• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

January 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

सप्तरी,२७ पुस : सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ ।

करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि हाल सिटामोल समेत नरहेको बुझिएको छ ।वरदाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामनारायण मिश्रका अनुसार औषधिको पुरानो मौज्दात सकिएको र हाल थप औषधिको व्यवस्था नभएका कारण सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । उता जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि औषधि अभाव भएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन् ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाअन्तर्गत राजविराज नगरपालिकाभित्र रहेको सगरमाथा अञ्चल अस्पतालमा समेत औषधि र स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले बताउनुभयो ।तीन सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, कोल्ड डाइरिया, स्वासप्रश्वास, दमलगायतका बिरामीको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तर उनीहरुको उपचारका लागि सप्तरीमा औषधि अभाव भएको छ । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय अजयकुमार भगतले बताउनुभयो ।हाल सप्तरी जिल्लामा अत्यधिक चिसोका कारण आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. रुइतले यसरी फेला पारे प्रेमिका ?
Next article भाइरलबाट थप एकको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133785
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web