• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश स्वास्थ्य मन्त्रालयमा माग १४०, इच्छुक ६००

January 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश स्वास्थ्य मन्त्रालयमा माग १४०, इच्छुक ६००

हेल्थ टुडे
काठमाडौं, २१ पुष : देशका ७ वटै प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा सरुवा भएर जान करिव ६ सय कर्मचारीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन ।
स्वास्थ्य मन्त्रालयले प्रदेशमा जान चाहने इच्छुक कर्मचारीलाई ३ दिनभित्र निवेदन पेस गर्न मंगलबार सार्वजनिक सूचना निकालेको थियो । ३ दिनको समयसिमा भित्र करिब ६ सय जना कर्मचारीले निवेदन दिएको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले बताए । उनले भने, ‘ करिव ६ सय जना कर्मचारीको निवेदन परेको छ । मापदण्डका आधारमा छनौटको काम अगाडि बढाउछौ । ’
मन्त्रालयले ७ वटा प्रदेशमा रहने स्वास्थ्य, शिक्षा तथा समाजिक विकास मन्त्रालयका लागि १ सय ४० जना कर्मचारी खटाउन लागेको छ ।
उपचसचिव खनालका अनुसार चौथोदेखि ११औं तहका लागि आवश्यक १ सय ४० पदका लागि आवेदन मागिएको हो । छनोटमा परेका कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालय पठाइने जानकारी खनालले दिए ।
त्यसैगरि सामान्यले ७ प्रदेशमध्ये ४ प्रदेशमा स्वास्थ्य क्षेत्रबाट सचिव राखिने भएकाले स्वास्थ्य मन्त्रालयबाट ४ जनाको नाम सिफारिस गर्न पनि समान्यले भनेको थियो । सचिव पदका लागि पनि करिव एक दर्जनको आवेदन परेको छ । ती मध्ये मापदण्ड पुगेका वरिष्ठतम ४ जनालाई सिफारिस गरिने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
समान्यले तत्कालका लागि ११औं तहका ७ जना, दसौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० जना कर्मचारीको नाम पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनको कामलाई तिव्र रुपमा अगाडि बढाएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षमताभन्दा बढी महत्वाकांक्षाले डिप्रेसन
Next article ‘पन्ध्र प्रकारका औषधि बिक्री वितरणमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web