• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

September 1st, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

हेल्थ टुडे,

काठमाडौं, १६ भदौ : औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले व्यवसायसँगै मानवीय सेवामा पनि आफूलाई सक्रिय बनाउँदै आएका छन्। पछिल्लो उदाहरणका रूपमा वैद्य र उहाँका भाइ तथा औषधि व्यवसायी पृथ्वीराज वैद्यले भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्।

यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक प्रभुराज वैद्य र पृथ्वीराज वैद्यले यति केम ग्रुपको तर्फबाट संयुक्त रूपमा उपलब्ध गराएको उक्त रकम अर्थ मन्त्री स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री विपद् कोषमा जम्मा गरिएको हो । बैद्यले ५५ लाख रुपैयाको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नु भएको हो । भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

औषधि व्यवसायमा लामो समयदेखि सक्रिय वैद्य दाजुभाइले औषधिको व्यापारलाई आफ्नो व्यावसायिक परिचय मात्र नबनाई सामाजिक उत्तरदायित्वसँग पनि जोड्दै आएका छन्। औषधि क्षेत्रका व्यवसायीका रूपमा आफ्नो छुट्टै छवि बनाएका प्रभु राज वैद्य सामाजिक सेवाका गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।

व्यवसायमा सफलतासँगै समाजप्रतिको जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिने वैद्य पछिल्ला वर्षमा आर्ट अफ लिभिङमार्फत आध्यात्मिक तथा मानवीय सेवाका गतिविधिमा समेत सक्रिय हुँदै आएका छन्। आध्यात्मिक अभ्याससँगै मानवीय सेवा र सामाजिक सहयोगका कार्यमा जोड दिँदै आएका वैद्यले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिँदै आएका छन्।

भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याउनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ। बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा निजी क्षेत्र र व्यवसायीबाट प्राप्त सहयोग महत्वपूर्ण हुने गर्दछ।

यही मानवीय भावनाका साथ यति क्याम्प डिस्ट्रीब्युटर्सले ५५ लाख रुपैयाँ सहयोग गरेको हो। वैद्य दाजुभाइको यो सहयोगले विपद्को समयमा निजी क्षेत्रले सरकारको राहत तथा पुनःस्थापना अभियानमा सहकार्य गर्नुपर्ने सन्देशसमेत दिएको छ।

औषधि व्यवसायका क्षेत्रमा लामो समयदेखि सक्रिय प्रभुराज वैद्य पछिल्लो समय व्यवसायसँगै सामाजिक, आध्यात्मिक र मानवीय सेवाका गतिविधिमा पनि उत्तिकै सक्रिय देखिएका छन्। औषधि व्यवसायबाट बनाएको आफ्नो पहिचानलाई समाजसेवासँग जोड्दै आएका वैद्यको नेतृत्वमा गरिएको यो सहयोगले विपद्मा परेका नागरिकप्रति निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

भोटेकोशी बाढी प्रभावितका लागि गरिएको ५५ लाख रुपैयाँको सहयोगले तत्कालीन राहत तथा आगामी पुनःस्थापना कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ। विपद्का बेला राज्यको प्रयासमा निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संस्थाको सहकार्य आवश्यक रहेको अवस्थामा वैद्य दाजुभाइको यो पहल उदाहरणीय बनेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत
Next article २५ वर्षपछि पनि यहीँ छ मेरो मन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134466
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web