• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

सरकारले नै औषधिको मूल्य तोक्नुपर्छ 

December 23rd, 2017 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारले नै औषधिको मूल्य तोक्नुपर्छ 

पवन आचार्य,

महासचिव, नेपाल औषधि आयातकर्ता संघ

औषधिमा नाफा धेरै हुन्छ भन्छन् । कति प्रतिशतसम्म नाफा हुन्छ ?

नाफा नहुने त व्यवसाय नै हुँदैन । औषधि व्यवस्या भनेको नाफासँगै सेवामूलक पनि हो जस्तो लाग्छ । जे जति बजारमा अपवाह फैलाइएको छ, औषधिमा धेरै मुनाफा लिइरहेका छन् भन्ने सत्य होइन ।  केही औषधिमा मार्जिन अलि बढी, केहीमा कम हुन्छ । ठ्याक्कै प्रतिशतमा भन्न सकिँदैन । त्यसमा पनि जोखिम उत्तिकै हुन्छ । मिति गुज्रियो भयो सबै लगानी डुब्छ । कत्तिसम्म भने त्यो औषधि विर्सजन गर्ने ठाउँसमेत छैन हाम्रो देशमा । सरकारले कुरा ठूला गर्छ तर डिस्पोजल गर्ने ठाउँसमेत उपलब्ध गराउन सकेको छैन ।

औषधिको मूल्य सरकारले तोक्न सक्दैन ?

औषधिमा मुनाफा धेरै हुन्छ भन्ने भ्रम चिर्नका लागि त हामी बारम्बार सरकारसँग भनिरहेका छौं, औषधिको मूल्य तोकौं । वैज्ञानिक ढंगले औषधिको उपभोक्ता मूल्य तोक्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा सरकारलाई हाम्रो सहयोग र साथ रहनेछ । तर सरकार मूल्य तोक्न चाहँदैन । हामीले मात्र के गर्ने ? अर्को कुरा सरकारले नै औषधिमा जनताबाट नाफा खाइरहेको छ । एक रुपैयाँमा किनेर सात रुपैयाँमा बेचिरहेको छ त्यो पनि सरकारी अस्पतालहरूबाट । मनमोहन कार्डियोभास्कुलर र गंगालाल हृदयरोग केन्द्रमै गएर हेरे पुग्छ । नत्र ती अस्पतालका फार्मेसीहरूले कसरी कमाइरहेका छन् बर्सेनि पाँच करोडभन्दा बढी ।

देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिदैन र ? 

हामी पनि चाहन्छांै, हाम्रो देश औषधिमा आत्मनिर्भर होस् । यहाँका कम्पनी फस्टाउन । तर अहिले नै त्यो अवस्था छैन । औषधि बनाउन प्रयोग हुने सबै कच्चा पदार्थदेखि प्याकेजिङ सामानहरू सबै विदेशबाटै आयात हुन्छ । यहाँ त औषधि बन्ने, प्याक हुने, लेभल लगाउने र मूल्य तोकिनेमात्र हो । सबै प्रकारका औषधि नेपालमा बन्दैनन् । ७० प्रतिशत औषधि विदेशबाट आयात हुन्छ । इन्जेक्टेवल ड्रग सबै आयात नै गर्नुपर्छ । यहाँ बन्ने औषधिको तुलनामा विदेशबाट आयात हुने औषधि सस्ता र गुणस्तरीय छन् । अर्को कुरा के हो भने, स्वदेशी उद्योगलाई प्रोत्साहन दिने नाममा सस्तो र गुणस्तरीय औषधिको आयातमा प्रतिबन्ध लगाएर केही सीमित औषधि उद्योगको मूल्यमा एकाधिकार लगाउन खोजिँदै छ । त्यसो गर्न मिल्दैन भनेका हांै । स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन दिने अन्य तौरतरिका पनि छन् । आयात रोकेर जनतालाई खाए खा नखाए घिच भन्न मिल्दैन ।

 आयात गर्ने औषधि महँगो भयो भनेर सरकार आफैंले विदेशी कम्पनीहरूसँगै सिधै किन्ने कुरा छ ।  त्यो त राम्रै हो नि ?

यो सस्तो लोकप्रियता हो । समयमा किसानका लागि मलखाद किनेर उपलब्ध गराउन नसक्ने हाम्रो सरकारले आईसीयू र सीसीयूमा रहेका बिरामीका लागि सिधै अर्को देशको कम्पनीसँग औषधि किनेर उपलब्ध गराउन सक्छ भन्ने विश्वास छैन । भन्न सजिलो छ तर त्यो गर्न त्यत्तिकै गाह्रो । यस्तो हँुदै गर्दा कडा रोगको औषधि राज्य आफैंले खरिद गर्ने अवस्थामा भोलि आईसीयूका बिरामीले औषधि नपाउने अवस्था आएका त्यसको ग्यारेन्टी स्वास्थ्य मन्त्रीज्यूले लिनुहुन्छ त ? भूकम्प पुनर्निर्माण प्राधिकरणले पनि भनेको थियो, सबै भूकम्प पीडितको घर बनाइदिन्छौं । प्राधिकरणसँग पैसा नभएको पनि होइन । तर घर कसले बनाइदियो, धुर्मुस—सुन्तली फाउन्डेसनले । हो यस्तै हो । अर्को कुरा हाम्रोजस्तो अस्थिर राजनीति भएको देशमा सिधै सरकारले औषधि किन्ने सम्भव हुँदैन ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख
Next article बच्चा जन्माउने सबभन्दा राम्रो उमेर कुन ?

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132698
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web