• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

April 24th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

हेल्थ टुडे,
भक्तपुर, ११ बैसाख : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो स्थापनाको १४ औं वार्षिक उत्सव शुक्रबार भव्यताका साथ मनाएको छ । कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले २०८२ बैशाख देखि २०८२ चैत्र मसान्त सम्म २१३ जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको जानकारी दिइन । केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स र कर्मचारीको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र यो उपलब्धी संभव भएको डा. श्रेष्ठले बताइन । केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको कुरा व्यक्त गर्दै डा. श्रेष्ठले केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सरकारसंग आग्रह गरिन ।
केन्द्रको वार्षिक उत्सवको अवसरमा केन्द्रमा मृगौला प्रत्यारोपण सर्जरी विषयमा एक वर्षे फेलोशिप कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका डा. विकास खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८२ सालमा उत्कृष्ट सेवा गरे बापत डा निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बल राम पाँउ गरी ५ जना उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने नर्सिङ्ग इन्चार्ज एलिसा श्रेष्ठलाई नगद पुरस्कार र सम्ममान पत्र सहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा मानब अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान व्यक्त गर्दै केन्द्रको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो
Next article सहरिकरणले बढायो मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133499
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

106
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web