• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

योङ, इनर्जेटिक र डाइनामिक डाक्टर   

December 20th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
योङ, इनर्जेटिक र डाइनामिक डाक्टर   

सन्ध्या केसी

भौगोलिक विकटताको प्रयायका रूपमा अहिले पनि सुदूरपश्चिमलाई हेर्ने गरिन्छ । यहाँको कतिपय माटोमा अझै वर्षभरि खान पुग्ने अन्न नफलेको कथा बाहिरिन्छ । यहीँकै समाजमा अझै तमाम सामाजिक समस्याहरू रहेका बिम्ब लेखिन्छन् । तर यही माटोमा पहिलो क्रान्तिकारी भीमदत्त पन्त, मुलुककै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, पहिलो सहिद दशरथ चन्द, तीन पटक प्रधानमन्त्री बन्न सफल लोकेन्द्रबहादुर चन्द र कांग्रेस सभापति शेरबहादुर देउवा जन्मिए । सयौं विद्वान, नेता, पत्रकार र डाक्टर यही माटोले जन्माएको छ । विडम्बना राज्यको उचित बाँडफाँट नमिलेकै कारण यस क्षेत्रमै जन्मिएका विद्वान, बुद्धिजीवी र डाक्टरले यही माटोमा सेवा गर्ने अवसर भने कमै पाए । यही माटो अर्थात् बैतडीको रोडीदेवलमा देवसिंह र रूपसिंह भण्डारीको कोखबाट जन्मिएका डा रमेशसिंह भण्डारी यतिबेला त्रिवि शिक्षण अस्पतालमा शल्यचिकित्सा विभागमा एसोसिएट प्रोफेसरको रूपमा सेवारत छन् । पाँच भाइबहिनीमध्येमा उनी एक्ला डाक्टर हुन् । दिदीबहिनी कञ्चनपुरको महेन्द्रनगरमा घरव्यवस्था गरेर बसेका छन् भने कान्छा भाइ जर्मनीमा छन् । सन् २००६ मा सर्जन बनेपछ डा भण्डारी लिभर, प्यांक्रियाज, बिलिएरी, ग्यास्टोइनटेस्टाइनल तथा लिभर टान्सप्लान्ट सर्जनको रूपमा कार्यरत छन् । शिक्षण अस्पतालको अलावा उनी बेलुकीको समय चाबहिलको मेडिकेयर नेसनल अस्पतालमा बिरामीको सेवामा तल्लीन हुन्छन् ।

डा. भण्डारीले शिक्षादीक्षाको मौका भने राजधानीमै पाएका थिए । उनले भीएस निकेतनबाट विसं २०४८ सालमा एसएलसी विशिष्ट श्रेणीमा पास गरे । पढाइमा अब्बल भण्डारी कक्षामा सधैं प्रथम हुन्थे । वीरेन्द्र सैनिक आवासीय माविबाट आईएस्सी गरेपछि उनी चिकित्सा पढाइका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरान हानिए । चिकित्सा पढ्दा उनको चाहना बालरोग विशेषज्ञ बन्ने थियो । तर समय क्रमले उनलाई शल्यचिकित्सक बनाइदियो । त्रिवि शिक्षण अस्पतालबाट जनरल सर्जरीमा एमएस गरेपछि उनी त्यही विभागमा उपप्राध्यापकको रूपमा कार्यरत भए । यहीबीचमा उनले एमसीएच इन सर्जिकल ग्यास्टोइन्टोलोजी डिग्री पनि त्रिवि शिक्षण अस्पतलाबाट हासिल गरे । सन् २००९ मा उनलाई अस्ट्रेलियन कलेज अफ सर्जन्सले एकवर्षे रोवन निक्स स्कलरसिप प्रदान गर्यो । पढ्दै सेवा गर्दै गर्ने क्रममा उनले सन् २०१३ मा एभिस्टियोन हस्पिटल मेलवर्नमा एकवर्षे इन्टरनेसनल फेलो अवार्ड प्राप्त गरे । यहाँ उनले लिभर प्यांक्रियाज बिलिएरी सर्जरी तथा लिभर ट्रान्सप्लान्टमा फेलोसिप प्राप्त गरे । यसअघि उनले बेल्जियममा विषयगत तालिम लिएका थिए ।

अध्ययन, तालिमको यो क्रमसँगै डा. भण्डारीले विभिन्न देशमा सर्जरीसम्बन्धी थुप्रै कार्यशालाहरूमा भाग लिएका छन् । उनले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शल्यचिकित्सासम्बन्धी दर्जनौं सोधकार्यहरू प्रस्तुत गरेका छन् । शैक्षिक योग्यता तथा अनुभवको कदरस्वरूप विभिन्न अन्तर्राष्ट्रिय सर्जिकल सोसाइटीको तर्फबाट अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा उनलाई आमन्त्रण गर्ने गरिन्छ । हालसम्म डा भण्डारीका तीन दर्जनभन्दा बढी शल्यचिकित्सा सम्बन्धी आलेखहरू देश विदेशका जर्नलमा प्रकाशित छन् । यो क्रम अहिले पनि निरन्तर जारी रहेको उनी बताउँछन ।

नेपालमा चिकित्सा क्षेत्रमा विभिन्न सुपर स्पेसालिटीको विकास भए पनि लिभर प्यांक्रियाज र बिलिएरी सर्जरीले यति पहिचान बनाउन नसकेको उनको अनुभव छ । मिर्गौला प्रत्यारोपण सुरु भएको १० वर्ष बितिसकेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण पनि सुरु गरेको छ । अहिलेसम्म दुई जनाको प्रत्यारोपण गरेको छ । डा. भण्डारी यतिबेला चाडै त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण गर्ने योजना सहित अगाडि बढेका छन् । त्यसका लागि म्यानपावरको तयारीमा लागेको उनी बताउँछन् । यो सेवा त्यति सहज भने नभएको उनले बुझेका छन् । शिक्षण अस्पतालमा भौतिक पूर्वाधार र जनशक्ति भएकाले यो सेवा दिन सकिने उनको ठम्याइँ छ । धेरै जसो तयारी पुरा भइसकेको उनी बताउछन ।  डा. भण्डारी एउटा डाक्टरमात्र हो जस्तो लाग्दैन । उहाँ कुशल गुरु, शिक्षक पनि हो । कहिल्यै नथाक्ने, निराश नहुने र जहिल्यै नवीन सोचमा देखिनु उहाँको विशेषता हो । योङ, इनर्जेटिक र डाइनामिक उहाँका तीन पक्ष हुन् ।  सकारात्मक सोचका साथ केही नयाँ र खास गर्नुपर्छ भन्ने उहाँको जीवनको ध्येय नै हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल
Next article यी हुन बाहिर देखिने र नदेखिने यौनकर्मी  

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web