• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यी हुन बाहिर देखिने र नदेखिने यौनकर्मी  

December 20th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन बाहिर देखिने र नदेखिने यौनकर्मी  

सन्ध्या केसी

नेपालमा यौन व्यवसायमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट)  र मोबाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले काठमाडौंमा  २७ हजार यौनकर्मी महिला रहेको औंल्याएको छ । तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महँगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मीको कमाइ महिनामा कम्तीमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरेमात्र उनीहरू व्यवसायमा जान्छन् ।  उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरू थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाखदेखि डेढ लाख आसपास हुन्छ ।

तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मीको उमेर, सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले योभन्दा बढी पनि कमाउँछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् । उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हँुदैन ।  घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । उमेर ढल्कँदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरैजसो प्रौढ यौनकर्मीमा डिप्रेसनको समस्या हुन्छ । पहिले बि

न्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिँदै गएपछि उनीहरूको कमाइको स्रोत घट्दै जाने हुनाले उनीहरूलाई खर्चको जोहो गर्न मुस्किल पर्छ । कोहीकोही त  युवायुवतीको बिचौलिया बनेर राम्रै कमाइ पनि गर्छन् ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मीका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ? यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन । उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरूले भविष्यका लागि बचत गर्ने गरेका छन् । ढकाल भन्छिन्, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ । आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछोरीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउँछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अँगाल्ने युवतीको संख्या बढ्दै गइरहेको विजया बताउँछिन् । सहरमा हाइफाई जीवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाइका लागि भनेर पठाएको सीमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरू यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाइ छ । राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हाले पनि न्यूनतम तलबले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रूपमा उनीहरूले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले ग्राहक फेर्दै नहिने यौन व्यवसायी सुरक्षित छन् । एचआईभी, एड्स लगायत यौन संक्रमणको सिकार उनीहरु कम हुने गरिएको पाइएको छ । एचआईभी नियन्त्रण केन्द्रका पूर्व निर्देशक डा. तरुण पौडेल एचआईभीको जोखिममा नपढेका र विपन्न अवस्थाका कारण यो पेसामा लागेमा महिला यौन व्यवसायी बढी असुरक्षित रहेको बताउछन् ।

बसपार्कलाई कार्यथलो बनाइरहेकी एक यौनकर्मीले भनिन्, यो समाजले सधैं हामीलाई नराम्रो दृष्टिले मात्र हेर्छ । हाम्रो विवशता कहिल्यै बुझ्ने प्रयाससम्म गर्दैन । उसले आफूले कमाएको सबै परिवारमा लगानी गरेको हुन्छ । उनका अनुसार यौनकर्मी महिलाले आफूले कमाएको पैसाले फजुल खर्च गर्दैनन् । सौन्दर्य प्रशाधनका समान किन्नु परे ग्राहकबाट किन्न लगाउँछन् । मीठो खान मन लागे उसैबाट किन्न लगाउँछन् । आफूले कमाएको पैसा फजुल खर्च गर्ने एकदमै कम हुन्छन् । कसैकसैले यसै व्यवसायबाट काठमाडौंमा घर र गाडी पनि जोडेको उनी सुनाउँछिन् । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसँग विदेशबाट गिफ्टसमेत मगाउँछन् । धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउँछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article योङ, इनर्जेटिक र डाइनामिक डाक्टर   
Next article स्वास्थ्य क्षेत्र र औषधिको अन्तरसम्बन्ध

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web