• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

December 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

हेल्थ टुडे

काठमाडौं, ५ पुष :  राजधानीका नाम चलेका ५ निजी अस्पतालले मात्र एक वर्षमा २ अर्ब ५० करोड ठगी गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग गत हप्ता गरेको अनुगनमा क्रममा यो तथ्य फेला परेको हो ।

यसरी विरामी ठग्ने अस्पतालहरुमा डा. अशोक बास्कोटा र डा. जगदिशलाल बैद्य प्रमुख रहेको वि एण्ड वि, डा. चक्रराज पाण्डे निर्देशक रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटल, डा. उपेन्द्र देवकोटा प्रमुख रहेको न्यूरो हस्पिटल, रवि चौधरी प्रमुख रहेको बयोधा हस्पिटल र वसन्त चौधरीको लगानीमा सञ्चालित नर्भिक हस्पिटल रहेका छन् । अध्ययन अनुसार यी ५ वटा अस्पतालले बर्षमा २ अर्व ५० करोड भन्दा बढी ठगिगरेको पाइएको  विभागका महानिर्देशक कुमार दाहालले बताए ।   ।विरामीको ढाड सेक्ने गरि चर्को शुल्क असुल्ने निजी अस्पताल विरुद्घ मुद्दा चलाइने तयारी गरेको छ । सरकारले अनुगनका क्रममा नियम विपरित विभिन्न सेवाका बहानामा चर्को शुल्क लिइरहेका ती अस्पतालका विरुद्घ मुद्दा दायर गर्न लागेको हो ।

चर्को शुल्क असुलेको पाएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । विभागले अनुगमनका क्रममा नियम बिपरित चर्को शुल्क असुलिरहेका यिनी अस्पतालहरु विरुद्घ मुद्दा दायर गर्न लागेको विभागका महानिर्देशक दाहालले बताए । यी अस्पतालहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न मुद्दा दायर गर्न लागिएको उनले बताए । सरकारी वकिलसँग राय लिने काम भइरहेको बताउँदै जनताको ढाड सेक्ने अस्पतालहरुलाई त्यतिकै नछोडिने उनले दाबी गरे । यी अस्पताल विरुद्घ  कालो बजारी तथा समाजिक अपराध सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्दा दायर गर्ने तयारी बिभागको छ । अस्पताल सञ्चालकहरुले स्पष्ठ जवाफ दिन नचाहेकाले उनीहरु विरुद्घ मुद्दा दायर हुन लागेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा
Next article योङ, इनर्जेटिक र डाइनामिक डाक्टर   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132136
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web