• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख

December 23rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख

हेल्थ टुडे

काठमाडौं, ८ पुष :  बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको खवर प्राप्त भएको ती सदस्यले बताए ।

डा.देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा उपचारका संलग्न चिकित्सकले समेत परिवारका सदस्यलाई नबताएकोले उनलाई यही रोग लागेको भन्न सक्ने अवस्था भने अहिले नै नरहेको परिवार निकट सदस्यको भनाई छ । डा. देवकोटासँगै बेलायतमा रहेकी उनकी पत्नी डा.मधु देवकोटाले पनि यस बिषयमा आफन्तहरुलाई कुनै माध्यमबाट जानकारी नदिएको डा. देवकोटाको पारिवार नजिकका एक डाक्टरले बताए । ती डाक्टरले भने, ‘ डा. मधुले पनि यस बिषयका कुनै जानकारी गराउनु भएको छैन् । उहाँ साइलेन्ट हुनुहुन्छ ।’

एक ख्याती प्राप्त बरिष्ठ चिकित्सक, जस्ले हजारौ नेपालीको ज्यान बचाएको छ, यसको अवस्थाका बारेका के भएको रहेछ ? भन्ने जिज्ञासा हुनु स्वभाविक भएको बताउदै ती डाक्टरले भने, ‘हामी सबैको चाहना डा. देवकोटा निको भएर स्वदेश फकून र अझै हजारौ नेपालीको ज्यान बचाउन सकून भन्ने हो ।’ डा. देवकोटा विरामी भएर बेलायतमा उपचार गराइरहेको खवर सार्वजनिक भएपछि नेपालमा मात्र नभएर विदेशमा समेत हजारौ मानिस उनको स्वास्थ्यको कामना गरिरहेका छन् । डा. देवकोटालाई कलेजो वा प्याङ्क्यिाजको क्यान्सर भएको हल्ला चले पनि त्यो निराधार भएको ती सदस्यले बताए ।  हल्लाका भरमा कुनै व्यक्तिको गोपनियताको हकको हनन् गर्न नहुने ती सदस्यको जिकीर छ ।

६३ वर्षिय डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । दक्षिण एशियामा मात्र नभएर बेलायतमा समेत डा. देवकोटा चिरपरिचित रहेको र बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनको उपचारमा कुनै कमि नभएको परिवारका अर्का सदस्यले बताए । डा. देवकोटाको स्वास्थ्य अवस्था प्रति बेलायतस्थित नेपाली राजदुतावासले पनि सक्दो पहल गरिरहेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प
Next article सरकारले नै औषधिको मूल्य तोक्नुपर्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131911
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web