।

कहिलेकाहीँ सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौन दुर्लभता भएको हुन सक्छ । यसको उपचार सम्भव छ । आफ्नो चिकित्सकसँग संकोच नमानी यसका विषयमा परामर्श लिनुपर्छ । हृदयाघात भएको कति समयपछि यौनसम्पर्क गर्दा हुन्छ ? भन्ने प्रश्न पनि बिरामीको मनमा हुन्छ । यो कुरा उनीहरू डाक्टरलाई पनि भन्ने गरेका हँदैनन् । चिकित्सकहरूका अनुसार हृदयाघातको शल्यक्रिया गरेको चार हप्तापछि यौन सम्पर्क राख्दा हुन्छ । तर आफ्नो अन्य स्वास्थ्य अवस्था भने विचार गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इनर्जी ड्रिंक्स भ्रमको खेती
Next article मधुमेहबाट बच्ने पाँच सूत्र

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web