• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

August 3rd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

 

हेल्थ टुडे,

काठमाडौं, साउन १८ : राष्ट्रिय बालअधिकार परिषद्ले विद्यालयहरूमा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, विभिन्न बहानामा दण्ड दिने तथा अपमानजनक व्यवहार नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ । परिषद्ले यस्ता गतिविधि बाल अधिकारविपरीत तथा कानुनले निषेध गरेको कार्य भएकाले तत्काल रोक्न अनुरोध गरेको हो ।

सोमबार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, शारीरिक स्वरूप वा मेकअपका आधारमा हेप्ने, घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर सजाय दिने तथा अन्य कुनै पनि प्रकारका शारीरिक वा मानसिक दण्ड दिने कार्य गैरकानुनी रहेको उल्लेख गरिएको छ ।

परिषद्का अनुसार शिक्षा नियमावलीले कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा नकारात्मक असर पर्ने गतिविधि गर्न अनुमति दिएको छैन । यस्ता कार्य बालबालिकाको आत्मसम्मान र व्यक्तित्व विकासमा प्रतिकूल असर पार्ने भएकाले विद्यालयहरूले विशेष सतर्कता अपनाउनुपर्ने परिषद्को भनाइ छ ।

विज्ञप्तिमा बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर वा विद्यालयमा बालबालिकामाथि शारीरिक वा मानसिक दण्ड दिने तथा अमर्यादित व्यवहार गर्ने कार्यलाई बाल हिंसा र कानुनी कसुरका रूपमा परिभाषित गरेको स्मरण गराइएको छ ।

परिषद्ले पोसाक, साजसज्जा, कपालको शैली वा विद्यालय शुल्क नतिरेको बहानामा विद्यार्थीलाई अपमानित गर्ने, भेदभाव गर्ने वा परीक्षाबाट वञ्चित गराउने जस्ता व्यवहार पनि स्वीकार्य नभएको स्पष्ट पारेको छ ।

यस्ता गैरकानुनी कार्य गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको परिषद्ले जनाएको छ । बालबालिकाको आत्मसम्मान, मर्यादा र मानसिक स्वास्थ्यको संरक्षण गर्दै बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न सबै विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिलाई बालमैत्री आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि परिषद्ले अनुरोध गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन
Next article अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web