• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

July 17th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

हेल्थ टुडे
काठमाडौं, १ साउन : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित नयाँ संगठन संरचनाको मस्यौदामा हाल रहेका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र वैकल्पिक चिकित्सा विभाग खारेज गर्ने प्रस्ताव गरिएको छ। साथै मन्त्रालयमा रहेको १२औँ तहको अतिरिक्त सचिव पदसमेत हटाउने व्यवस्था प्रस्तावमा समेटिएको छ। प्रस्तावित संरचनाअनुसार अब मन्त्रालयको नेतृत्व सचिवले गर्नेछन्।

सचिवको मातहत तीन महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई रहने व्यवस्था गरिएको छ। हाल मन्त्रालयमा तीन अतिरिक्त सचिवको दरबन्दी रहे पनि नयाँ संरचनामा उक्त पद राखिएको छैन। अहिले डा. सङ्गीता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवका रूपमा कार्यरत छन्।मस्यौदाअनुसार मन्त्रालयमा नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहनेछन्।नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने प्रस्ताव छ।

यस्तै स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाअन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन, चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा तथा खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने व्यवस्था गरिएको छ।प्रशासन तथा सूचना प्रविधि महाशाखाअन्तर्गत प्रशासन तथा मानव स्रोत व्यवस्थापन, आर्थिक प्रशासन, तथा कानुन, सूचना प्रविधि एवं इ–हेल्थ शाखा रहने प्रस्ताव गरिएको छ।प्रस्तावित संरचनामा मन्त्रालयअन्तर्गत विभिन्न तहका गरी १ हजार ८०६ पुल दरबन्दी रहने उल्लेख छ। निजी सचिवालय र सचिवालयका लागि पनि छुट्टै जनशक्ति प्रस्ताव गरिएको छ।यद्यपि मन्त्रालयले सार्वजनिक भएको यो दस्तावेज प्रारम्भिक मस्यौदा मात्र भएको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार संगठन संरचनामा थप संशोधन हुन सक्ने सम्भावना रहेको छ। साथै हाल कार्यरत १२औँ तहका चिकित्सकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल जारी छ।नयाँ संगठन संरचना अन्तिम रूप पाएसँगै संघीय स्वास्थ्य प्रशासनको कार्यविभाजन, नेतृत्व संरचना र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 
Next article स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134467
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web