काठमाडौँ, ४ माघ :एमाले अध्यक्ष केपी ओली आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केका छन , ओलीले परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको जानकारी दिनुभएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको राजधानी बैंकक जाने गरेका छन्। ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक जानुभएको थियो ।
Leave a Reply